Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

शान्ति सुरक्षा कायम राख्न भन्दै जलेश्वरमा सेना परिचालन

\"sena\"महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाकेा शान्ति सुरक्षाकाे व्यवस्था विग्रिएकाे भन्दै  स्थानीय सुरक्षा व्यवस्थालाई ध्यानमा राखी सेना परिचालन गरेको छ। प्रमुख जिल्ला अधिकारी दिपक काफलेले जिल्लाको शान्ति सुरक्षालाई ध्यानमा राखी सेना परिचालन गरिएको जानकारी दिए ।  बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बसेको सुरक्षा निकायको बैठकबाट नेपाली सेना परिचालन गर्ने निर्णय गरिएको हो। यता आन्दोलनकारीले बुधवार राती महोत्तरीको विभिन्न ठाउँमा रहेको चार प्रहरी चौकीमा आगजनी गरेका छन्। प्रहरीको गोली लागेर तीन जना मारिएपछि आक्रोशित आन्दोलनकारीले इलाका प्रहरी कार्यालय बलवा, मनरा प्रहरी चौकी,पर्सापतैली प्रहरी चौकी र औरही प्रहरी बिटमा आगजनी गरेका हो। बलवा प्रहरी चौकीमाा आगजनी गर्ने क्रममा आधा दर्जनभन्दा बढी प्रहरीसमेत घाइते भएका थिए। यसैबीच, आक्रोशीत सर्वसाधारणले प्रहरी चौकी र प्रहरी बिटमा आगजनी गर्न थालेपछि ईलाका प्रहरी कार्यालय बलवा र लोहारपटी इप्रकालाई रामगोपालपुरमा सारिएको छ। त्यस्तै रघुनाथपुरलाई खैरबनीमा, गैढाभेटपुर प्रहरी चौकीलाई सम्सीमा, मनरालाई सिसवाकटीमा र पर्सा पतैली र धिरापुरलाई जिल्ला प्रहरी कार्यालय जलेश्वर सारिएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार राति ८ बजे देखि जारी गरेको कर्फ्युका कारण यहाँको जनजीवन प्रभावित भएके छ।  जलेश्वरका सडकहरु बिहानै सुनसान देखिएका छन्। सडकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो पारिएको छ। अत्यावश्यक कामका लागि घर बाहिर निस्कने सर्वसाधारणलाई पनि घरबाट बाहिर निस्कन दिइएको छैन। यता आन्दोलनकारीले मृतकलाई शहीद घोषणा गर्नु पर्ने, उचित क्षतिपूर्ति र न्यायिक छानबिन हुनुपर्ने माग गरेका छन्। प्रहरीको गोली लागी मृत्यु भएका जलेश्वर नगरपालिका ७ बजराहीका रोहन चौधरी, महोत्तरी गाविस ५का रामविवेक यादव  र जलेश्वर नगपालिका १४ बखरी घर भएका मुसवा भनिने अमित कापरको शव प्लाष्टिक रेपिङ्ग गरेर शव गृहमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख ईन्द्रदेव यादवले बताएका छन्। प्रमुख यादवले शवलाई प्लाष्टिक रेपिङ्ग गरेर राखिए पनि धेरै दिनसम्म राख्न नसकिने भएकाले तत्काल शव राख्ने बाकसको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेको बताए। यता प्रहरीको टाउकामा प्रहरीको गोली लागेका जलेश्वरका विरेन्द्र बिच्छाको अवस्था गम्भीर रहेको छ। उनको उपचार जनकपुर अञ्चल अस्पतालमाा सम्भव हुने नेदेखिएपछि थप उपचारका लागि बिच्छासहित तीन जनालाई हेलिकप्टरमार्फत् काठमाडौँ लगिएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending