काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्डले इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा आफ्ना स्टार ब्याट्सम्यान तथा पुर्व कप्तान बाबर आजमलाई टिममा सामेल नगरेपछि नयाँ विवाद शुरु भएको छ ।
बोर्डले बाबरलाई टिम बाहिर राखेको विषयमा कडा आलोचना भएपछि उनलाई एक खेलका लागि आराम दिएको भन्दै बचाउमा उत्रिएको छ ।
यसैबीच बाबर आजमलाई समर्थन गरेका पाकिस्तानका खेलाडी फखर जमानलाई बोर्डले स्पष्टीकरण सोधेको छ ।
बोर्डको सम्झौतामा रहेका जमानले सार्बजनिक रुपमा गरेको टिप्पणीका कारण स्पष्टीकरण सोधिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
जमानले सामाजिक सञ्जालमा भनेका थिए-बाबर आजमलाई बाहिर राख्नु चिन्ताको विषय हो । भारतले २०२० र २०२३ को बीचमा विराट कोहलीको औसत क्रमश: १९.३३, २८.२१, र २६.५० को बीचमा हुदा उनलाई कहिल्लै बेन्चमा राखेन । यदि पाकिस्तानले अहिलेसम्म उत्पादन गरेको सबैभन्दा राम्रो प्रमुख ब्याट्सम्यानलाई किनारा गर्ने विचार गर्दैछौं भने यसले टोलीमा गहिरो नकारात्मक सन्देश पठाउन सक्छ । प्यानिक बटन थिच्नबाट बच्न अझै समय छस हामीले हाम्रा मुख्य खेलाडीहरूलाई कमजोर पार्नुको सट्टा सुरक्षामा ध्यान दिनुपर्दछ ।'
मिडिया रिपोर्टका अनुसार जमानलाई सोमबार नै स्पष्टीकरण सोधिएको र उनले अहिलेसम्म जवाफ नदिएको बताइएको छ ।
बाबरले खेल्न चाहेकै बेला पाकिस्तानको हालै नियुक्त भएको छनौट समितिले इङल्याण्डविरुद्ध बाहिर निर्णय गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: