सङ्खुवासभा । सदरमुकाम खाँदबारी नगरपालिका–५ रमितेका आठ घर पहिराको उच्च जोखिममा परेका छन्।
गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र वर्षा भइरहेकाले रमेतेका घरहरू जोखिममा परेका हुन्।
पहिरो गएको ठाउँमा दुई वटा ठूला ढुङ्गा रहेकाले पहिरासँगै ढुङ्गा खस्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङले बताए। पहिराका कारण दिनरात त्रास बढेको गुनासो गर्दै उनले स्थानीय सरकारले ढुङ्गा हटाउन सहयोग गर्नुपर्ने बताए।
कोशी राजमार्गको मोटरबाटो गगनेदेखि रमिते गाउँ हुँदै लगिएको छ। एकान्तमा रहेको रमिते गाउँभन्दा माथि देउरालीबाट सडक गाउँसम्म पुर्याइएको छ। गाउँमाथिबाट ट्रयाक खोलिएको र गाउँमाथि नै प्याराग्लाइडिङ उडानका लागि मैदान बनाइएकाले माटो धस्सिएर पहिरो बगिरहेको रमितेका स्थानीयले बताएका छन्।
गाउँमा पहिरोका जोखिम बढेको खबर पाएपछि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर बज्राचार्य नेतृत्वमा खाँदबारी-५ का वडाध्यक्ष टङ्कबहादुर घिमिरे र खाँदबारी-४ की कार्यवाहक वडाध्यक्ष पवित्रा गुरुङलगायत नगरका टोलीले स्थलगत अवलोकन गरेको छ।
पहिरो अवलोकनपछि उपप्रमुख बज्राचार्यले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम विनियोजन गरी तारजालीसहित ढुङ्गा फुटाउने आश्वासन दिए। गत वर्ष पहिरो केही रोकथाम गर्ने प्रयासस्वरूप खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा तारजाली लगाइएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...
पौष २९ गते, २०८२ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...
पौष २९ गते, २०८२ - ०७:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...
पौष २९ गते, २०८२ - ०७:१६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको विनिमयदर घटेको...
पौष २९ गते, २०८२ - ०७:१२
मुस्ताङ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माणका काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थ...
पौष २९ गते, २०८२ - ०७:०८
काठमाडौं । विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन भएको छ। विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र ...
पौष २९ गते, २०८२ - ०७:०३
काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।...




प्रतिकृया लेख्नुहोस्: