Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

बलान नदी कटान नियन्त्रण गर्न पहल गर्ने प्रतिबद्धता

खबरडबली संवाददाता

सिरहा । मधेश प्रदेशका प्राकृतिक तथा वातावरण समितिका प्रदेशसभा सदस्यहरुले बलान नदी कटान क्षेत्रमा पुगेर नदी कटान नियन्त्रणको लागि सार्थक पहल गर्ने बताएका छन् । 

बलान नदीले लहान–४ मा रहेको नयाँ बस्ती इस्लामपुर र सुन्दरपुर र लहान–२३ मा बलान नदीले गरिरहेको कटान क्षेत्रको अवलोकन निरिक्षण गरी प्राकृतिक तथा वातावरण समितिले स्थानीय पीडितहरुले उठाएका समस्याहरुलाई प्रतिवेदन तयार गरी मधेश प्रदेश सरकारका सम्बन्धित मन्त्रालयमा नदी नियणत्रणको लागि बुझाउनुको साथै कटान क्षेत्रलाई नियन्त्रणमा लिन कार्य अघि नबढेसम्म निरन्तर प्रदेशसभामा आवाज उठाइरहने समितिमा रहेका प्रदेशसभाका सदस्यहरु मनोज सिंह, ममता मण्डल, नुरुल निसा र सञ्जिला यादव र विकास समितिका प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले यस्तो प्रतिबद्धता व्यक्त गरे । 

लहान-४ विगत तीन चार वर्षदेखि लगातार बलान नदीले कटान जारी राखेकोले कुनैबेला बस्तीमा बस्न सक्ने अवस्था रहेकोले अकाशमा बाँदल देखिने बित्तिकै बालबालिकाहरुलाई लिएर नजिकको अर्को बस्तीमा जानु परिरहेकोले यसको नियन्त्रणका लागि इसलामपूर र सुन्दरपुरका स्थानीयहरुले प्राकृतिक श्रोत तथा वातावरण समितिका सदस्यहरुको आगाडि आफ्नो पीडा दुबै बस्तीका स्थानीयहरुले पोखेका थिए । 

लहान–२३ मा दश दिन अगाडि आएको बाढीले मात्रै तीन विगहा आँपको बगैंचा कटान गरेर ठूलो क्षति गरेको पीडा स्थानीयहरुले पीडा सुनाए । यस वर्ष मधेश प्रदेश सरकारले ९५लाख र लहान नगरपालिकाले ५० लाख गरी एक करोड ४५ लाखको तटबन्ध निर्माण गर्दा १३० मिटर अझै तटबन्ध गर्न ५० लाख थपि दिएर तटबन्ध गरेको भए यतिका क्षति हुने थिएन । कटान गरीएको क्षेत्रको नियन्त्रणको लागि दुई करोडौको लागतमा पनि नियन्त्रण हुने छैन । 

लहान–२३ का वडाध्यक्ष बद्री नारायण यादव, सिरहा जिल्ला समन्वय समितिका प्रमुख तथा स्थनीयवासी समेत रहेका दिनेश कुमार महतो, स्थानीय अशेश्वर यादव,ठकन यादव, दिनेश यादव लगायतका स्थानीयहरुले समितिका प्रदेशसभा सदस्यहरुलाई पीडा बुझन गाउँमै आउनु भएकोमा खुसी लागेको भन्दै नदी कटानको समस्या समाधानको लागि पहल गरिदिन आग्रह गरे । 

२०४८ सालदेखि निरन्तर बलान नदी कटानको लागि चुनावको समयममा राजनीतिक दलहरुले यसलाई चुनावी नारा बनाएपनि समस्या समाधान नभएको स्थानीयहरुले गुनासो पोख्दै लहान–२३ तिलेबोना करैया सखुवानन्कारकटि गाँउपालिका ४ र ५ भगवानपुर नगरपालिका ३ र ४ का गरी एक हजारभन्दा उर्वर जमीन कटान गरेर सयौ घर परिवारलाई सुकुम्वासी बनाइदिएको समितिका प्रदेशसभा सदस्यहरुलाई जानकारी गराएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माेरङमा एक क्विन्टल गाँजासहित एक पक्राउ

माेरङ । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट शुक्रबार राति साढे ८ बजेतिर १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ ।  भा...

सञ्चालनमा आयो पासाङ्ल्हामु मार्ग

रसुवा । भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क...

पोतोङतार्न थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण

बैङ्कक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  पूर्व प्रधानमन्त्री थाक्सिन सिना...

बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित

स्याङ्जा । बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै ...

गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइयाे

काठमाडौं । भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत

अमेरिका । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै ब...

विभिन्न स्थानमा सातजना मृत फेला

काठमाडौं । सङ्खुवासभा र सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।  सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राई...

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

अमेरिका । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ ।  रोग नियन्त्रण तथा रोक...

यागी नाम दिइएको चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु

चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घ...

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy