Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

आईटी आर्मीको काठमाडौं उपत्यका विशेष कमिटी पुनर्गठन

खबरडबली संवाददाता

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको काठमाडौं उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । काठमाडौंमा भएको भेलाबाट टैसन लामाको अध्यक्षतामा १६९ सदस्यीय कमिटी गठन भएको हो ।

आईटी आर्मीको काठमाडौं उपत्यका कमिटीको इन्चार्जमा आर्या पाण्डे, अध्यक्षमा टैसन लामा, उपाध्यक्षमा भवेश यादव, जिवन पुलामी मगर, आदित्य यादव, आयुष लामा, सागर लामा, शुक्रराज तामाङ, सोम लामा सचिवमा अखिल यादव, सहसचिवमा सरोज पटेल, हिराबहादुर लामा, युवराज तामाङ, युवराज लामा, विशाल साह र कोषाध्यक्षमा रोजी कार्की रहेका छन् ।

सदस्यहरुमा सुदिप लामा, हरिश नेपाली, राजु मगर, राजेश भट्ट, राधेश्याम यादव, भोला यादव, अनिल मगर, अशोक कुमार, प्रभु पासवान, ललन साह, राजेश पासवान, मनिल थापा, शिव सोनारत साह, अनिल यादव, रञ्जन यादव, बिजय यादव, रुपेश यादव, आशिष यादव, दिपक साह, रोशन यादव, अनिल महतो, मनिष यादव, अजय यादव, अमय यादव, आयुष कुमार, सूर्य बिक्रम साह, सन्दिप पाठक, बिकेश बुढाथोकी, मुकेश शर्मा रहेका छन् ।

यसैगरी, सदस्यहरुमा रिजन थापा, बिजय थापा, अर्नुन थापा, आयुष थापा, उपेन्द्र जैसवाल, रामस्नेही पटेल, अवासय पटेल, सुशिल लामा, सुरेश पटेल, श्रीकान्त पटेल, लक्ष्मण पटेल, निरुता आचार्य, रोश अधिकारी, सुजित यादव, विशांक पाण्डे, सुशिल बिक, रियान्सु धटाल, मन्जु दास, करुणा तामाङ, प्रमिश कार्की लगायतका रहेका छन् ।

आईटी आर्मीले पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटीको निर्णय काठमाडौं उपत्यकामा कार्यान्वयन गर्ने योजना सहित अगाडी बढेको इन्चार्ज आर्या पाण्डेले जनाएका छन् । लुटकारी दलाल दलतन्त्रको विरुद्धमा र शासनसत्तामा आम जनताको सहभागिताका लागि तेस्रो जनआन्दोलनको उदघोष गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको निर्देशन कार्यान्वयन गर्दै संगठन निर्माण, पुनर्गठन, आन्दोलनका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा चरणबद्ध रुपमा अगाडी बढाउँने पाण्डेले बताए ।

मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, बेथिति बढदै गईरहेको र सरकारको नेतृत्व सहित सरकारमा भ्रष्टहरुको बाहुल्यता रहेको र त्यसलाई रोक्दै आन्दोलनमा जानुको बिकल्प नभएको पार्टीको निर्णयलाई काठमाडौं उपत्यकामा शसक्त रुपमा कार्यान्वयन गरिने उनले बताए ।

आजपाले ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने, धोखेबाज दलहरुसंग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने, भ्रष्ट शासकहरुलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरुको सम्पति कब्जा गरेर राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकरवाही गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडीतलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनान्दोलनको मजबूत आधार खडा गरी सफलताको दिशमा अगाडि बढाउने मुख्य दायित्व अब आईटी आर्मीको काँधमा आएको उनले जनाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियन गेम्स छनोट: नेपाल मलेसियासँग स्तब्ध

काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ ।  मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...

दस महिनामा एक तिहाइ बजेट खर्च

लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...

अर्थ मन्त्रालयको वेबसाइटबाट आर्थिक विधेयक हटाइएपछि अन्योल, सचिव भन्छन्– जानकारी छैन

काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार बजेट भाषणपछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आर्थिक विधेयक शनिबार दिउँसो हटाएको पाइएको छ । बजेट सार्वजनिक भएपछ...

५० युनिटभन्दा बढी विद्युत खपतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कलमान घिसिङको माग

काठमाडौँ । काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्र...

संयोजक प्रचण्ड अस्पताल भर्ना, निमोनियाको शङ्का

काठमाडौँ । काठमाडौं मा नेपाल कम्युनिस्ट पार्टी (नेपाल कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका ...

मनाङको खोत्रोमा ट्रक दुर्घटना, दुई जना घाइते

मनाङ । मनाङ को खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो...

निर्वाचनको तयारीमा एमाले, ‘मिसन पार्टी जागरण’ पालिका र वडासम्म एमाले नेताहरू परिचालित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेताहरूको कार्यविभाजनसँगै प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। शुक्रबार जारी गरि...

यो निर्वाचनको परिणाम स्वाभाविक देखिएन, पुराना दललाई विस्थापित गर्ने षड्यन्त्र जारी छ: अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...

महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...

भैंसी चोरीको आरोपमा सप्तरीमा एक युवक पक्राउ

सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending