Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

माओवादी बलियो बनाउन गुट–उपगुट मिलाउनै चुनौती

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गुट र उपगुटका कारण पार्टी कमजोर भएको निष्कर्ष निकालेको छ । साउन ३१ गते सम्पन्न माओवादीको स्थायी समिति बैठकले व्यक्तिगत स्वार्थ र पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू हाबी हुँदा पार्टीमा विधान र विधि पद्धतिलाई अवलम्बन गर्न नसकिएको समेत निष्कर्ष निकालेको छ । 
 
पार्टी निर्माणका लागि निजी स्वार्थ केन्द्रित गुट, उप–गुटजन्य प्रवृत्तिहरूलाई दुरुत्साहित गर्दै माओवादीलाई नयाँ उचाइमा लैजानुपर्ने निर्णयसहित आइतबार मातहतका समितिलाई परिपत्र पठाएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार आइतबार जारी गरिएको परिपत्रमा भनिएको छ, ‘कार्यदिशा अनुरूप कार्यक्रम र कार्यनीतिहरूलाई कार्यान्वयन गर्नका लागि मुख्यतः पार्टी सङ्गठनमा निर्भर रहन्छ । परन्तुस् पार्टी सङ्गठनको क्षेत्रमा जुन गतिमा अगाडि बढ्नु पर्दथ्यो त्यस रूपमा अगाडि बढाउन सकेनौँ । पार्टीमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू बढ्न थाल्यो । त्यसले गर्दा निजी स्वार्थ समूहहरूको गुट– उपगुटहरू क्रियाशील हुने जस्ता नकारात्मक चिन्तन प्रवृत्ति तथा गतिविधिहरू देखिए ।’

विगतको समीक्षा गर्दै परिपत्रमा थप व्याख्या गरिएको छ’, ‘पार्टीको विधान र विधि पद्धतिलाई अवलम्बन गर्ने कुरा कमजोर बन्दै गयो र एक प्रकारको अराजक स्थिति पनि पैदा भयो । विगतकालमा त्यस प्रकारका चिन्तन प्रवृत्तिप्रति उदार सोचहरूले गर्दा त्यसलाई दुरुत्साहित गर्न सकेनौँ ।’

परिपत्रअनुसार माओवादीले पार्टीलाई एकताबद्ध गर्दै नयाँ उचाइमा पुर्‍याउन समान विचार मिल्ने अन्य वाम घटकहरूसँग पनि वामपन्थी ध्रुवीकरण तथा बृहत् कम्युनिस्ट पार्टी एकतामा जोड दिएको  छ । तत्काल पार्टी एकता हुन नसकेका अन्य वाम घटकहरूसँग समाजवादी मोर्चा निर्माण र विस्तार गर्दै लैजाने नीति लिइएको छ । 

साउन २५ देखि ३१  गतेसम्म ६ दिन बसेको बैठकमा बोल्ने सबै नेताहरूले पार्टी संगठनमा देखिएका निजी स्वार्थ केन्द्रित गुट–उपगुटहरू लगायत संगठनात्मक समस्याबारे खुलेर बहस गरेका थिए । पार्टीलाई बलियो बनाउन गुटबन्दीको अन्त्य गरी विधि र पद्धतिबाट पार्टी सञ्चालन हुनुपर्नेमा उनीहरूले नेतृत्वलाई सुझाव दिएका थिए ।

माओवादीभित्र दुई लाइन सङ्घर्ष कुनै नयाँ विषय होइन । तर दीर्घकालीन रूपमा समस्याको व्यवस्थापन र समाधानमा नेतृत्वले ध्यान नदिँदा पटक पटक पार्टी विभाजन भएको छ । अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी पठाएको परिपत्रमा नै विभिन्न स्वार्थ समूहको गुट–उपगुट सक्रिय रहेको स्विकारेकाले गुटबन्दीको प्रभाव झाँगिँदै गएको स्पष्ट हुन्छ । अब पनि गुटबन्दीको समाधान नखोजिए प्रचण्डले बलियो पार्टी बनाउने भनेअनुसार सफलता प्राप्त गर्न असम्भव जस्तै रहेको नेताहरू बताउँछन् ।

माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल गुटबन्दीका कारण पार्टी कमजोर भएको स्विकार्छन् । विगतमा बाबुराम भट्टराई गुटमा सक्रिय रहेका उनले भट्टराई पार्टीबाट अलग भएपछि आफू कुनै गुटमा नलाग्ने घोषणा गरेको बताए ।

‘पार्टीमा बसेर कसले गुटबन्दी गरेको छ, त्यो अध्यक्षलाई नै थाहा होला । मुख्य कुरा गुटबन्दी हुँदा कम्युनिस्ट पार्टी कुनै गतिलो भएको छैन’, उनले भने, ‘शान्ति प्रक्रियामा आएपछि हाम्रो वर्गसँग सम्बन्ध कमजोर भयो । दलाल पुँजीपतिसँग सम्बन्ध बलियो हुँदै गयो । पार्टीभित्रको अन्तरसंघर्षमा पनि अवसरवादी, स्वार्थ समूहको गुटबन्दी हाबी भयो । यसले पार्टीमात्र नभई माओवादी आन्दोलन नै कमजोर भयो ।’

नेताहरूको अवसरवादी सोच तथा माओवादी विरोधीहरूसँगको उठबसले पार्टी ठिक ठाउँमा नअडिएको उनको बुझाइ छ । अध्यक्ष प्रचण्डको निष्कर्ष पनि माओवादी विरोधी, दलाल नोकरशाही पुँजीपतिहरूसँग उठबसले पार्टी बन्न नसकेको रहेको गजुरेलले जानकारी दिए ।

तर गजुरेलको भनाइ विपरीत एक स्थायी समिति सदस्यले भने पार्टीभित्र गुट–उपगुट बनाउने र भत्काउने काम अध्यक्ष प्रचण्डबाट नै हुने गरेको आरोप लगाए । 

उनले विगतमा आफू अप्ठ्यारोमा पर्दा कहिले मोहन वैद्य, कहिले बाबुराम भट्टराई र कहिले नारायणकाजी श्रेष्ठ समूहलाई उचाल्ने काम गरेका ती सदस्यको बुझाइ थियो । पछिल्लो समय वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, उपमहासचिवद्वय वर्षमान पुन र शक्ति बस्नेतलाई उचालेर उपमहासचिव जनार्दन शर्मालाई ‘डाउन’ गर्ने प्रयासमा प्रचण्ड  देखिएको ती नेताले दाबी गरे ।

‘प्रचण्ड निकै चलाख छन् । नारायणकाजी, वर्षमान र शक्ति बस्नेतलाई उचालेर जनार्दनलाई डाउन गर्न लागिपरे । कहिले जनार्दनलाई महासचिव बनाउने आश्वासन दिने, कहिले वर्षमानलाई महासचिवको आश्वास दिएर नेताहरू उचाल्ने काम अध्यक्षबाट नै भइरहेको छ । अन्य नेताहरूले गुटबन्दी गरेको आरोप लगाउनेले पहिला आफू सच्चिनुपर्छ’, ती सदस्यले भने ।  उसो त पार्टीभित्र गुटबन्दी हाबी भएकाले माओवादी आन्दोलन कमजोर भएको विषय अध्यक्ष प्रचण्ड आफैले पटक पटक सार्वजनिक रूपमै भन्दै आएका छन् ।

२०७९ वैशाखको अन्तिम साता भएका स्थानीय तह निर्वाचनमा पार्टीले जित्ने ठानिएको ५० सिट गुमेपछि उनी निकै आक्रोशित भएका थिए । सोही वर्ष भदौ दोस्रो साता कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भएको पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम उनले स्वार्थ समूह कार्यकर्ता तहमा नभई नेताहरूमा भएको आरोप लगाएका थिए । पार्टीभित्र देखिएका गुटबन्दी र स्वार्थ समूहका कारण पार्टी नै विघटन गर्नुपर्ने अवस्थामा पुगेको उनले बताएका थिए ।

‘नेताहरूको बिचमा बोलचाल छैन । कार्यकर्ता विभाजित छन् । आफ्नो गुटमा नलागेको छ भने त्यसलाई हराउनुलाई बहादुरी ठान्छन् । यही गुटबन्दी, स्वार्थ समूह, व्यक्तिवादलाई रोक्नु चुनौती छ’, अन्तर्घात भएकोमा असन्तुष्टि जनाउँदै उनले भनेका थिए ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, एकीकृत समाजवादीसँग सहकार्य गरी १२२ सिट जितेको माओवादीले अन्तरघार्तका कारण ५० सिट गुमाएको छानबिन समितिले निष्कर्ष निकालेको थियो । नेताहरूले गुटबन्दी र स्वार्थ समूह बनाउन नछाड्ने भए पार्टी नै विघटन गरिदिने उनले पटक पटक चेतावनी दिएका छन् ।

पछिल्लो पटक बसेको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले सङ्गठनमा देखिएको समस्या, पार्टी निर्माण र नेतृत्वको सम्बन्धमा १४ बुँदे फरक प्रस्ताव पेस गरेपछि माओवादीभित्रको आन्तरिक विवाद फेरि सतहमै छताछुल्ल भएको छ ।

शर्माको फरक मतबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटस्थबाट पार्टी फुटाउन लागिएको हल्ला समेत चलाइएको थियो । तर शर्माले आफूले नेतृत्वलाई असहयोग गर्न नभई पार्टी थप बलियो बनाउन फरक प्रस्ताव ल्याएको जिकिर गरेका छन् । 

यस्तै प्रचण्डले पनि बैठकको निर्णयसहित शर्माको फरक प्रस्तावलाई समेत समेट्ने प्रतिबद्धता जनाइसकेका छन् । बैठक लगत्तै शनिवार राजधानीमा भएको एक कार्यक्रममा जनार्दनले प्रचण्डलाई हटाएर अध्यक्ष बन्ने आफ्नो कुनै चाहना नभएको बताएका थिए । दुई नेताबिच मन माझामाझ भएको ठानिएको उक्त कार्यक्रममा प्रचण्डले पनि जनार्दनको सम्बन्धबारे खुलेर बोलेका थिए । सो क्रममा उनले जनार्दनले पार्टी फुटाउँछन् भन्ने हल्ला असत्य साबित भइसकेको बताएका थिए । 

 माओवादीमा गुट–उपगुट

माओवादीमा अध्यक्ष प्रचण्ड पार्टीभित्र सर्वमान्य नेता मानिन्छन् । प्रचण्डको विकल्पमा अहिलेसम्म कोही देखिएका छैन । तर पार्टीभित्र गुटबन्दी गरेको आरोपबाट भने प्रचण्ड मुक्त छैनन् । यस्तै प्रचण्ड माओवादीको मूल नेतृत्व भए पनि नेताहरूलाई भिडाएर आफ्नो स्वार्थ पूरा गर्ने गरेको आरोपबाट पनि मुक्त हुन सकेका छैनन् ।

यसबाहेक माओवादीमा नारायणकाजी गुट, जर्नादन गुट, वर्षमान गुट, महरा गुट, पूर्व बादल समूह, मातृका गुट अस्तित्वमा रहेको बताइन्छ । यीबाहेक माओवादीभित्र शक्ति बस्नेत, पूर्वबाबुराम समूह, नेकपा संयुक्त लगायतका आ–आफ्नै स–साना उपगुटहरू पनि सक्रिय रहेको नेताहरू बताउँछन् । 

२०६३ को शान्ति सम्झौताबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको माओवादी गुटबन्दीकै कारण  १८ वर्षमा झन्डै आधा दर्जन टुक्रामा विभाजित भइसकेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व रक्तदाता दिवसमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम हुँदै

हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडामा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवान...

धान रोपाइँको मुखमा राहतः भारतबाट ५० हजार मेट्रिक टन मल आउँदै

काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मल अभावको चिन्ता बढिरहेका बेला भारतबाट ५० हजार मेट्रिक टन मल नेपाल आउने निश्चित भएको छ। सरकार–...

सुन पसल ठगी प्रकरणमा तानिए भूमि आयोगका पूर्वअध्यक्ष, प्रशासनले लियो बयान

विराटनगर । मोरङको कानेपोखरीस्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको बहुचर्चित ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेलसमेत अनुसन्धानक...

मनसुन प्रवेशको संघारमा देश, कपनमा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता सक्रिय बनेको मौसम प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। राजधानीको कपन क्षे...

एसईईमा जफत मोबाइल नष्ट प्रकरण : सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाबारे सर्वोच्च अदालतले सम्बन्धित सरकारी...

रानीसैन घटना : बजार र कर्णाली करिडोर बन्द

बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा ...

कर्णालीमा मनसुन पूर्वतयारी फोरम सम्पन्न, विपद् जोखिम व्यवस्थापनमा समन्वय जोड

सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...

कोशीमा देउवा–कोइराला समूह एउटै मञ्चमा, कांग्रेसभित्र सहकार्यको नयाँ संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...

बसाइँसराइको असर : म्याग्दीको विद्यालयमा शिक्षक र विद्यार्थी बराबर, कक्षा १ र २ शून्य

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...

सुक्खा मनसुनको संकेत, तर विपद्को जोखिम झनै उच्च हुने चेतावनी

काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending