Ntc summer Offer
Khabar Dabali १० पुष २०८१ बुधबार | 25th December, 2024 Wed
Investment bank

सडक दुर्घटना रोक्न एक महिना सडक बन्द गरी अध्ययन गर्न वामदेवको सुझाव

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सडक दुर्घटना रोक्न एक महिना सडकसञ्जाल बन्द गरी अध्ययन गर्नुपर्ने बताएका छन् ।​ बिहीवारको राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले यस्तो प्रस्ताव अघि सारेका हुन् ।

उनले सो समयमा हवाई यातायात प्रयोग गर्नुपर्ने र सबैभन्दा सस्तोमा हवाइ सेवा दिने कुरा सरकारले निर्धारण गर्नुपर्ने बताए । उनले जथाभावी निर्माणका काम गर्नाले आज प्रतिदिन नेपाली नागरिक र नेपाल भ्रमणमा आउने विदेशीको मृत्यु भइरहेको बताए।

उनले सडक दुर्घटनाको कारण पत्ता लगाउन सबै कोणबाट विश्लेषण हुनुपर्ने बताए। उनले अहिले उत्पन्न भएका समस्या ८० प्रतिशत भौगर्भिक र २० प्रतिशत मानवीय रहेको बताए। उनले प्राकृतिक संरचनाको यथार्थ जानकारी पाउन चीन र इजरायलबाट वैज्ञानिकलाई नेपालमा बोलाउन आग्रह गरे।

गौतमले भने‚ ‘नेपालका नदीछेउमा रहेका सडक करिडोर ज्यानमारा संरचना बनेका छन्। बिनाकारण कुनै घटना हुँदैनन्। घटनाको विश्लेषण गर्न सक्नुपर्छ । अहिले उत्पन्न समस्या मेरो विचारमा ८० प्रतिशत भौगर्भिक र २० प्रतिशत मानवीय छन्। एक महिनासम्म नेपालका सबै सडक बन्द गर्नुपर्छ। एक महिनामा सबै सडकको सम्पूर्ण अध्ययन गरिसकेपछि तत्काल निर्माण गरी चलाउनुपर्छ।’

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनले पाकिस्तानलाई अत्याधुनिक ४० हवाई फाइटर बेच्ने

चीन पछि विश्वकै शक्ति राष्ट्र बन्दै

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  तोलामा १ सय रुपैयाँले घटेर १ ल...

१७ वर्षदेखि बेरा बिछ्याएर पढ्दै विद्यार्थी र सात वर्षदेखि तलब विहीन शिक्षक

काठमाडौं ।  फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । विद्यालयमा क...

पत्रकार सम्मेलनमै गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु

काठमाडौं । क्यारेबियन देश हाइटीमा पत्रकार सम्मेलनमै गोली चलेको छ । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आ...

पत्रकार सम्मेलनमै गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु

काठमाडौं । क्यारेबियन देश हाइटीमा पत्रकार सम्मेलनमै गोली चलेको छ । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आ...

पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक यसु ख्रिष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा २०२५ वर्षअघि डिसेम्...

१७ सय बर्ष पछि पत्ता लाग्यो सान्टा क्लजको असली अनुहार

काठमाडौं  । तपाईले २५ डिसेम्बर अर्थात क्रिसमसको बेलामा रातो लुगा, रातो टोपी र सेतो दारही पालेको मान्छेले उपहार बाँडिरहनु भएको पक्कै देख्नु भएको होला, ...

१७ सय बर्ष पछि पत्ता लाग्यो सान्टा क्लजको असली अनुहार

काठमाडौं  । तपाईले २५ डिसेम्बर अर्थात क्रिसमसको बेलामा रातो लुगा, रातो टोपी र सेतो दारही पालेको मान्छेले उपहार बाँडिरहनु भएको पक्कै देख्नु भएको होला, ...

फिल्म ‘जुना’ को फस्टलुक सार्वजनिक

काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुना’ को फस्टलुक सार्वजनिक भएको छ । आगामी माघ २...

निःशुल्क रगत उपलब्ध गराउन रक्तदाता समाजको माग

काठमाडौं ।  नेपाल स्वयंसेवी रक्तदाता समाजले निःशुल्क रगत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।  उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसमक्ष मंगलब...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy