सिरहा । सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको मिलेमत्तोमा योजनाको काम समपन्न नै नगरि भुक्तानिको लागि कार्य समपन्नको सिफारिस गरिएको पाइएको छ । जिल्लाको गोलबजार नगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष सकलदेब यादबले सडकवती जडान, सिसिटिभि क्यामेरा जडानको काम सम्पन्न नै नगरी कार्य समपन्नको सिफारिस गरिएको पाईएको हो ।
आर्थिक वर्ष २०८०/०८१ को वडा स्तरीय योजनालाई अन्तिम समयमा संशोधन गरेर वडा अध्यक्ष यादवले एक सय ६० थान सडकवती खरिद तथा जडान कार्यकोलागी १० लाख रुपैयाँ बिनियोजन गरिएको थियो । असार मसान्तमा रकम हिनामिना गर्नकै लागि थ्री ब्रदर्श धनगढिमाईसंग २० प्रतिशत कमिशनमा कोटेसन मार्फत काम गराएको एक व्यबसायीले नै बताए । यो मात्र होईन अरुपनि योजनाहरु सम्पन्न नगरी उनले कार्यसम्पन्नताको सिफारिस दिनुलेपनि वडा अध्यक्ष र व्यसायीविच आर्थिक सेटिङको पुष्टि हुन्छ ।
वडा अध्यक्ष यादवले कमिशनकै लागि अन्तिम समयमा योजना संशोधनगरी कोटेशनमा काम गराएको वडा नम्वर ४ का रविन्द्र साहले बताए । उनले भने, ‘उपभोक्ता समितिले पनि गर्न सक्ने योजनाहरुलाई कमिशनकै लागि टुक्रा टुक्रा बनाएर कोटेशनमा दिएको हो । यो समान्य मानिसले पनि त्यसै भन्न सक्छ ।’
काम सम्पन्न नगरी व्यसायीसँगको मिलेमत्तोमा भुक्तानीको लागि कार्यसम्पन्नताको सिफारिसदिनु गैर कानुनी भएको कर्मचारीहरु बताउँछन् । सडक मर्मत, डष्टविन गरिद, कन्टेनर ट्रलि खरिद, चापाकल टुवेल जडानजस्ता कार्यहरु कोटेशनमा लागाएको छ । कोटेशनमै लगाएका कामहरुपनि धेरै सम्पन्न भईनसक्दै उनले भुक्तानीको लागि कार्यसम्पन्नको सिफारिस गरेको बताइन्छ ।
तर, वडा अध्यक्ष यादवले काम सम्पन्न भएपनि नगरले भुक्तानी नगरेको भन्दै सामाजिक सञ्जालमै दुखेसो पोखेका थिए । उनले सामाजिक सञ्जालमा, ‘गोलबजार वडा नं ४ को २८ वटा उपभोक्ता समिति र कोटेशन मार्फत, मध्ये यस आर्थिक मसान्त मा २ वटा को रकम मात्र भुक्तानी भएको छ, अन्य १८ नम्बर, धन्यवाद छ नगर प्रमुख ज्यु र तपाई को असल प्रशंसनिय कार्य लाई ।’
यता, सडक वत्तिको काम सम्पन्नताको कामको बारेमा आफूलाई कुनै जानकारी नै नआएको प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले जनाए । प्रमुख केसीले वडा अध्यक्षले असार २४ गते फायल लिएर आउनु भएको सुनेको थिएँ, तर भुक्तानीको विषयमा मैले पनि बुझ्नु पर्ने बताए ।
काम सम्पन नै नगरी भुक्तानीको लागि सिफारिस गर्न मिल्छ ? भनी जिज्ञासा राख्दा प्रमुख प्राशासकीय अधिकृत केसीले कार्य सम्पन्न नै नगरी कार्य सम्पन्नताको सिफारिसदिनु नै गैर कानुनी हो । वडाले सिफरिस गरेको छ भन्ने वडा अध्यक्षले कानुनको खिल्ली उडाएको हो ।’
वडाले १० लाखको लागतमा १६० थान सडकवती जडान गर्ने भनी योजना विनियोजन गरिएको ४ नम्बरका वडा अध्यक्ष सकलदेव यादवले जनाएको छ । उनले, ‘काम छिटो सकाउन उपभोक्ता समिति गठन नगरेर कोटेसन मार्फत नै गराएपनि समयमा काम हुन नसकेको स्विकार गरेका छन् । काम अहिलेपनि जारी नै छ । ठेक्केदारलाई छिटै सकाउन भनेको छु ।’
काम सम्पन्न नै नगरी रकम निकासा गरिएको बारे जिज्ञासा राख्दाँ वडा अध्यक्ष यादवले रकम निकासा नभएको दावी गरे । उनले, ‘रकम निकासा गरीएको छैन । समयमा कार्य सम्पन्न नभएकोले कार्य सम्पन्नता सिफरिस गरी फाईल १८ नम्वरमा राखिएको उनको जिकिर छ ।’
असार मसान्तमा ९० प्रतिशत कार्य सम्पन्न भैईसकेको योजनाको फाईल १८ नम्वरमा जाने गरेको जानकारहरु बताउँछन् । तर काम नै नगरेको फाईल भुक्तानीको लागी कार्य सम्पन्नताको सिफारिस गर्नु नै कानुनलाई लत्याउनु सरह भएको उनीहरुको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: