काठमाडौं । जनता समाजवादी पार्टी नेपालको नवगठित केन्द्रीय समितिको बैठक भोलि २७ गते आइतबारदेखि सुरु हुँदैछ ।
आगामी साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
उनका अनुसार वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ ।
बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल हुने जसपा नेपालले जनाएको छ । वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची छ ।
यस्तै, पहिचान र राष्ट्रियरजातीय मुक्तिको सवाल, समाजवादसम्बन्धी अवधारणा जसपा नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ । स्थानीय तह, प्रदेशसभा र संसद्मा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल हुने जनाइएको छ ।
देशव्यापी रूपमा जनपरिचालन अभियान ९सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रमहरू० सम्बन्धमा कार्ययोजना तथा कार्यक्रम निर्माणलगायत विषयमा बैठकमा विचारविमर्श हुने अध्यक्ष यादवले बताए ।
बैठकले अभियानसम्बन्धी कार्यक्रम सम्पन्न गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यहरूलाई जिल्लारमहानगररनगरलगायत स्थानीय तहहरूको अभियन्ताको रूपमा जिम्मेवारी दिइने जनाइएको छ । केन्द्रीय समितिको बैठक ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८२ - ०९:०२
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूल...
जेष्ठ ३० गते, २०८२ - ०८:५९
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकता र अन्य पार्टीका नेताहरुलाई पार्टीमा भित्र्याउने लक्ष्यसाथ जतिपनि पनि केन्द्रीय सदस्य बनाउन सक्नेगरी प्र...
जेष्ठ ३० गते, २०८२ - ०६:५९
नवलपरासी । नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्...
जेष्ठ ३० गते, २०८२ - ०६:५९
नवलपरासी । नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्...
जेष्ठ ३० गते, २०८२ - ०६:५७
काठमाडाैं । स्पेनको एलिकेन्टेमा अवस्थित भिलेनाको खजानामा अहिलेसम्म गरिएको सबैभन्दा रहस्यमय खोजहरू प्रकाशमा आएको छ। उक्त खजानाबाट फलाम जस्ता दुईवटा ...
जेष्ठ ३० गते, २०८२ - ०६:५५
काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ । जसअनुसार संघीयता सबलीकरण तथा रा...
जेष्ठ ३० गते, २०८२ - ०६:५३
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ः०० बजे बोलाइएको छ। हिजोको प्रतिनिधिसभा बैठकला...
जेष्ठ ३० गते, २०८२ - ०६:४८
नेता कार्यकर्ता भेट्न मैले एमालेका कुनै कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्दैनः भण्डारी
जेष्ठ ३० गते, २०८२ - ०६:३६
बागलुङ । बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जसको कृषि कर्म...
जेष्ठ ३० गते, २०८२ - ०६:३१
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पै...
प्रतिकृया लेख्नुहोस्: