Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

साउन र भदौमा ७ अर्ब ५५ करोड रुपैयाँको विद्युत् निर्यात

खबरडबली संवाददाता

काठमाडौं । गत वर्षको वर्षामा १७ अर्बको विद्युत् निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले यस वर्ष भने दुई महिनामा नै साढे ७ अर्बको बिजुली भारतलाई बेचेको छ ।

गत वर्ष १६ अर्ब ९३ करोडको बिजुली आयात गरेर १७ अर्ब ६ करोडको निर्यात गरेको प्राधिकरणले यस वर्षको साउन र भदौमा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणले चालू आवको पहिलो दुई महिनामा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको तथ्यांक रहेको छ । प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको थियो भने भदौमा ३ अर्ब ५५ करोड ५ लाख रुपैयाँको विद्युत् निर्यात गरेको थियो ।

साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारतर्फ निर्यात गरिएकोमा भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको थियो । दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा रहेको छ ।

साउनको प्रतियुनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा रहेको छ । १६ देखि २३ भदौसम्ममा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । सबैभन्दा कम भदौको दोस्रो साता (९–१५ गते) मा ६९ करोड ८ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको थियो ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले चालू आवको दुई महिनामा ४ अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरू र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यातमा केही असहजता उत्पन्न भइरहेको बताए । गत १० देखि १२ असोजसम्मको वर्षाले दुई दर्जनभन्दा वढी जलविद्युत् केन्द्र प्रभावित भएका थिए । ‘चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौं, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पु¥याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

बाढी बहिरोभन्दा पहिले दैनिक रूपमा ९ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो । अहिले दैनिक रूपमा डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ । बाढीपहिरो कारण सञ्चालमा रहेको सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करिब ७ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धीर बूढाले जिते जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि

जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...

दार्चुलामा निर्माणाधीन तिंकर सडक हुँदै दुम्लिङसम्म पुग्यो गाडी

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...

आज राति तराई भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...

चितवनमा एम्बुलेन्स सेवामा कडाइ, अब जीपीएस जडान अनिवार्य

चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...

सामुदायिक वनको काठ विवादमा दाङमा एक जनाको हत्या

दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...

लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...

दरबन्दीमा विभेद’ गरेको आरोप लगाउँदै जनकपुरमा स्वास्थ्यमन्त्रीविरुद्ध प्रदर्शन

जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...

‘आज्ञाकारी न्यायपालिका बनाउने प्रयास भइरहेको छ’ : कामु प्रधानन्यायाधीश

  काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थप्रेरित गतिविधिले निरंकुशताको झल्को दि...

भारतीय विदेशसचिवको भ्रमण किन रोकियो ? दुई कारणले बढायो नेपाल–भारत सम्बन्धमा चासो

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीको तय भएको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएपछि नेपाल–भारत सम्बन्धबारे नयाँ राजनीतिक र कूटनीतिक चर्चा सुरु भ...

नेपालमा फासिवादको प्रभाव देखिन थाल्योः चित्रबहादुर केसी

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा फासिवाद र लोकप्रियतावादको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन्। शनिबार आयोजित ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending