टोकियो। जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जापानको कूल जनसङ्ख्याको २९।३ प्रतिशत वृद्धवृद्धा रहेका छन् ।
विश्वका २०० देश र एक लाखभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रको सूचीमा ज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा रहेको मन्त्रालयले जनाएको छ ।
इटाली, पोर्चुगल, ग्रीस, फिनल्याण्ड, जर्मनी र क्रोएसियाले युरोपको प्रतिनिधित्व गर्दै शीर्ष १० मा २० प्रतिशतभन्दा बढी वृद्धवृद्धाको जनसङ्ख्या दर भएका मुलुकका रूपमा प्रतिनिधित्व गरेका छन् ।
दक्षिण कोरिया १९.३ प्रतिशत र चीन १४.७ प्रतिशत वृद्धवृद्धाको जनसङ्ख्या रहेको छ ।
जापानले बढ्दो जनसङ्ख्या सङ्कटको सामना गरिरहेको छ । बढ्दो वृद्ध जनसङ्ख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ साथै यसको लागि भुक्तानी गर्न श्रम शक्ति घट्दै जान्छ ।
जापानको सरकारी तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाखमा झरेको छ ।
आइतबारको तथ्याङ्कअनुसार सन् २०२३ मा जापानमा ९१ लाख ४० हजार वृद्धवृद्धाले कुनै न कुनै रोजगारी पाएका छन् । उनीहरूले कुल श्रमशक्तिको १३।५ प्रतिशत प्रतिनिधित्व गर्छन् वा हरेक सातमा एक जना रोजगार कर्मचारीको प्रतिनिधित्व गर्छन् ।
जापान सरकारले आफ्नो जनसङ्ख्याको ह्रास र वृद्धवृद्धाको जनसङ्ख्यालाई सञ्तुलनमा राख्ने प्रयासस्वरूप विभिन्न योजनाहरू सार्वजनिक गरेको भए पनि यसले सार्थकता पाउन सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १४ गते, २०८२ - १७:०६
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि २२ वटा कम्युनिष्ट र समाजवादी पार्टी तथा समूहहरू मिलेर बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी...
फाल्गुन १४ गते, २०८२ - १६:५६
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो अभिव्यक्ति बांगोटिंगो प्रचार गरिएकोमा आपत्ति जनाएका छन्। बिहीबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँंडामा आयो...
फाल्गुन १४ गते, २०८२ - १६:५६
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो अभिव्यक्ति बांगोटिंगो प्रचार गरिएकोमा आपत्ति जनाएका छन्। बिहीबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँंडामा आयो...
फाल्गुन १४ गते, २०८२ - १६:३५
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले जेनजी आन्दोलनबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन आयोगले समयमै प्रतिवे...
फाल्गुन १४ गते, २०८२ - १६:२४
काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कतै पनि समीकरण वा तालमेल नहुने स्पष्ट पारेका छन्। नेकपाद्वारा ...
फाल्गुन १४ गते, २०८२ - १६:०४
सोलुखुम्बु । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै सोलुखुम्बुमा चुनावी सरगर्मी बढेको छ । १२ दलले निर्वाचनमा भाग लिएको यस जिल्...
फाल्गुन १४ गते, २०८२ - १५:५२
काठमाडौं । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’बारे नेकपा एमालेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। कर्णाली प्...
फाल्गुन १४ गते, २०८२ - १५:३४
बागलुङ। बागलुङ निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच र...
फाल्गुन १४ गते, २०८२ - १५:२७
रसुवा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रसुवा जिल्लामा कर्मचारी परिचालनसहित आवश्यक तयारी सम्पन्र भएको छ । मतदान कार्यलाई व्य...
फाल्गुन १४ गते, २०८२ - १५:२१
काठमाडौँ। नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका वन तथा वातावरणमन्त्री माधवप्रसाद ...



प्रतिकृया लेख्नुहोस्: