Ntc summer Offer
Khabar Dabali १४ पुष २०८१ आईतवार | 29th December, 2024 Sun
Investment bank

मकवानपुरमा दुई शव फेला

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज दुई शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हेटौँडा उपमहानगरपालिका–१ र वडा नम्बर १० मा एकरएक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

बिहान जिल्लाको हेटौँडा–१, स्थित पाथिभरा मन्दिर नजिकै स्थानीय ७० वर्षीया ठूलीमाया विक मृत अवस्थामा फेला परेका थिए । विक आफू सुत्ने कोठामा दुवै कानबाट रगत बगेको अवस्थामा मृत भेटिएकी हुन् । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि उनकै नातिलाई नियन्त्रणमा लिएर घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

हेटौँडा–१०, बसपार्कस्थित रत्ना होटलमा हेटौँडा–११ बस्ने अन्दाजी २३ वर्षीया एलिसा न्यौपाने मृत अवस्थामा भेटिएकी छन् । आइतबार साँझ ५ बजे समयमा उक्त होटलको २०५ नम्बरको कोठामा बस्न आएकी उनी आज बिहान मृत भेटिएकी हुन् ।

न्यौपानेसँगै अन्दाजी ३० वर्षीय एक पुरुष पनि आएर उक्त होटलमा बसेका थिए । तर, ती पुरुष भने राति ९ बजे नै कोठाबाट निस्किएर गएको र ती युवती आज बिहान अबेरसम्म पनि ननिस्किएपछि होटल सञ्चालक नवीन रानामगरले प्रहरीलाई जानकारी गराएका थिए ।

प्राप्त जानकारी लगत्तै पुगेको प्रहरी टोलीले खाटमाथि सिरकले मुख छोपिएको अवस्थामा न्यौपानेको शव फेला परेको बताइएको छ । घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता भण्डारीले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अखिल क्रान्तिकारीमा फेरी बिबाद, रोकियो मतगणना

काठमाडौं । विबाद भए पछि अखिल क्रान्तिकारीको मतगणना स्थगित भएको छ।  नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मतगणनामा विबाद भए प...

दक्षिण कोरिया विमान दुर्घटनाः मृतकको सङ्ख्या ८५ पुग्यो

काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा ८५ यात्रुको मृत्यु भएको छ । चालक दलका ६ जना सदस्य र १७५ यात्रु बोकेको जेजु एअरको बोइङ–७३७ विमान आज ...

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर १...

अपडेटः कोरियामा बिमान दुर्घटना, ज्यान गुमाउनेको संख्या ६२ पुग्यो

काठमााडाैं । दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको छ ।  दक्षिण कोरियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृ...

डाक्टर ओम मूर्तिद्वारा सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमै खर्च

काठमाडौं । मुटुरोग विशेषज्ञ, लेखक तथा स्वास्थ्य अभियन्ता डा.ओम मूर्ति अनिलले सामाजिक सञ्जालबाट भएको आम्दानी सामाजिक कार्यमै खर्च गरेका छन्। उनले सामाज...

दक्षिण कोरियामा १४ दिनमा ३ राष्ट्रपति

काठमाडौं । दक्षिण कोरियाको संसदमा शुक्रबार प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डक–सूविरुद्ध विपक्षी दलले संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव ...

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । पारिवारिक एवं अस्पताल स्रोतका अनुसार, हृदयघातका कारण शुक्रबार राति उनको निधन भ...

गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु ,सहचालक घाइते

गुल्मी । गुल्मीमा गए राती टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सत्यवती गाउँपालिका–२ पाहादी स्थित कालिगण्डकी करिडोरमा लु १ क ५४०० नम्बरको टिपर  द...

प्रहरी जवानले आफ्नै टाउकोमा किन चलाए गोली ?

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्त...

हुम्लामा तेस्रो पटक हिमपात, हवाई सेवा अवरुद्ध

हुम्ला । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy