Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

झ्याप्ले खोलामा ३ वटा गाडीमा पुरिएका ३५ जनाको पहिचान खुल्यो (सुचीसहित)

खबरडबली संवाददाता

काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । 

दुई वटा माइक्रो र एउटा बसमा सवार यात्रुलाई असोज ११ मा पहिरोले पुरेको हो । गोरखाबाट काठमाडौँ आउँदै गरेको ना.४ ख २२७० नम्बरको बसमा ४, चितवनबाट काठमाडौँ आउँदै गरेको बा.२ ख १३४५ नम्बरको हायसमा १७  जना र लु. १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए ।  

शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ ।

यस्तो छ सनाखत भएकाहरूको विवरण:

१. प्रकाश कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३५ वर्ष)

२. अनुप तल ठकुरी कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३३ वर्ष)

३. सिर्जना कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (२९ वर्ष)

४. रमेश प्रसाद लुइँटेल, रुपन्देहीको देवदह नगरपालिका–४ (५० वर्ष)

५. बोमबहादुर खाम्चा, अर्घाखाँची सि.न.पा–७ (२५ वर्ष)

६. सुमन बजगाईं, धादिङ धुनिवेशी नगरपालिका–९ बस्ने (३३ वर्ष)

७. सिता भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (४५ वर्ष)

८. दिपिक भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)

९. दिपेश भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)

१०. जुद्धबहादुर रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३२ वर्ष)

११. प्रमिता भुषाल, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३१ वर्ष)

१२. कृशव रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (२ वर्ष)

१३. साइमन तामाङ, नुवाकोट सामरी–५ बस्ने (२१ वर्ष)

१४. पुष्पा शर्मा, पर्वत कुश्मा नगरपालिका–२ बस्ने (३१ वर्ष)

१५. नवराज पन्त, गोरखा बारपाक सुलिकोट–७ (२८ वर्ष)

१६. तेजबहादुर विष्ट, रुकुम पश्चिम मुसिकोट–१५ (३९ वर्ष)

१७. नवराज तिवारी, गोरखा गण्डकी गाउँपालिका–४ (४० वर्ष)

१८. नवीन सिंह, बझाङ जयपृथ्वी नगरपालिका–१ (२३ वर्ष)

१९. अनिता थापामगर, चितवन भरतपुर नगरपालिका–२१ (२१ वर्ष)

२०. सन्तु विक, मकवानपुर मनहरी–९ (३३ वर्ष)

२१. आनन्द राजवंशी, काठमाडौँ महानगरपालिका–१६ (४८ वर्ष)

२२. सिद्धार्थ गुरुङ, चितवन खैरहनी नगरपालिका–३ (१९ वर्ष)

२३. जनक कुँवर, तनहुँ भानु नगरपालिका–३ (२६ वर्ष)

२४. मोहनदास आचार्य, चितवन भरतपुर–९ (५३ वर्ष)

२५. नरेन्द्र खत्री, चन्द्रागिरी नगरपालिका–१ (५६ वर्ष)

२६. मदन परियार दमै, गोरखा भिमसेन गाउँपालिका–४ (४७ वर्ष)

२७. विनायक भट्टराई, गोरखा भिमसेन गाउँपालिका–४ (१५ वर्ष)

२८. सुके दमै, गोरखा धोर्चे गाउँपालिका–७ (२७ वर्ष)

२९. इन्द्रजित राना, बागलुङ बडिगार्ड गाउँपालिका–२ (५२ वर्ष)

३०. भिमकुमारी राना, बागलुङ बडिगार्ड गाउँपालिका–२ (४० वर्ष)

३१. हरिबहादुर बुढा, जुम्ला सिजा गाउँपालिका–६ (३९ वर्ष)

३२. लिलामाया तामाङ, धादिङ ज्वालामुखी गाउँपालिका–२ (२६ वर्ष)

३३. वसन्त शाह, सर्लाही चक्रघट्ट गाउँपालिका–६ (१७ वर्ष)

३४. नन्दप्रसाद किशोर चौधरी, सप्तरी सप्तकोसी नगरपालिका–७ (२८ वर्ष)

३५. लेखनाथ ओझा, तनहुँ ब्यास नगरपालिका–५ (३४ वर्ष) 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग हटाउन पर्सा अदालतको अनुमति

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...

एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...

कार दुर्घटनामा भारतीय पर्यटक घाइते

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् ।  डुम...

पृथ्वी राजमार्गको गल्छीमा पर्यटक माइक्रो र कार ठोक्किँदा सात जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...

विपक्षी दलको बैठक जारी, को कोे सहभागी भए ?

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...

सुधन गुरुङ र महावीर पुनले शपथ लिँदै

काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन वितरण, स्वदेशी वस्तु प्रवर्द्धनमा सरकारको जोड

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...

बागमतीबाट रास्वपाको प्रदेश अधिवेशन सुरु

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending