काठमाडौं । उत्तर कोरियाले विदेशी पर्यटकका लागि सीमा खुला गर्ने भएको छ । उत्तर कोरियासँग सम्पर्कमा रहेका दुई चिनियाँ टूर कम्पनीले यसबारे जानकारी दिएको भन्दै अन्तरराष्ट्रिय सञ्चार माध्यम बीबीसी र सीएनएनले जनाएको छ ।
उत्तर कोरिया संसारबाट अलग्गिएको देश हो, जसलाई हरमिट किंगडम अर्थात् जोगीको देश भनिन्छ । सन् २०११ मा यदि कुनै पश्चिमी देशका नागरिकलाई उत्तर कोरिया जानु परे निजी टुर अपरेटर्सको मद्दत लिनैपर्ने थियो ।
करिब आधा दर्जन टुर अपरेटर्स चीनको बाटो हुँदै उत्तर कोरिया आउनेहरूका लागि गाइडेड टूर आयोजना गर्दथे । यो नियम सन् २०१७ मा थप कडा बनाइएको थियो ।
कोभिड–१९ पछि ५ वर्षयता ठप्प रहेको सीमा यो वर्षको अन्त्यदेखि अन्तर्राष्ट्रिय पर्यटकका लागि खुला गर्न लागिएको हो । उत्तर कोरियाली नेता किम जोङ द्वितीयको जन्मस्थल साम्जियोनका पहाडहरूमा समूहमा घुम्न जाने पयर्टकहरूलाई जाने अनुमति दिइने बताइएको छ । सन् २०२४ को डिसेम्बरदेखि देशको बाँकी हिस्सामा पनि विदेशी पयर्टकलाई अनुमति दिन सकिने कोर्यो टूर्सले जनाएको छ ।
अहिलेसम्म साम्जियोनको नाम मात्रै उल्लेख गरिएको भए पनि प्योङयाङ र अन्य ठाउँ पनि चाँडै खुला गरिने छ । साम्जियोन चीनको सीमा नजिकै पर्छ । यहाँबाट यो कोरियाली प्रायद्विपको सबैभन्दा अग्लो शिखर पाएक्तु हिमाल नजिकै छ । साम्जियोन उत्तर कोरियाको सबैभन्दा अग्लो हिमाल पेक्टुको फेदमा पर्छ । यो शहर हिउँदे आकर्षणका लागि चिनिएको छ ।
तर मित्र राष्ट्रका पर्यटकका लागि मात्रै खोलिएको हो वा सबै राष्ट्रका पर्यटकका लागि हो भन्ने खुलिसकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - ०९:२९
काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्ने भएका छन्। समूह चरणको अन्तिम खेलमा दक्षिण अफ...
आषाढ़ ११ गते, २०८३ - ०८:४९
काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...
आषाढ़ ११ गते, २०८३ - ०८:४५
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...
आषाढ़ ११ गते, २०८३ - ०८:४२
काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...
आषाढ़ ११ गते, २०८३ - ०८:३९
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३४
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३०
वीरगञ्ज । मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन का...
आषाढ़ ११ गते, २०८३ - ०८:२६
पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो ग...
आषाढ़ ११ गते, २०८३ - ०८:२५
लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्प...
आषाढ़ ११ गते, २०८३ - ०८:२१
झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...



प्रतिकृया लेख्नुहोस्: