नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाका एक जना बालिकामा जापानी इन्सेफलाइटिस पुष्टि भएको छ । ज्वरो, टाउको दुख्ने र पेट दुख्ने लगायतको समस्याबाट पालिकामा धेरै जना बिरामी रहेको बेला नरैनापुर गाउँपालिका–१ मतहनिया गाउँकी ९ वर्षीया बालिकामा जापानीस इन्सेफलाइटिस पुष्टि भएपछि सो क्षेत्रमा जापानी इन्सेफलाइटिस पनि फैलिएको हुन सक्ने आशंका बढेको हो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गद बहादुर शाहीले भेरी अस्पतालमा भर्ना रहेकी नरैनापुर गाउँपालिका–१ मतहनिया गाउँकी ९ वर्षीया बालिकाको ल्याब परीक्षण गर्दा जापानी इन्सेफलाइटिस पुष्टि भएको बताए । उनले एकजना बालिकामा सो पुष्टि भएपछि नरैनापुरका अन्य बिरामीमा जापानी इन्सेफलाइटिस भएनभएको परीक्षण र अनुसन्धान गर्नु पर्ने अवस्था आएको बताए । अनुसन्धानको व्यवस्था मिलाउन थालिएको पनि स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
भेरी अस्पतालको पेडियाट्रिक वार्डमा उपचारत ती बालिकाको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका बालरोग विशेषज्ञ डा।प्रतिमा खड्काले बताए । उनले दस दिन बढीको उपचारपछि अहिले बालिकाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाए । ती बालिकालाई करिव एक हप्ता आइसीयूमा राखेर उपचार गरिएको थियो ।
ती बालिकालाई जापानीस इन्सेफलाइटिस विरुद्धको खोप लगाईएको÷नलगाईएको बारे केही पनि थाहा हुन नसकेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीको भनाइ छ । उनले जापानीस इन्सेफलाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइनु सक्नु पर्ने बताए ।
तर स्वास्थ्य क्षेत्रको पहुँच निकै कम रहेको र सचेतनाको पनि अभाव रहेको जिल्लाकै विकट मानिने नरैनापुरका अधिकांशले खोप लगाए÷नलगाएको बारे स्वयम स्वास्थ्यकर्मीहरु समेत जानकार छैनन् ।
चिकित्सकहरुका अनुसार सुँगुर र चराहरुमा जापानीज इन्सेफलाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण गराउँछ । यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने गर्छ ।
जापानीज इन्सेफलाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जीउ काम्ने र वान्ता लागेको जस्तो लक्षण देखापर्ने भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी वरिष्ठ फिजिसियन डा। संकेत कुमार रिसालले बताउ । जापानीज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाएर मात्र यो रोगको जोखिम कम गर्न सकिने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: