Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

गाडी गुड्न बनाइएका सडकमा पैदल हिँड्नै सकस

खबरडबली संवाददाता

बाजुरा  । बाजुराको खप्तड छेडेदह गाउँपालिका अधिकाशं गाउँ बस्तीमा  गाडी सञ्चालन गर्न निर्माण गरेका ग्रामिण सडकमा हिड्नै सकस हुने गरेको छ । हिउँदको महिना जथाभावि निर्माण गरिएका ती सडकमा वर्खाको समय लगातार पहिरो बग्न थालेपछि अहिले यहाँका स्थानीयलाई त्यो सडकमा हिड्नै सकस हुने गरेको हो ।

हिउँदको महिना खनेका ती सडकमा वर्खाको समय पहिरो बग्ने गरेकोले यहाँका बालबालिकालाई समेत विद्यालयमा आउजाउमा समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका –२ पीपलगाउँका स्थानीय पदम बुढाले बताए । गत साउनमा परेको अविरल वर्षाका कारण पीपल गाउँ देखि कुर्पे मथर्पु सम्म जाने सडकमा पहिरो गएपछि अहिले यहाँका बालबालिकाहरुलाई विद्यालय आउन जाननै जोखिम मोल्दै हिड्नु परेको उनले बताए ।

भत्किएका सडकलाई समयमै मर्मत सम्भार नगर्ने हो भने हिउँदको महिनामा पनि यहाँका स्थानीय ती सडकमा आउज जाउ गर्न निकै समस्या हुने बुढाले बताए ।खप्तड छेडेदह गाउँपालिका पीपल गाउँ गाँज्रा कुर्पे लगायतका अधिकाशं सडक वर्खाको समय पहिरो गएर अवरुद्ध भएका छन् ।

लगातार पानी पर्दै गएकोले अहिले सम्म ती सडकको मर्मत सम्भार कार्य रोकिएको छ । सडक मर्मत सम्भारको काम रोकिएपछि यती बेला यहाँका स्थानीयलाई वडा कार्यालय तथा बालकालिकाहरुलाई विद्यालय आउन समस्या भएको छ । सडकमा गएको पहिरोले गाउँ बस्तीमा समेत जोखिम बढेको छ । यहाँका गाउँ बस्तीको माथिबाट खनेको सडकमा पहिरो जान थालेपछि त्यसले पुरै गाउँ बस्तीलाई नै थप जोखिम पार्ने गरेको हो ।

गत असार देखि गाउँमा पुगेको सडक पहिरोको कारण अवरुद्ध भएकोले यती बेला ती सडक मर्मत गर्ने तयारी भइरहेको खप्तड छेडेदह गाउँपालिका  –२ का अध्यक्ष भक्त बुढाले बताए । गाउँ कार्यपालिकाको बैठममा सडक मर्मत सम्भार गर्ने भन्ने निर्णय भएको  र त्यसका लागि प्राविधिकको टोली पनि सर्भे गर्नका लागि यहाँका प्रत्येक वडमा पुगेका उनले बताए ।

उनीहरुले सर्भे गरेको रिपोट फेरि गाउँपालिकामा पुगेपछि अवरुद्ध भएका सडक मर्मत सम्भार गरिने बुढाले बताए  । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बआवासको हक संरक्षण गर्न सरकारलाई हर्क साम्पाङको आग्रह

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् । शनिबार ह...

तमिलनाडुमा थालापति विजयलाई बहुमत जुट्यो

काठमाडाैं  ।  तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ । विधान सभामा विदुथलाई चिरूथाइगल (भीसीके)ले तामिलगा भेट्री कझागम (टीव...

मञ्जुश्री ‘कोअपरेटिभ’का अध्यक्ष घिमिरे पक्राउ

काठमाडौँ । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । सहकारीले बचतकर्ता...

धीर बूढाले जिते जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि

जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...

दार्चुलामा निर्माणाधीन तिंकर सडक हुँदै दुम्लिङसम्म पुग्यो गाडी

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...

आज राति तराई भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...

चितवनमा एम्बुलेन्स सेवामा कडाइ, अब जीपीएस जडान अनिवार्य

चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...

सामुदायिक वनको काठ विवादमा दाङमा एक जनाको हत्या

दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...

लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...

दरबन्दीमा विभेद’ गरेको आरोप लगाउँदै जनकपुरमा स्वास्थ्यमन्त्रीविरुद्ध प्रदर्शन

जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending