काठमाडाैं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विधिसम्मत ढङ्गले संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताएका छन् । तिसौँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधान संशोधन बहुमतको बलमा नभएर विधि प्रक्रियाबाट हुने र आदिवासी जनजातिको अधिकारलाई सम्बोधन गरिने स्पष्ट पारे ।
उनले समाजमा उठेका सवाल र असन्तुष्टिको सम्बोधन गर्नका लागि संविधान संशोधन गर्न लागिएको दाबी गरे । ‘संविधान संशोधनले प्राप्त अधिकार कटौती हुन्छ भन्ने गलत भाष्य बनाउने प्रयास भइरहेको छ, जुन गलत हो’, उपप्रधानमन्त्री सिंहले भने, ‘हामीले लडेर ल्याएको सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र र समावेशिताको पूर्ण कार्यान्वयनका लागि संशोधन महसुस गरिएको छ ।’
उनले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकार प्राप्ति तथा कार्यान्वयनका लागि एकजुट हुन समेत आह्वान गरे । ‘अधिकारलाई जीवन्त राख्नका लागि हामीले विगतको पृष्ठभूमिलाई बिर्सन हुँदैन, वर्तमानमा चित्त नबुझेका कुरा विधि र प्रक्रियाअनुसार राख्नुपर्छ ।’
समारोहमा महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले जलवायु परिवर्तन र ठूला विकासका परियोजनाका कारण आदिवासीहरु आफ्नो स्थानबाट विस्थापित हुन बाध्य भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । उनले शुभकामना व्यक्त गर्दै देशको ३६ प्रतिशत जनसङ्ख्या रहेका आदिवासी जनजातिको संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न माग गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १ गते, २०८१ - २०:५०
म्याग्दी । हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी छ । बितेको हिउँदे पाँच महिनामा हिमपात र वर्षा नहुँदा गम्भीर वातावरणीय असर देखिन थालेका छन् ।...
फाल्गुन १ गते, २०८१ - २०:३४
रुपन्देही । रुपन्देहीमा आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिका वडा नं १ सुन्दर टोलकी ४५ वर्षीया आमा पार्वती परियारको...
फाल्गुन १ गते, २०८१ - २०:२६
खाेटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङकाे जिल्ला सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित भएका छन् । पाँच कार्यकाल जिल्ला सभापति सम्हालिसकेका अर्...
फाल्गुन १ गते, २०८१ - २०:१२
काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी अनलाइन घटना (साइबर हिंसा तथा अपराध) सामाजिक सञ्जाल फेसबुकबाट भइरहेको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा ६३५ ज...
फाल्गुन १ गते, २०८१ - २०:०७
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले शिक्षा नीति बहसअन्तर्गत तरुण विमर्श गरेको छ । केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको शिक्षा विभागले आज ...
फाल्गुन १ गते, २०८१ - १९:४४
काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने बताएका छन् । ३०औं ...
फाल्गुन १ गते, २०८१ - १९:३७
बर्लिन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा वार्ता सुरु गर्न सहमत भएपछि जर्मन चान्सलर ओलाफ स्कोल्जले ...
फाल्गुन १ गते, २०८१ - १९:३२
कायरो । यो सप्ताहन्तमा बन्धक–कैदी आदानप्रदान योजना अनुसार अगाडि बढ्ने सुनिश्चित गर्न इजरायल–हमास युद्धविराम जोगाउने प्रयासमा प्रगति भएको वार्तासँग नजि...
फाल्गुन १ गते, २०८१ - १९:२९
भारत । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी पक...
फाल्गुन १ गते, २०८१ - १९:१९
ढाका । बङ्गलादेशको अन्तरिम सरकारले राज्य प्रणालीमा महत्त्वपूर्ण सुधार ल्याउने उद्देश्यले राष्ट्रिय सहमति आयोग गठन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्ल...
प्रतिकृया लेख्नुहोस्: