Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

बलान नदी कटान नियन्त्रण गर्न पहल गर्ने प्रतिबद्धता

खबरडबली संवाददाता

सिरहा । मधेश प्रदेशका प्राकृतिक तथा वातावरण समितिका प्रदेशसभा सदस्यहरुले बलान नदी कटान क्षेत्रमा पुगेर नदी कटान नियन्त्रणको लागि सार्थक पहल गर्ने बताएका छन् । 

बलान नदीले लहान–४ मा रहेको नयाँ बस्ती इस्लामपुर र सुन्दरपुर र लहान–२३ मा बलान नदीले गरिरहेको कटान क्षेत्रको अवलोकन निरिक्षण गरी प्राकृतिक तथा वातावरण समितिले स्थानीय पीडितहरुले उठाएका समस्याहरुलाई प्रतिवेदन तयार गरी मधेश प्रदेश सरकारका सम्बन्धित मन्त्रालयमा नदी नियणत्रणको लागि बुझाउनुको साथै कटान क्षेत्रलाई नियन्त्रणमा लिन कार्य अघि नबढेसम्म निरन्तर प्रदेशसभामा आवाज उठाइरहने समितिमा रहेका प्रदेशसभाका सदस्यहरु मनोज सिंह, ममता मण्डल, नुरुल निसा र सञ्जिला यादव र विकास समितिका प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले यस्तो प्रतिबद्धता व्यक्त गरे । 

लहान-४ विगत तीन चार वर्षदेखि लगातार बलान नदीले कटान जारी राखेकोले कुनैबेला बस्तीमा बस्न सक्ने अवस्था रहेकोले अकाशमा बाँदल देखिने बित्तिकै बालबालिकाहरुलाई लिएर नजिकको अर्को बस्तीमा जानु परिरहेकोले यसको नियन्त्रणका लागि इसलामपूर र सुन्दरपुरका स्थानीयहरुले प्राकृतिक श्रोत तथा वातावरण समितिका सदस्यहरुको आगाडि आफ्नो पीडा दुबै बस्तीका स्थानीयहरुले पोखेका थिए । 

लहान–२३ मा दश दिन अगाडि आएको बाढीले मात्रै तीन विगहा आँपको बगैंचा कटान गरेर ठूलो क्षति गरेको पीडा स्थानीयहरुले पीडा सुनाए । यस वर्ष मधेश प्रदेश सरकारले ९५लाख र लहान नगरपालिकाले ५० लाख गरी एक करोड ४५ लाखको तटबन्ध निर्माण गर्दा १३० मिटर अझै तटबन्ध गर्न ५० लाख थपि दिएर तटबन्ध गरेको भए यतिका क्षति हुने थिएन । कटान गरीएको क्षेत्रको नियन्त्रणको लागि दुई करोडौको लागतमा पनि नियन्त्रण हुने छैन । 

लहान–२३ का वडाध्यक्ष बद्री नारायण यादव, सिरहा जिल्ला समन्वय समितिका प्रमुख तथा स्थनीयवासी समेत रहेका दिनेश कुमार महतो, स्थानीय अशेश्वर यादव,ठकन यादव, दिनेश यादव लगायतका स्थानीयहरुले समितिका प्रदेशसभा सदस्यहरुलाई पीडा बुझन गाउँमै आउनु भएकोमा खुसी लागेको भन्दै नदी कटानको समस्या समाधानको लागि पहल गरिदिन आग्रह गरे । 

२०४८ सालदेखि निरन्तर बलान नदी कटानको लागि चुनावको समयममा राजनीतिक दलहरुले यसलाई चुनावी नारा बनाएपनि समस्या समाधान नभएको स्थानीयहरुले गुनासो पोख्दै लहान–२३ तिलेबोना करैया सखुवानन्कारकटि गाँउपालिका ४ र ५ भगवानपुर नगरपालिका ३ र ४ का गरी एक हजारभन्दा उर्वर जमीन कटान गरेर सयौ घर परिवारलाई सुकुम्वासी बनाइदिएको समितिका प्रदेशसभा सदस्यहरुलाई जानकारी गराएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: