काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर बोकेको बोइङको अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको छ । तर, यो यानमा गएका बुच विल्मोर र सुनिता विलियम्स अझै अन्तरिक्षमै छन् र अर्को वर्षसम्म पृथ्वीमा फर्कनेछन् । दुवै अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा छन् ।
परिक्रमा प्रयोगशालाबाट अनडक गरेपछि खाली अन्तरिक्ष यान स्वायत्त मोडमा चलिरहेको थियो । अन्तरिक्षयानको क्याप्सुलमा प्राविधिक गडबडी भएपछि अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीमा ल्याउन खतरनाक मानिएको थियो । अब दुवै अन्तरिक्ष यात्रीलाई स्पेसएक्सको स्पेसक्राफ्ट क्रु ड्र्यागनमार्फत् अर्को वर्ष फेब्रुअरीसम्म पृथ्वीमा ल्याइनेछ ।
स्टारलाइनरले पृथ्वीमा फर्किन ६ घण्टाको यात्रा गर्नुपरेको थियो । पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि यस अन्तरिक्ष यानको गति कम गर्न पनि प्यारासुटको प्रयोग गरिएको थियो ।
प्रतिकृया लेख्नुहोस्: