Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

१५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना किन गइन् भारत ?

खबरडबली संवाददाता

काठमाडौं । बाङ्ग्लादेशमा गत ज्यानुअरी महिनामा भएको निर्वाचनबाट शेख हसिना देशको प्रधानमन्त्री चुनिएकी थिइन्। सरकारी जागिरमा आरक्षणको विषयप्रति प्रश्न उठाउँदै विद्यार्थीहरूले थालेको आन्दोलन चर्किएपछि उनले अन्ततः पदत्याग गर्नुपर्‍यो।

यो उनको पाँचौँ कार्यकाल थियो। यद्यपि उनको सरकार एक वर्ष पनि टिकेन। उनी राजीनामा दिएर विदेश पलायन हुन बाध्य भइन्। विपक्षी दलहरूले बहिष्कार गरेको निर्वाचनमा उनको र उनको दल अवामी लीगको विजय निश्चितप्रायः थियो।

विपक्षी बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) र त्यसका साझेदारहरूले हसिनाले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउँछिन् भन्नेमा विश्वास नभएको बताएका थिए।

उनीहरूले प्रधानमन्त्रीले पद छाड्नुपर्ने र तटस्थ अन्तरिम सरकार गठन गरेर त्यसमार्फत् निर्वाचन गराइनुपर्ने माग राखेका थिए। उनले ती माग अस्वीकार गरेकी थिइन्।

संस्थापक नेताकी छोरी

उनी देशका संस्थापक प्रधानमन्त्री बङ्गबन्धु शेख मुजिबुर रहमानकी छोरी हुन्। शेख हसिनाका बुवा शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको सन् १९७५ मा सैन्य कूका बेला हत्या भएको थियो।

त्यतिबेला हसिना र उनकी बहिनी विदेश यात्रामा थिए। उनीहरू निर्वासनमा बस्न भारत गए। सन् १९८१ मा उनीहरू स्वदेश फर्किए। अरू राजनीतिक पार्टीसँग मिलेर प्रजातन्त्रका लागि सैन्य सरकारविरुद्ध गरेको आन्दोलनपछि हसिनाको राष्ट्रिय छवि बन्यो।

सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी उनी त्यसपछिको निर्वाचनमा बेगम खालेदा जियासँग सन् २००१ मा पराजित भइन्। सन् २००९ यता उनले निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी थिइन्। उनी बाङ्ग्लादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्।

चुनावमा धाँधली गरेको आरोप उनी र उनको पार्टीमाथि लागेको थियो। अवामी लीगले ती आरोपहरू अस्वीकार गर्दै आएको छ। हसिना विदेश पलायन भएपछि राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरे।

देशका विभिन्न स्थानमा आन्दोलन गर्न सडकमा भेला भएका मानिसहरूले हसिना सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्रीको सरकारी निवास गणभवनमा प्रवेश गरेर हर्षोल्लास गरेका छन्। केही आन्दोलनकारीले देशका संस्थापक नेता शेख मुजिबुर रहमानको प्रतिमा तोडफोड गरेका छन्।

स्थिरता कायम गरेको दाबी

सन् २००४ मा चुनावी अभियानका क्रममा हसिनामाथि बम आक्रमण हुँदा उनी घाइते भएकी थिइन् भने कम्तीमा २० जनाको मृत्यु भएको थियो। शेख हसिनाका समर्थकहरू उनले बाङ्ग्लादेशमा चाहिएको राजनीतिक स्थिरता कायम गरेको दाबी गर्छन्।

"यो देशमा प्रजातन्त्र कायम रहनुपर्छ भन्ने प्रत्याभूत गराउन मैले यथाशक्य प्रयास गर्दै आएकी छु," आफूले गत ज्यानुअरीमा मतदान गरेपछि हसिनाले सञ्चारकर्मीहरूसँग भनेकी थिइन्।

भारत पलायन

हसिनाको विमान सोमवार साँझ दिल्लीको हिन्डन एअरबेसमा अवतरण गरेको विवरणहरू आएका छन्। उनी भारतमा नै बस्छिन् वा अन्यत्र जान्छिन् भन्ने अहिलेसम्म थाहा भइसकेको छैन।

यसअघि हसिना ढाकाबाट हेलिकप्टर चढेर भारतको त्रिपुरा राजधानी अगरतलातिर गएको विवरण आएको थियो। पदत्याग गर्नुअघि उनको भारतसँग कस्तो सल्लाह भयो भन्ने स्पष्ट भइसकेको छैन। तर उनको भारतसँग राम्रो सम्बन्ध भएको मानिन्छ।

झन्डै १७ करोड जनसङ्ख्या रहेको मुस्लिमबहुल बाङ्ग्लादेशलाई तीनतिर भारतले घेरेको छ। बाङ्ग्लादेशको दक्षिणपूर्वमा २७१ किलोमिटर सीमा मात्र म्यान्मारसँग जोडिएको छ।

भारतका लागि बाङ्ग्लादेश छिमेकी मुलुक मात्रै होइन, रणनीतिक साझेदार र निकटको सहयोगी पनि हो। पूर्वोत्तरका भारतीय राज्यहरूको सुरक्षाका लागि बाङ्ग्लादेशसँगको सम्बन्धले महत्त्व राख्छ। त्यसैले भारतीय नीतिनिर्माताहरू बाङ्ग्लादेशमा भारतअनुकूल सरकार हुनुपर्ने मान्यता राख्छन्।

सन् १९९६ मा पहिलो पटक निर्वाचित भएदेखि नै हसिनाले भारतसँग निकट सम्बन्ध राखेकी थिइन्। हसिनाले सधैँ दिल्लीसँग ढाकाको निकट सम्बन्धको महत्त्वमा जोड दिँदै आएकी थिइन्।

सन् २०२२ मा दिल्ली भ्रमणका क्रममा उनले बाङ्ग्लादेशको स्वतन्त्रतामा भारत सरकार, भारतीय जनता र सुरक्षा फौजले सहयोग गरेको स्मरण गर्दै बाङ्ग्लादेशले कहिल्यै पनि भारतलाई भुल्नु नहुने बताएकी थिइन्।

विपक्षी बीएनपीले भने हसिनाको दल अवामी लीगलाई भारतले दिएको समर्थनका लागि कडा आलोचना गर्ने गरेको छ। 

“भारतले बाङ्ग्लादेशको एउटा दललाई होइन, यहाँका जनतालाई समर्थन गर्नुपर्छ। दुर्भाग्यवश भारतका नीतिनिर्माताहरू बाङ्ग्लादेशमा प्रजातन्त्र चाहन्नन्,” बीएनपीका वरिष्ठ नेता रुहुल कबिर रिज्वीले निर्वाचनअघि बीबीसीका अनबरसन इतिराजनलाई बताएका थिए।

रिज्वी दिल्लीले खुला रूपमा हसिना र “नक्कली चुनाव”को समर्थन गरेर “बाङ्ग्लादेशका जनतालाई एक्ल्याएको” आरोप लगाएका थिए।

अतिवादी इस्लामिस्ट समूहको डर

बाङ्ग्लादेशमा शेख हसिना निर्वाचित नभए अतिवादी इस्लामिस्ट समूह सत्तामा फर्किने त्रासमा दिल्ली भएको ठानिएको थियो। बीबीसी संवाददाता इतिराजनका अनुसार बीएनपी र जमात-ए-इस्लामी दलले बाङ्ग्लादेशमा इस्लामिस्ट समूहहरूलाई प्रभावशाली बनाउन सजिलो बनाइदिन्छन् कि भन्नेमा भारतको गम्भीर चासो थियो।

सन् २००१ देखि २००६ सम्म उक्त गठबन्धन सत्तामा रहँदा त्यस्तो अवस्था बनेको थियो।

“उनीहरूले त्यस बेला विभिन्न उद्देश्यका लागि कैयौँ जिहादी समूहलाई अगाडि बढ्ने मौका दिएका थिए। सन् २००४ मा हसिनाको हत्या प्रयास भएको थियो भने पाकिस्तानबाट आएका १० ट्रकभन्दा बढी हतियार बरामद गरिएको थियो,” निर्वाचनअघि ढाकाका लागि भारतका पूर्वराजदूत पिनाकरञ्जन चक्रवर्तीले भनेका थिए।

सन् २००९ मा सत्तामा आएपछि हसिनाले बाङ्ग्लादेशभित्रबाट भारतको उत्तरपूर्वी राज्यहरूमा विद्रोह गरिरहेका विद्रोही समूहमाथि कारबाही गरेर दिल्लीको विश्वास जितिन्।

भारत र बाङ्लादेशबीच निकट सांस्कृतिक, जातीय र भाषिक सम्बन्ध छ। दिल्लीले सन् १९७१ मा पाकिस्तानबाट बाङ्ग्लादेशलाई स्वतन्त्र हुन प्रमुख भूमिका खेलेको थियो। त्यस बेला उसले बङ्गाली फौजलाई सहयोग गर्न आफ्नो सेना पनि पठाएको थियो।

भारतले बाङ्ग्लादेशलाई पूर्वाधारहरू निर्माण गर्न सन् २०१० यता सात अर्ब अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण पनि उपलब्ध गराएको छ। तर दशकौँदेखि पानीको प्रयोगबारे दुई देशबीच द्वन्द्व चलिरहेको छ र एकअर्काको आन्तरिक मामिलामा चलखेल गर्ने गरेको भन्ने पनि आरोप लाग्ने गरेको छ।

बाङ्ग्लादेशमा भारतको छवि

ढाकास्थित सेन्टर फोर पोलसी डाइअलगकी वरिष्ठ फेलो देवप्रिया भट्टाचार्यका अनुसार “बाङ्ग्लादेशमा भारतको छवि त्यति राम्रो छैन"।

"बाङ्ग्लादेशले भारतबाट असल छिमेकीको जस्तो व्यवहार नपाएको भन्ने धारणा छ र त्यो चाहिँ पूर्ण रूपमा प्रजातान्त्रिक वैधताप्राप्त सरकार नभएकाले हामीले पाउनुपर्ने समान अधिकार प्राप्त हुन नसकेको हो कि भन्ने पनि छ,” निर्वाचनअघि उनले बीबीसीसँग भनेकी थिइन्।

भारतले बाङ्ग्लादेश हुँदै उसका पूर्वोत्तर राज्यहरूमा सडक, जल र रेल मार्गमार्फत् ढुवानीको सुविधा पाउँदै आएको छ। तर बाङ्ग्लादेशले अझै पनि भूपरिवेष्टित मुलुकहरू नेपाल र भुटानसँग त्यस्तै खाले यातायातको पहुँच नपाएको आलोचकहरू बताउँछन्।

चीन मामिला र रणनीतिक कारण

ढाकामा आफूअनुकूल सरकार हुनुमा भारतका अन्य रणनीतिक कारणहरू पनि छन्।दिल्लीले बाङ्ग्लादेश हुँदै आफ्ना सातवटा पूर्वोत्तर राज्यका लागि सडक र जल यातायातमा पहुँच चाहन्छ।

अहिले भारतको मुख्य भूमिबाट उसको पूर्वोत्तरमा सडक र रेल सञ्जाल "चिकेन नेक" पनि भनिने नेपाल, बाङ्ग्लादेश र भुटानबीचको २० किलोमिटर भूमिबाट जोडिएको छ।

दिल्लीका अधिकारीहरूलाई भारतको प्रतिद्वन्द्वी चीनसँगको सम्भावित द्वन्द्वमा यो क्षेत्र रणनीतिक रूपमा कमजोर हुन सक्ने डर छ।

कैयौँ पश्चिमा देशहरूले बाङ्ग्लादेशी अधिकारीहरूमाथि मानवाधिकार हनन र गैरन्यायिक हत्याको आरोपमा थप प्रतिबन्ध लगाउन चाहेका भए पनि भारतले त्यसलाई प्रत्युत्पादक हुन सक्ने भन्दै रोक्दै आएको छ। बेइजिङ पनि उक्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न बाङ्ग्लादेशमा आफ्नो उपस्थिति बढाउन चाहन्छ।

दिल्लीसँग सम्भावित द्वन्द्व भए बाङ्ग्लादेशले चीनसँग सम्बन्ध सुधार गर्न सक्ने दिल्लीका अधिकारीहरूलाई डर छ। दुई सरकारबीच घनिष्ठ सम्बन्ध भए पनि भारतको कुरा आउँदा केही बाङ्लादेशीहरू शङ्का गर्ने गर्छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending