Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

बुकीमा चरेका च्याङ्ग्राको माग उच्च

खबरडबली संवाददाता

म्याग्दी । मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एकसय ५०  च्याङ्ग्रा छन् । घुम्ती गोठमा पालेको च्याङ्ग्रा बेचेर उनले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउँदै आएका छन् ।

“वर्षमा ४०  जति च्याङ्ग्रा बिक्री हुन्छ,” उनले भने– “घर व्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङ्ग्रा पालनबाटै जुटाउने गरेको छु ।” ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्याङग्रापालनलाई निरन्तरता दिएका हुन् ।

याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्ति क्षेत्र, लोघेकर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङ्ग्रा पालेका छन् । दसैँ तिहारमा पोखरा, काठमाडौँ लगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङ्ग्राको उच्च माग हुन्छ । 

सडक यातायात र बजारको सुविधासँगै च्याङ्ग्रा पाल्ने पेसा व्यावसायिक बन्न थालेको लोघेकर दामोदर कुण्ड –४ घाराका पेमा छिरिङ गुरुङले बताए । “पहिले दसैँ तिहारका लागि एक महिना पहिलेनै च्याङ्ग्रा हिँडाएर म्याग्दी, पर्वत, बागलुङ, कास्कीका गाउँ बस्ती र पोखरामा लैजाने गरिन्थ्यो,” उनले भने “अहिले गाउँबाटै प्रतिगोटा रु ३३ देखि ३५ हजारमा च्याङ्ग्रा बिक्री भइरहेको छ ।”

तीन वर्ष पुरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ । जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोसिलो, तागतिलो र स्वस्थकर मानिन्छ । दसैँ तिहारमा हिमाली च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ । बर्खामा समुन्द्री सतहदेखि छ हजार मिटर उचाइको हिमालको फेदमा पुग्ने च्याङ्ग्रा गोठहरू असोज लागेपछि बेसीतर्फ झार्ने गर्छन् । 

तीन/चार वटा घरले वार्षिक रूपमा रु.एक लाख पचास हजार ज्याला दिएर च्याङ्ग्रा हेर्न गोठाला राखेका छन् । स्थानीयका साथै म्याग्दी, बागलुङ, रुकुम, रोल्पा, धादिङबाट कामको खोजीमा मुस्ताङ पुग्नेहरू च्याङ्ग्रा गोठाला बस्ने गर्छन् । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मुस्ताङमा १२ वटा मिश्रित ठुला च्याङ्ग्रा फार्म छन् । २० देखि ५० वटाको सङ्ख्यामा च्याङ्ग्रा पाल्ने कृषकहरूको सङ्ख्या धेरै रहेको केन्द्रका प्रमुख पशु चिकित्सक डा. लालमणि अर्यालले बताए ।

उनका अनुसार मुस्ताङमा हाल ५० हजार च्याङ्ग्रा पालिएको छ । थासाङ बाहेक, घरपझोङ, वारागुङ मुक्ति क्षेत्र, लोघेकर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिकामा व्यावसायिक च्याङग्रापालन भएको छ । यसवर्षको दसैँ तिहारका लागि मुस्ताङबाट च्याङ्ग्रा निकासी हुन थालेको छ । 

बुधवारसम्म तीन सय ९७  च्याङ्ग्रा निकासी गर्न स्वास्थ्य परीक्षण गरी सिफारिस दिएको केन्द्रका प्रमुख अर्यालले बताए । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ ।

स्थानीय व्यापारीले गाउँका किसानहरूबाट खरिद गरेर जोमसोममा च्याङ्ग्रा ल्याउन थालेका छन् । देशका विभिन्न ठाउँका व्यापारीहरूले जोमसोममा खरिद गरेका च्याङ्ग्रा हिँडाएर म्याग्दीको बेनीसम्म ल्याउँछन् ।

बेनी देखि ट्रकमा राखेर देशका विभिन्न बजारमा च्याङ्ग्रा लैजाने गर्छन् । मुस्ताङबाट गत वर्ष रु। २० करोड भन्दा बढी मूल्य बराबरको सात हजार च्याङ्ग्रा निकासी भएको थियो । यसपालिको दसैँ तिहारका लागि १० देखि ११ हजार च्याङ्ग्रा निकासी हुने अनुमान गरिएको केन्द्रका प्रमुख अर्यालले बताए । मुगु र डोल्पाको च्याङ्ग्रा पनि मुस्ताङ हुँदै बजार पठाउने गर्छन् । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङ्ग्रा जोन र स्थानीय तहका पशु सेवा शाखाहरूले मुस्ताङमा च्याङग्रापालन विस्तार र प्रवर्द्धन सम्बन्धी कार्यक्रममा जोड दिएका छन् । 

पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाउने व्यवस्था मिलाएको भेटेरिनरी अस्पतालले च्याङ्ग्राको नस्ल सुधार गर्न स्रोत केन्द्र स्थापना गर्ने, घुम्ती गोठ सुधार र घुम्ती पशु स्वास्थ्य शिविर सञ्चालन गरेको प्रमुख अर्यालले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङ्ग्रा जोन कार्यक्रमले परम्परागत रूपमा हुँदै आएको च्याङग्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाई गुणस्तरीय मासु, ऊन र पस्मिना उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ चार वर्षअघिदेखि लोमान्थाङ, लोघेकर दामोदर कुण्ड र वारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा विभिन्न गतिविधि गर्दै आएको छ । 

च्याङ्ग्राको पाठापाठी उत्पादनका लागि स्रोत केन्द्र स्थापना गर्नुका साथै च्याङग्रालाई वन्यजन्तुको आक्रमण र हिउँद याममा चिसोबाट बचाउन खोर सुधार गर्न जोड दिइएको परियोजनाका प्रमुख नेत्र भट्टले बताए । हिमचितुवाको आक्रमणबाट च्याङ्ग्रा मर्ने समस्या र हिउँदको समयमा आहाराको व्यवस्थापन मुस्ताङको च्याङग्रापालनमा चुनौतीका रूपमा देखिएको किसान तथा कृषि प्राविधिकहरूले बताएका छन् ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending