पोखरा । मुस्ताङमा १०३ च्याङ्ग्रा खरिद गरी पैसा नदिई भागेका ३ मध्ये १ जना कास्की प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा ४ स्थायी घर भई हाल पोखरा ७, मासबार बस्ने ५० वर्षीय मोहम्मद फकिर हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पोखरा ४ बाट पक्राउ गर्न सफल भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार अन्य २ जनाको पनि खोजीकार्य भइरहेको छ ।
पक्राउ परेका फकिरलाई ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसूरमा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी शर्माले बताए ।
घटनाक्रम अनुसार, गत १ असोजमा निज फकिरसहित ३ जना व्यक्तिहरु मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ३, बारागुङका ताक्ला गुरुङको घरगोठमा च्याङ्ग्रा खरिद गर्न गएका थिए । उनीहरुले ताक्लाले पालेका १ सय ३ च्याङ्ग्रा ४२ लाख रुपैयाँ मोलमोलाइ गरी खरिद गरेका थिए । तर, तत्काल आफूहरुसँग पैसा नभएको र पोखरा गई दिने आश्वासनसहित च्याङ्ग्राधनी ताक्लासहित पोखरा आएका थिए ।
पोखरा १७, ड्यामसाइडस्थित एक होटलमा सुतेको अवस्थामै राति गाडीसहित भागेको खबर बाहिरिएको थियो । यो घटनापछि ताक्लाले न्यायका लागि कास्की प्रहरीमा उजुरी दिएका थिए ।
उजुरीपछि खोजतलास तथा अनुसन्धान गर्दै गर्दा मुख्य अभियुक्त फकिर पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा निज फकिरले च्याङ्ग्रा भने घटनाको दोस्रो दिन २ असोजमा पोखरा २५, घट्टेखोलाबाट अरु गाडीमा लोड गरी बिक्री वितरण गरेको खुल्न आएको छ । थप अनुन्धान भइरहेको डिएसपी शर्माले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १८:५९
जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...
बैशाख २६ गते, २०८३ - १८:५४
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...
बैशाख २६ गते, २०८३ - १८:५३
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...
बैशाख २६ गते, २०८३ - १८:४९
चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...
बैशाख २६ गते, २०८३ - १८:४५
दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...
बैशाख २६ गते, २०८३ - १८:४३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...
बैशाख २६ गते, २०८३ - १८:४२
जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...
बैशाख २६ गते, २०८३ - १८:३६
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थप्रेरित गतिविधिले निरंकुशताको झल्को दि...
बैशाख २६ गते, २०८३ - १८:३३
काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीको तय भएको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएपछि नेपाल–भारत सम्बन्धबारे नयाँ राजनीतिक र कूटनीतिक चर्चा सुरु भ...
बैशाख २६ गते, २०८३ - १८:३०
काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा फासिवाद र लोकप्रियतावादको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन्। शनिबार आयोजित ...


प्रतिकृया लेख्नुहोस्: