Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन

खबरडबली संवाददाता

बागलुङ । पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार तीन सय १३ घरमा aविद्युत् आपूर्ति बन्द भएको छ। निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो।

आयोजनाबाट उत्पादन बन्द भएसँगै सो बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायत ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिए। निरन्तर वर्षासँगै खसेको पहिरोले आयोजनाको नहरमा ठूलो क्षति गरेको उनले बताए।

पहिरोले बगाएको नहर निर्माणका लागि कम्तीमा २० दिन लाग्ने र सञ्चालनमा आउन एक महिना लाग्ने प्रबन्धक पौडेलले बताए। वर्षा निरन्तर भएको हुँदा काम सुरु गर्न नसकिएको उनी बताउँछन्। विद्युत् आयोजनाको मुहान नजिकै पहिरो खसेको हुँदा काम गर्न कठिन हुने उनले जानकारी दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य समस्याका कारण प्रचण्ड सर्वदलीय बैठकमा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...

साइकलसँगै सडक किनारमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

रौतहट । रौतहटको गढीमाई नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान सडक छेउमा शव देखिएको सूचनापछि प्रहरी घटनास्थल पुगेको हो। जिल्...

पूर्वगृहमन्त्री गुरुङलाई क्लिनचिट, सम्पत्ति विवादमा समितिको प्रतिवेदन सार्वजनिक

​काठमाडौं । सम्पत्ति विवरण सार्वजनिक भएपछि विवादमा परेर गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङलाई सरकारद्वारा गठित छानबिन समितिले सफाइ दिएको छ। प...

रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन् ...

आजको कृषिउपजको थोक मूल्य सार्वजनिक, गाजर र च्याउ महँगो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार...

पाँचथरमा गुरुङ, तनहुँमा बाँस्तोला र बाँकेमा श्रेष्ठ निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लाहरूमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। पाँचथर, तनहुँ र बाँके जिल्ल...

अवैध लागुऔषधसहित ११ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ...

ईश्वरी हत्याको अभियोगमा थप ३ जना पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतिया...

प्रतिनिधि विवादले रास्वपा उदयपुर अधिवेशन प्रभावित, निर्वाचन प्रक्रिया स्थगित

उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण स्थगित भएको छ। प्रतिनिधिको वैधतामाथि प्रश्न ...

संसदीय गतिरोधबीच रास्वपाको पहल, रविले बोलाए सर्वदलीय बैठक

​काठमाडौं । संसद्मा जारी अवरोध र बढ्दो राजनीतिक ध्रुवीकरणबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवादमार्फत निकास खोज्ने प्रयास थालेको छ। सोही उद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending