Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

खबरडबली संवाददाता

काठमाडौँ। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले दक्षिण एसियामा देखापरिरहेको जलवायु परिवर्तनको असरलगायतका विविध साझा समस्याहरुको संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गरेको छिन् ।

बिहीबार नयाँदिल्लीमा उहाँसँग शिष्टाचार भेटका लागि पुग्नुभएका दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक के।के।अग्रवालसँग उनले सो आग्रह गर्नुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा। राणाले भनिन्यो “जलवायु परिवर्तन त अहिलेको यस क्षेत्रकै ज्वलन्त समस्या भयो । त्यस्तै, अरु पनि हाम्रो दक्षिण एसियाली क्षेत्रका कैयौँ साझा समस्या छन् । ती समस्याको समाधानका लागि यो विश्वविद्यालयका अनुसन्धाता एवम् प्राज्ञहरुले संयुक्त रुपमा अनुसन्धान उपायहरु सुझाउन सकेमा राम्रो हुन्छ भन्ने मलाई लाग्दछ ।”

त्यस अवसरमा सो विश्वविद्यालयका अध्यक्ष प्राध्यापक अग्रवालले विश्वविद्यालयका क्रियाकलापहरुका बारेमा जानकारी गराउँदै यसअन्तर्गत नेपाल क्याम्पस स्थापना गर्न प्रस्ताव गरिन्। सो विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ । सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वाविद्यालयको पदेन चान्सलर रहने व्यवस्था पनि छ । 

गत आइतबार नयाँ दिल्ली पुगेकि मन्त्री डा। राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस।जयशङ्करसँग द्विपक्षीय वार्ता गरेको थिइन् ।

भारतीय विदेशमन्त्री एस।जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएका मन्त्री डा। राणा आज अपराह्न स्वदेश फर्कंदै छिन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईंको रिट खारेज गर्ने सर्वोच्चको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट खारेज गर्ने फैसला सुनाएको छ।  न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको ...

शहरी विकास मन्त्रालयका सचिव गेलाल सेवानिवृत्त

काठमाडौं । शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवा निवृत्त भएको छन् । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार मन्त्रालयम...

निर्वाचन आयोगले काठमाडौं–१६ र कीर्तिपुरमा खटायो अनुगमन टोली

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका १६ र कीर्तिपुर नगरपालिकामा आचारसंहिता अनुगमन टोली खटाएको छ । उपनिर्वाच...

सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ । आज नेप्से परिसूचक एक द...

दमक नगरपालिकाभित्रका सबै महिलालाई नि:शुल्क ‘सेनिटरी प्याड’

दमक। झापाको दमक नगरपालिकाले नगरभित्रका सबै महिलालाई बर्षभरी नै नि:शुल्क रुपमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने भएको छ । दमकमा लैङ्गिक हिंसाविरुद्धको १६ द...

जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्ने बताएको छन् । छैटौँ एसियाली जनस...

बाढीपहिरोको दुई महिना: सुरक्षित वासस्थानको माग गर्दै पीडित

काभ्रेपलाञ्चोक। बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनर्निर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै जिल्लाका पीडितले सुरक्षित वासस्थानको माग गरेका छन...

फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी

पेरिस। फ्रान्समा आफ्नी श्रीमतीलाई लागुऔषध खुवाएर १० वर्षसम्म अज्ञात व्यक्तिबाट बलात्कार गर्ने अभियुक्तलाई २० वर्ष कैद सजायको माग गरिएको छ । ती आरोप...

यसरी गर्दैछन वाइडेनले ट्रम्पलाई सत्ता हस्तान्तरण

काठमाडौं। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर अब उनले यो पद सम्हाल्न कम्तिमा जनवरी २० सम्म कुर्नु पर्नेछ । वास्तवमा, अमेरिकी...

विश्वमा सबैभन्दा बढी भात खाने देश बन्यो अफ्रिका

काठमाडौ। नेपाललगायत दक्षिण एसियका सबै देशमा भात खाइन्छ।  यो फरक कुरा हो कि केहि देशहरुमा यसको खपत धेरै छ। नेपालमा जस्तै विश्वका धेरै देशमा चामलको ठ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy