Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

ममता भट्टका श्रीमानको गूगल सर्च– श्रीमती मरेको कति समयपछि अर्को विहे गर्न मिल्छ ?

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता भट्टको ‘हत्या’ गरेको आशंकामा उनकै श्रीमान नरेश भट्ट प्रहरी हिरासतमा छन् । भट्टले श्रीमतीको हत्या गरी शव लुकाएको प्रहरीले बताएको छ ।

काभ्रे घर भएकी ममता गत ३० जुलाइबाट अमेरिकामा सम्पर्कविहिन भएकी थिइन् । उनका श्रीमानले भने ५ अगष्टमा मात्रै प्रहरीमा औपचारिकरुपले रिपोर्ट गरेका थिए । नेपाली समुदायले सुरुबाटै उनीमाथि शंका गरेका थियो । अन्ततः घरमा प्रहरीले खानतलासीपछि भट्टलाई पक्राउ गरेको हो ।

भट्टले अपराध स्वीकार गरेका छैनन् । हिजो उनलाई मनसास स्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो । उनले आफूलाई अंग्रेजी राम्रो बोल्न नआउने भन्दै दोभासेमार्फत बयान दिए । सुनवाइपछि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । हिरासतमुक्त गर्दा भाग्न सक्ने र समाजका लागि खतरा हुनसक्ने भन्दै न्यायधीशले धरौटी दिन अस्वीकार गरेका हुन् । अर्को सुनवाइ २४ अक्टोबरलाई तोकिएको छ ।

प्रहरीले घटनास्थलमा हत्याका प्रमाणहरु नष्ट गर्न खोजिएका थुप्रै प्रमाण भेट्टाएको थियो । कार्पेटमा रगतको दाग देखिएको, वाथटवमा रगत बगेको, भट्टले वालमार्टबाट फरक साइजका तीनवटा चक्कु किनेर ल्याएको लगायतका प्रमाणहरु प्रहरीले अदालतमा बुझाइसकेको छ । त्यसबाहेक भट्टले योजनावद्धरुपमा श्रीमतीको हत्या गरेको एउटा बलियो प्रमाण प्रहरीले पेश गरेको छ । त्यो हो, भट्टको गुगल सर्च हिस्ट्री । उनले अप्रिल २१ मा आफ्नो काम गर्ने कम्प्युटरबाट  ‘how soon can a person get married after his wife dies’ श्रीमती मरेको कति दिनमा एउटा पुरुषले अर्को विहे गर्न सक्छ ? भनेर गुगल सर्च गरेका थिए । यसलाई पनि प्रमाणका रुपमा अदालतमा देखाइएको थियो ।

नरेशका वकिलहरुले उनीविरुद्ध ठोस प्रमाण नभएको र कुनै अपराधिक पृष्ठभूमि नरहेकाले धरौटीमा छोडन अपिल गरेका थिए । नरेश स्वयम्ले भने केही पनि बोलेनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तरकारी गाडीमा १५३ केजी गाँजा बरामद, चालक १२ किमि पछि पक्राउ

ललितपुर । तरकारी बोक्ने गाडीलाई आवरण बनाएर ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले १५३ केजी गाँजा बरामद गरेको छ। धादिङबाट खाली तरकारी क...

​ सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड बढीको क्षति

खोटाङ । साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा रु तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।  गाउँपालिकाको स...

रुकुम पूर्वबाट प्रचण्डको राष्ट्रिय प्रभावको दाबीः म जहाँ उठे पनि जित्छु’

काठमाडौं ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू देशका जुनसुकै निर्वाचन क्षेत्रबाट उम्मेदवार बने पनि विजयी हुने दाबी गरेका छन्। रुकुम पूर्वमा आयोजित चुनावी ...

काठमाडौं–३ मा घरदैलोको दौडधुप : रोजगारी र सुशासन एजेन्डामा भिड्दै उम्मेदवार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ चुनावी चहलपहलले तातेको छ। दलका उम्मेदवार घोषणापत्र बोकेर घरदैलो अभिय...

जाडो छल्न बेंसी झरेका मुस्ताङी मतदानका लागि गाउँ फर्किंदै

मुस्ताङ। मुस्ताङमा चुनावी माहोल विस्तारै तात्तिन थालेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदा चुनावी चहलपहल सुरु भएको हो। निर्वाचनमा होमिएका उम्म...

देश इतिहासकै सबैभन्दा दर्दनाक अवस्थामाः पूर्वराजा ज्ञानेन्द्र

  काठमाडौं । प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक सन्देश जारी गर्दै ज्ञानेन्द्र शाह ले देशको अस्मिता र अस्तित्व नै संकटमा परेको टिप्पणी गरेका छन्। ...

नेतृत्वमै समस्या देखेपछि पार्टी छाडें : ममता शर्मा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी ममता शर्माले पार्टीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै गलत नेतृत्वका कारण नीति र न...

खुलामञ्च अब वडा २७ को जिम्मामा : व्यवस्थापनमा कडाइ, दुरुपयोगमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक खुलामञ्च को संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। महानगरको राजस्व समितिको बैठकले अब...

‘नयाँ’को नारा, पुरानै अनुहार : कर्णालीमा पूर्वसहकर्मीसँगै भिड्दै रास्वपाका उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जान्नेलाई छान्ने’ नारासहित कर्णालीका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। पुर...

के छ नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा ? (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेस ले जनकपुर बाट आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै १० प्रमुख भिजन अघि सारेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE