काठमाडौं । लोकप्रिय गायक नारायण थापा र अग्रज गीतकार डब्बु क्षत्रले आफ्नो गीत तिमीलाई नै...को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतको भिडियोलाई यतिबेला ओएसआर डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
तिमीलाई नै...मा संगीत पनि नारायण थापाले नै गरेका हुन् । सिन्धुलीका नारायण थापा गायकको रुपमा लोकप्रिय भए पनि उनी बेला बेलामा मिठो संगीत सृजना समेत गर्छन ।
यो गीतमा राजेन्द्र बजगाईको संगीत संयोजक छ । जसमा मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका हुन् । गीतलाई म्युजिक किचनमा रेकर्डिङ गरिएको हो ।
यो गीतको भिडियोमा अभिनेता यसराज गराच र कलाकार तथा मोडल प्रतीक्षा काफ्लेको अभिनय छ । उनीहरु भिडियोमा रोमान्चित देखिएका छन् । तिमीलाई नै...गीतको भिडियोमा यसराज र प्रतीक्षाको जोडीलाई निकै आकर्षक देखिएको छ । गीतको भिडियोलाई सर्लाहीको भरतताल लगायत विभिन्न रमणीय स्थालमा छायाँकन गरिएको छ । बीरेन्द्र भाट विपिनको सम्पादन, शर्मिला बुढाथोकीको मेकअप, प्रविण सुवेदीको छायाँकनरहेको यो गीतको भिडियोलाई कृष्ण रसालले कोरियोग्राफी गरेका हुन् । रसालको कोरियोग्राफी प्रसँसनीय छ । भिडियोमा डब्बु क्षत्रीको निर्देशन रहेको छ ।
यो गीतकार रचनाकार डब्बु क्षत्रीका अनुसार गीतमा एक प्रेमीको प्रमिका प्रति आसक्ती प्रस्तुत गरिएको छ,‘जतिबेला पनि आफ्नै प्रेमिकालाई हेरिरहुँ र भेटिरहुँ भन्ने प्रेमीको अथाह प्रेमाशक्तिलाई यो गीतमा उल्लेख गरिएको छ । गीतसँगै भिडियोले यतिबेला राम्रो प्रतिक्रिया पाएको छ ।’ गीतकार डब्बु क्षत्रीले भने ।
गायक नारायण थापाले आफ्नो पहिलो गीतिसँग्रह अजम्बरीमा यो गीत समेटेका थिए । सँग्रहमार्फत उनले यो गीतलाई यस अघि नै ल्याए पनि यसको म्युजिक भिडियो भने बनाएका थिएनन् । सोही गीत यतिबेला भिडियोको रुपमा दर्शकमाझ आएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: