नुवाकोट । नुवाकोटमा भएका विभिन्न अपराधका घटनामा संलग्न रहेको पुष्टि भएका सात सय ७३ जना फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार विगतदेखि हालसम्म विभिन्न अपराधमा दोषी ठहर भएका ती व्यक्तिलाई फैसला कार्यान्वयनका लागि खोजतलास भइरहेको छ ।
नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार कार्यसम्पादन फरार अपराधीको सङ्ख्या नौ सय १३ जना रहेको थियो । हालै सम्पन्न आर्थिक वर्ष २०८०/८१ मा एक सय २७ जनालाई पक्राउ गरिएको र १३ जना आफैँ न्यायालयमा हाजिर भएका छन् ।
जिल्लाको विभिन्न न्यायिक निकायको अन्तिम फैसलाबाट दोषी ठहर भएर फैसला कार्यान्वयन गर्नुपर्ने अपराधीको सङ्ख्या सात सय ७३ जना रहेका छन् ।
“पछिल्लो एक वर्षमा एक सय २७ जनालाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि सम्बन्धित न्यायालयमा बुझाएसँगै उनीहरूबाट ६८ वर्ष तीन महिना १३ दिन कैद कट्टाको प्रक्रियामा गएको छ ,” प्रहरी प्रमुख कोइरालाले भने, ‘पक्राउ परेकामध्ये न्यायालयबाट दोषी ठहरिएर जरिवाना तोकिएकाबाट रु २४ लाख १९ हजारभन्दा बढी भुक्तान भएको छ ।”
नुवाकोटका न्यायालयबाट दोषी ठहर भएका तथा अदालतमा अभियोग लागेका प्रतिवादीलाई पछिल्लो समयमा खोजतलास तथा पक्राउ गर्ने क्रम तीव्र बनाएसँगै फैसला कार्यान्वयनमा निकै सुधार आएको प्रहरीको दाबी छ ।
लामो समयदेखि फरार रहेकालाई सम्बन्धित न्यायालयमा उपस्थित गराउन तथा आफैँ न्यायालयमा उपस्थित हुन प्रहरीले चलाएको अभियानअन्तर्गत अघिल्ला वर्षको तुलनामा हालै सम्पन्न आर्थिक वर्षमा निकै सुधार आएको छ । फरार व्यक्ति पक्राउमा १० प्रतिशत र जरिवाना असुलीमा ४३ प्रतिशतले वृद्धि भएको प्रहरीको तथ्याङ्क छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - ०९:३५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...
पौष २९ गते, २०८२ - ०९:२९
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने
पौष २९ गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...
पौष २९ गते, २०८२ - ०९:१९
बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...
पौष २९ गते, २०८२ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...
पौष २९ गते, २०८२ - ०७:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...




प्रतिकृया लेख्नुहोस्: