काठमाडौं । बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरूद्धको मुद्दा दर्ता गरेको छ । राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सइदको कोटा सुधारको विरोधमा भएको हत्याको मुद्दालाई अदालतले स्वीकार गरेको हो ।
अदालतले उजुरी दर्ता (सीआर) मुद्दामा लगत्तै पहिलो सूचना रिपोर्ट (एफआईआर) रेकर्ड गर्न प्रहरीलाई आदेशसमेत दिएको छ । ढाकाको मुख्य मेट्रोपोलिटन मजिस्ट्रेट (सीएमएम) अदालतका मजिस्ट्रेट राजेश चौधरीले दिउँसो उक्त आदेश दिएको ढाका ट्रिब्युनले जानकारी दिएको छ । दण्ड संहिताको धारा ३०२ बमोजिम मुद्दाको संज्ञान लिएकाले अभियुक्तहरूविरूद्ध पक्राउ पुर्जी जारी गरिने व्यवस्था छ । हसिना स्वदेश फर्किएमा यही मुद्दाका कारण पक्राउ पर्न सक्ने छिन् ।
अन्य अभियुक्तहररूमा अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्वगृहमन्त्री असदुज्जमान खान कमल, पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) चौधरी अब्दुल्लाह अल मामुन, पूर्व डीबी प्रमुख हरूनोर रशिद, पूर्व डीएमपी आयुक्त हबिबुर रहमान र पूर्व डीएमपी संयुक्त आयुक्त विप्लव कुमार सरकार रहेका छन् ।
यसका साथै धेरै अज्ञात उच्च प्रहरी अधिकारी र सरकारी अधिकारीहरू पनि मुद्दामा अभियुक्त रहेका बुझिएको छ । यसअघि मोहम्मदपुर निवासी अमिर हम्जा शातिलले सीएमएम अदालतमा मुद्दा दायर गरेका थिए ।
हम्जा बोसिलामा कोटा सुधार आन्दोलनको समर्थनमा जुलुसका क्रममा प्रहरीको गोलीबाट मारिएका किराना पसलका मालिक अबु सइदका शुभचिन्तक हुन् । हम्जाले भने कि सैद घनिष्ठ मित्र नभए पनि बंगलादेशको नागरिकको रूपमा मुद्दा दायर गर्न स्वेच्छाले उजुरी दिएका हुन् । सैदको परिवार पञ्चगढको बोडा उपजिल्लामा बस्छ ।
कोटा सुधार आन्दोलनका क्रममा नागरिकको ज्यान गएको चर्को विरोधको सामना गर्दै अगस्ट ५ मा देश छाडेर भागेकी शेख हसिनाविरूद्धको यो पहिलो मुद्दा हो ।
सोमबार युवा तथा खेलकुद सल्लाहकार आसिफ महमुदले कोटा सुधार आन्दोलनका पीडितहरूलाई बंगलादेशभर आक्रमणकारीहरूविरूद्ध मुद्दा दायर गर्न आग्रह गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - ०९:२९
काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्ने भएका छन्। समूह चरणको अन्तिम खेलमा दक्षिण अफ...
आषाढ़ ११ गते, २०८३ - ०८:४९
काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...
आषाढ़ ११ गते, २०८३ - ०८:४५
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...
आषाढ़ ११ गते, २०८३ - ०८:४२
काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...
आषाढ़ ११ गते, २०८३ - ०८:३९
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३४
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३०
वीरगञ्ज । मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन का...
आषाढ़ ११ गते, २०८३ - ०८:२६
पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो ग...
आषाढ़ ११ गते, २०८३ - ०८:२५
लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्प...
आषाढ़ ११ गते, २०८३ - ०८:२१
झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...



प्रतिकृया लेख्नुहोस्: