Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

त्रिविमा परीक्षा सकिएको चार दिनमै नतिजा

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्पन्न भएको चार दिनमै नतिजा प्रकाशन गरेको छ । यही साउन ९ गते सम्पन्न मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशन गरिएको हो। 

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार प्रथम वर्षको परीक्षा सकिएको चौथो दिन साउन १३ गतेदेखि नतिजा प्रकाशन शुरु गरेर शनिबार सकिएको छ। साउन १३ गते प्रथम वर्षका अंग्रेजी, नेपाली, इतिहास, ग्रामीण विकास, समाजशास्त्र र अर्थशास्त्रलगायतका विषयको नतिजा सार्वजनिक गरिएको थियो। 

शनिबार राजनीतिशास्त्र विषयको परीक्षाको नतिजा प्रकाशन गरिएको हो। परीक्षा यही साउन २ देखि ९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार परीक्षामा ७९६ जना परीक्षार्थी सहभागी थिए। 

त्रिविले परीक्षा समाप्त भएको लामो समयसम्म पनि नतिजा सार्वजनिक गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको थियो । यति छोटो समयमा नतिजा सार्वजनिक गरिएको सम्भवतः त्रिविको इतिहासमै पहिलो पटक भएको दाबी गरिएको छ। 

‘स्रोतसाधनले भ्याएसम्म परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको कामलाई छिट्टै गर्छौँ। अन्य विषयका नतिजा पनि छिटै प्रकाशन गर्ने तयारीमा छौँ’, परीक्षा नियन्त्रक जोशीले भने। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending