Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

रुकुमपूर्वमा स्वास्थ्य बीमामा नागरिकको आकर्षण बढ्दै

खबरडबली संवाददाता

रुकुमपूर्व। जिल्लामा स्वास्थ्य बिमा प्रति नागरिक आकर्षण बढ्दै गएको छ । उपचारमा आफूले पैसा तिर्नुनपर्ने भएपछि पछिल्लो समय नागरिक स्वास्थ्य बिमा प्रति आकर्षित हुँदै गएका हुन् ।

स्वास्थ्य बिमा नहुँदा औषधी उपचारका लागि पैसा तिरिरहनुपर्छ । तर स्वास्थ्य बिमा गरेपछि बिमा गर्दा मात्र पैसा लाग्ने गर्दछ । त्यस पछि एक लाख रुपियाँ बराबरको औषधी, उपाचार गर्न पाउने भएपछि नागरिक स्वास्थ्य बिमा गर्नेको सङ्ख्या थपिँदै गएको हो ।

सुरुसुरुमा स्वास्थ्य बिमा बनाउन मन नगर्नेहरू पछिल्लो समय आफूले पनि बिमा गर्ने र अरूलाई पनि बिमा गराउन सुझाव दिइरहेका छन् । २०७४ देखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको थियो । त्यसदेखि यता १० हजार दुई सय ७९ जनाले स्वास्थ्य बिमा गराएका छन् । जसमा महिला पाँच हजार पाँच सय २७ जना छन् भने पुरुष चार हजार सात सय ५२ जना रहेका छन् ।

वर्षपिच्छे स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी सपना पुनले बताए। भूमे गाउँपालिकामा चार हजार पाँच सय २८ जना, सिस्ने गाउँपालिकामा तीन हजार ६८ जना र पुथाउत्तरगङ्गा गाउँपालिकामा दुई हजार ६ सय ८३ जनाले स्वास्थ्य बिमा गरेको दर्ता अधिकारी पुनले जानकारी दिनुभयो । यो सङ्ख्यालाई अझै बढाउने गरी स्थानीय तहसँगै र विभिन्न सरोकारवालाहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको पुनको भनाइ छ ।

बिमा गर्दा र अर्को वर्ष नवीकरण गर्दा पाँच जनाको परिवार सङ्ख्या भएको घरपरिवारले तीन हजार पाँच सय रुपियाँ तिर्नुपर्छ भने पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले प्रतिसदस्यले सात सय रुपियाँ थपेर बिमा गर्नुपर्ने प्रावधान छ । पाँच सदस्यीय घरपरिवार भएकाले वर्षभरी एक लाख रुपियाँ बराबरको औषधी, उपाचारको सुविधा पाउने गरेको पुनले बताए। यसैगरी, पाँच जनाभन्दा बढि सदस्य भएका घरपरिवारले प्रति सदस्य बराबरको २० हजार रुपियाँ थप सुविधा पाउने गरेको पुनले जानकारी दिए। साथै ‘क’ वर्गको अपाङ्ग, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, कुष्ठरोगी, क्षयरोग, एचआइभी सङ्क्रमित बिरामी लगायतले भने निःशुल्क स्वास्थ्य बिमा गर्ने प्रावधान रहेको समेत पुनले बताए।

त्यस्तै, महिला स्वास्थ्य स्वयमसेविका र निजका परिवारलाई बिमा शुल्कको आधा छुट व्यवस्था छ । सस्तोमै औषधी, उपाचार र सरकारले तोकेको लक्षित वर्गलाई निःशुल्क बिमा गरिदिने व्यवस्था थाहा पाउन थालेपछि स्वास्थ्य बिमा गर्नहरू बढि रहेको दर्ता अधिकृत पुनले बताए।

साथै जिल्ला स्थित स्थानीय सरकारले पनि स्वास्थ्य बिमा कार्यक्रमलाई सहयोग गर्दै आएका छन् । भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाले सहिद परिवार, घाइते, अपाङ्ग, दीर्घरोगी, विपन्न परिवारलाई स्वास्थ्य बिमा गर्दिराखेको छ । जिल्लामा रुकुमपूर्व अस्पताल रुकुमपूर्वबाट बिमा गरेकाले सेवा लिइरहेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

परीक्षा फारम विवादले मावि कुपहीमा तालाबन्दी

राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशास...

सुर्खेतमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि बेपत्ता

सुर्खेत । सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार, सुर्खेत बराहताल गाउँपालिका...

एन्फाको एकतर्फी निर्णयविरुद्ध ए डिभिजन क्लबहरूको विरोध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी निर्णय गरेको विरोधमा क्लबहरू आन्दोलित बनेका छन्। सोमबार प...

पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी

कास्की। नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । आगामी चैत ५ गतेदेखि ७ गतेसम्म प...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: