बैतडी । सिगास गाउँपालिकाको केन्द्र जोड्ने सिन्याखेत–गर्जे सडक खण्डमा पहिरो खस्दा सिगास –३, को भुडेश्वर गाउँको आठ परिवारको घरखेतमा पहिरोले क्षति गरेको छ । स्थानीयले भागेर ज्यान जोगाएका छन् ।
गए राति परेको अबिरल वर्षासँगै सडकमाथिबाट पहिरा खस्दा स्थानीय जस्वीर साउद, गाणेश साउद, गंगाराम साउद, रामसिंह धामी, बाद धामी, मनवीर साउद, गोपाल साउद, हरि साउदको परिवार बिस्थापित भएको छ । पहिरोले घर र खेतमा क्षति गरेको जस्वीर साउदले बताए।
सिगास गाउँपालिका –३, कोटेलीस्थित सिगास माविको छेउबाट पहिरो खस्दा विद्यालयसमेत पहिरोको जोखिममा परेको छ । बस्तीमाथि सडक निर्माण गर्दा स्थानीय १३ परिवार पहिरोको जोखिममा परेको बताइएको छ । गएको जेठमा ठेकेदारले जथाभावी सडक निर्माण गर्दा बस्तीमा पहिरो खसेको स्थानीयले बताएका छन् ।
राति खाना खाएर आराम गर्न बसेका बेला पहिरो खस्दा स्थानीयले भागेर ज्यान जोगाउन सफल भएको जस्विरसिंह साउदले बताए । उनले पहिरो खसेको विषयमा सिगास गाउँपालिका –२, गाँजरीमा रहेको प्रहरी चौकीलाई खबर गरेको बताए ।
बस्तीमा पहिरो खसेपछि हामी सुरक्षित स्थानतर्फ हिँडेका छौं, साउदले भने, “ढुङ्गा खस्नेक्रम रोकिएको छैन । घटनाबारे प्रहरीलाई खबर गरेका छौं । पशु चौपाया र बालबच्चासहित हामी सिन्याखेत पारी अर्को बस्तीतर्फ लागेका छौं ।”
थप विवरण बुझ्न गाउँपालिकाको टोली घटनास्थलतर्फ पठाउने तयारी भइरहेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए।
पहिरोको क्षतिबारे विस्तृत विवरण बुझेर बिस्थापितलाई सुरक्षित स्थानतर्फ सार्न गाउँपालिकासँग समन्वय भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: