काठमाडौं । साफ यु–२० फुटबल च्याम्पियनसिप आइतबारदेखि सुरु हुँदैछ । दशरथ रङ्गशाला बिग्रिएका कारण अन्तिममा सातदोवाटोस्थित एन्फा मुख्यालय सारिएको च्याम्पियनसिपमा नेपालसहित ६ देशको सहभागिता रहनेछ ।
च्याम्पियनसिप अघि शनिबार आयोजित पत्रकार सम्मेलनमा सहभागी सबै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो लक्ष्य उपाधि चुम्नु रहेको दाबी गरेका छन् । नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपालले राम्रो तयारी गरेकाले घरमै उपाधि राख्ने बताए ।
‘‘एन्फा मैदानमै हाम्रो ४५ दिन तयारी भयो । खेल समेत यही हुँदा हामीलाई धेरै फाइदा छ । टोलीमा ‘ए’ डिभिजन र नेपाल सुपर लिग खेलेका अनुभवी खेलाडी रहेकोले हामी सबैलाई दबाब दिन सक्छौँ,’’ प्रशिक्षक श्रेष्ठले भने ।
नेपालका कप्तान कुशल देउजाले च्याम्पियनसिपका लागि नेपाली टोली पूर्ण रुपमा तयार रहेको बताए । ‘‘तयारी राम्रो भएको छ र लक्ष्य उपाधि हो । टिमको मेन्टालिटी र युनिटी राम्रो छ । गत वर्ष अलि एक्सपोजर कमी थियो । यसपटक राम्रो एक्सपोजर पाएका छौँ । हामी राम्रो खेल्दै च्याम्पियनसिप जित्नेछौँ,’’ देउजाले भने । नेपालले आइतबार उद्घाटन खेलमा श्रीलङ्कासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ ।
च्याम्पियनसिपमा पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहने छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । भारत यस च्याम्पियनसिपको साविक विजेता हो । पत्रकार सम्मेलनमा भारतसहित सबै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने धारणा राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: