Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

बालविवाह नियन्त्रण गर्न सरोकारवालाहरुको सामुहिक प्रतिबद्धता

\"bahas(3)\"सुर्खेत । जिल्लाको चुनौतीको रुपमा रहेको बालविवाहा रोक्नका लागी सुर्खेत स्थित विभिन्न सरोकार वालाहरुले सामुहिक प्रतिबद्धता जनाएका छन । सुर्खेतमा क्रियाशिल किशोर किशाोरीको भोलेन्टियर संजाल आशा नेपालले आयोजना गरेको बालविवहा नियूनिकरणका लागी सरोकारवालाको भुमिका विषयक बहस कार्यक्रम्मा सरोकारवालाहरुले सामुहीक ६ बुदे प्रतिबद्धता गरेका छन । जिल्लामा हुने करिब ६० प्रतिशत बालविवाहलाई सुन्यमा झार्न सबैको सामुहिक संकल्प र प्रतिबद्धता आवश्यक रहेको भन्दै सरोकारवालाहरुले यसलाई अभियानकै रुपम लौजानुपर्ने कुरामा जोड दिए । कार्यक्रममा जिल्ला विकास समिती सुर्खेतका सामाजिक विकास अधिकृत टेक प्रसाद लामिछाने जिल्लाको विकाशको चुनौतीका रुपमा रहेको यो गलत सस्कृतिका विरुद्धमा स्थानिय स्तरदेखी नै अभियान चलाउनुपर्ने बताए । लामीछानेले यसको लागि गाउ विकास समिति वडा नागरिक मन्चमा कार्यरत विभिन्न पदाधिकारीलाई परिचालन गरेर बालविवाह रोक्न आफु लाग्ने बताए । जिल्ला विकास समितिले समेत जिल्लालाई बालविवाह मुक्त जिल्ला बनाउने कार्यक्रम र तय भएको भन्दै यसका लागी सबैको प्रतिबद्धता आवश्यक रहेको बताए । जिल्ला वालकल्याण समितीकी बाल संरक्षक अधिकृत रमा भण्डारीले तत्काल जिल्लाभरकिो वालविवाहको अवस्थाका बारेमा जान्नका लागी तथ्यांक संकलन गर्ने र त्यसका आधारमा जिल्लाभरी नै वालविबाह विरुद्ध लाग्नुपर्ने बताइन । यसका लागी सरकारी क्षेत्रको अगुवाइमा गैर सरकारी क्षेत्रले पनि महत्वपुर्ण सहयोग गर्नुपर्ने भण्डारीको जोड थियो । त्यस्तै जिल्ला शिक्षा कार्यलयका विद्यालय निरक्षक बलविर सुनारले बालविवाह रोक्नका लागी विद्यालय स्तरमै पाठ्क्रममा यो विषय उल्लेख गर्नुपर्ने र विद्यालय शिक्षा दिनुपर्ने बताए । जिल्ला प्रशासन कार्यलयबाट प्रभा भण्डारीले यो अभियानमा आउने सामाजिक अबरोध र सुरक्षा चुनौतीका लागी स्थानिय प्रशासन तयार रहेको प्रतिबद्धता व्यक्त गरिन ।  आवाज संस्थाबाट पवित्रा शाहीले यो अभियान एउटा गैर सरकारी संस्थाले मात्रै सम्भव नहुने बताईन । एकिकृत नेकपा माओवादीकि पन्चा सिङ रोकायले राजनितिक दलहरुले सामाजिक प्रकारका यस्ता अभियानमा सबै क्षेत्रलाई सघाउने र सहकार्य गरेर अगाडि बढ्ने बताइन ।  कार्यक्रममा केयर नेपालका टिम लिड्र महेन्द्र लक्ष्मी, , आशा नेपालकी अध्यक्ष रमा आचार्य, जिल्ला प्रहरी कार्यलयका प्रहरी साहायक निरिक्षक मन्जु चौधरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्लाभरीवाट उपस्थित आशामा संगठीत  किसोर किसोरीहरुले गाउमा वालविबाह बढिरहेको बताएका थिए । उनिहरुले बालविवाह रोक्नका लागी उल्टै थ्रेट रहेको, यस्ता अभियानमा दल र गाउँका अगुवाहरुकै सहभागिता न्युन भएको गुनासो गरेका थिए । कार्यक्रम्मा सहजकिरण नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending