काठमाडौँ । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरू भएको बागमती सफाइ महाअभियानको पाँच सय ८६ औँ हप्तामा कोटेश्वर महादेव मन्दिरमुनिको नदी किनारमा सफाइ गरिएको छ ।
सफाइबाट एक दशमलव पाँच मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । आज उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुले व्यवस्थापन गरेको उनले सुनाए ।
सफाइमा प्रमुख अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेल, वाग्मती प्रदेशका सचिव गोविन्द कार्की, सुविधानगर सामुदायिक समितिका अध्यक्ष सुमित्रा कडरिया, स्थानीयवासी, सुन्दरीघाट वाग्मती सरसफाइ अभियानका संयोजक चित्रबहादुर सुनुवार, रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक रामशरण कार्की, बानेश्वर महिला वातावरण प्रालि, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कर्मचारी एवं वाग्मती सफाइ अभियानकर्मीको सहभागिता रहेको थियो ।
अर्को शनिबार पाँच सय ८७ औँ हप्ताको सफाइ सुन्दरीघाटस्थित त्रिभुवन विश्वविद्यालय नजिकको झोलुङ्गे पुल क्षेत्रमा गरिने महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गते सुरू भएको महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर हुँदै आएको छ । महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरू भएको छ ।
हाल वाग्मतीका प्रायः सबै सहायक नदीका साथै चक्रपथको उत्तर र पश्चिमी खण्डमा पनि सफाइ अभियान भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी एवं सहरमा पनि सफाइ अभियान सुरू भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - ०९:३५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...
पौष २९ गते, २०८२ - ०९:२९
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने
पौष २९ गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...
पौष २९ गते, २०८२ - ०९:१९
बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...
पौष २९ गते, २०८२ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...
पौष २९ गते, २०८२ - ०७:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...




प्रतिकृया लेख्नुहोस्: