नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाका एक जना बालिकामा जापानी इन्सेफलाइटिस पुष्टि भएको छ । ज्वरो, टाउको दुख्ने र पेट दुख्ने लगायतको समस्याबाट पालिकामा धेरै जना बिरामी रहेको बेला नरैनापुर गाउँपालिका–१ मतहनिया गाउँकी ९ वर्षीया बालिकामा जापानीस इन्सेफलाइटिस पुष्टि भएपछि सो क्षेत्रमा जापानी इन्सेफलाइटिस पनि फैलिएको हुन सक्ने आशंका बढेको हो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गद बहादुर शाहीले भेरी अस्पतालमा भर्ना रहेकी नरैनापुर गाउँपालिका–१ मतहनिया गाउँकी ९ वर्षीया बालिकाको ल्याब परीक्षण गर्दा जापानी इन्सेफलाइटिस पुष्टि भएको बताए । उनले एकजना बालिकामा सो पुष्टि भएपछि नरैनापुरका अन्य बिरामीमा जापानी इन्सेफलाइटिस भएनभएको परीक्षण र अनुसन्धान गर्नु पर्ने अवस्था आएको बताए । अनुसन्धानको व्यवस्था मिलाउन थालिएको पनि स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
भेरी अस्पतालको पेडियाट्रिक वार्डमा उपचारत ती बालिकाको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका बालरोग विशेषज्ञ डा।प्रतिमा खड्काले बताए । उनले दस दिन बढीको उपचारपछि अहिले बालिकाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाए । ती बालिकालाई करिव एक हप्ता आइसीयूमा राखेर उपचार गरिएको थियो ।
ती बालिकालाई जापानीस इन्सेफलाइटिस विरुद्धको खोप लगाईएको÷नलगाईएको बारे केही पनि थाहा हुन नसकेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीको भनाइ छ । उनले जापानीस इन्सेफलाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइनु सक्नु पर्ने बताए ।
तर स्वास्थ्य क्षेत्रको पहुँच निकै कम रहेको र सचेतनाको पनि अभाव रहेको जिल्लाकै विकट मानिने नरैनापुरका अधिकांशले खोप लगाए÷नलगाएको बारे स्वयम स्वास्थ्यकर्मीहरु समेत जानकार छैनन् ।
चिकित्सकहरुका अनुसार सुँगुर र चराहरुमा जापानीज इन्सेफलाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण गराउँछ । यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने गर्छ ।
जापानीज इन्सेफलाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जीउ काम्ने र वान्ता लागेको जस्तो लक्षण देखापर्ने भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी वरिष्ठ फिजिसियन डा। संकेत कुमार रिसालले बताउ । जापानीज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाएर मात्र यो रोगको जोखिम कम गर्न सकिने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: