काठमाडौं । लामखुट्टेको टोकाइबाट फैलिने डेंगीको संक्रमणमा सरकारी निकाय चुक्दा पछिल्लो साढे सात महिनामा २ जनाको मृत्यु भएको छ। थप ३ हजार ७ सयभन्दा बढीमा यो रोगको संक्रमण फैलिएको छ। वर्षातको मौसम अझै पनि जारी रहेकाले संक्रमण अझै फैलिने भन्दै स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।
डेंगीको संक्रमण फैलिन नदिनका लागि तीनै तहका सरकारले कार्य योजनामार्फत् बजेट खर्चिए पनि रोग नियन्त्रणमा उपलब्धी देखिएको छैन । चालू अगस्त महिनाको पहिलो १८ दिनभित्रै १ हजार २४३ जना बिरामी थपिएका छन् ।
विभागका अनुसार जनवरी देखि अगस्त १८ सम्मको अवधिमा उपचारका क्रममा दुईजना बिरामीको ज्यान गएको र अन्य ३ हजार ७ सय ५५ जना संक्रमित भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ।
तुलनात्मकरूपमा चीसो मौसम हुने गण्डकी प्रदेशमा यसपटक सर्वाधिक संख्यामा डेंगीका संक्रमित पहिचान गरिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गण्डकी प्रदेशमा सर्वाधिक १ हजार ४४८ जनामा यो संक्रमणको पुष्टी भएको छ।
दोश्रो ठूलो संक्रमित संख्या बागमतीमा ९ सय २८, तेश्रो ठूलो संख्या कोशीमा ६ सय ३९ र चौथो ठूलो संख्या लुम्बिनीमा ३ सय २८ जना संक्रमित छन् । सुदूरपश्चिममा संक्रमितको संख्या ३ सय ९५, मधेश प्रदेशमा ६५ र कर्णाली प्रदेशमा ५२ जना संक्रमित फेला परेका महाशाखाले दिएको तथ्यांकमा उल्लेख छ । गतवर्ष ५० हजार जनामा डेंगी संक्रमण पुष्टी भएकोमा उपचारका क्रममा २० जनाको मृत्यु भएको थियो ।
डेंगीको संक्रमितमा कडा खाले ज्वरो, टाउको दुख्ने, बान्ता आउने, शरीर एकदमै दुख्ने, छाला रातो हुने, रगतमा प्लेटलेट्सको मात्रा ह्वात्तै घट्ने लक्षणहरू देखापर्छन् ।
विशेषगरी दिउँसो उज्यालोमा कालो र सेतो छिरबिरे लामखुट्टेको टोकाइबाट डेंगी रोगको संक्रमण लामखुट्टेबाट मानिसमा सर्छ। रोगबाट संक्रमित हुन नदिन उज्यालो समयमा लामखुट्टेको टोकाईबाट जोगिनुपर्छ। लामखुट्टेले जमेको सफा पानीमा अण्डा९लार्भा०लाई जन्म दिने भएकाले घरवरपर वर्षातको पानी स साना खाल्डोमा जम्न नदिन वा भाँडाकुँडाहरूमा बिक्रो खुल्ला राखेर पानी जम्न नदिन स्वास्थ्यकर्मीले सुझाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: