Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

महोत्तरीमा सत्ता सहयात्री दलहरुले गरे एमाले बहिष्कार, प्रतिपक्षी दलहरुसँग गठबन्धन

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरी क्षेत्र नं.४ मा एमालेलाई बाहिर राखेर वनेको क्षेत्रीय गठबन्धनले यतिवेला जिल्ला राजनीतिवृत तातेको छ ।

सत्ता गठबन्धनको  मुख्य दल एमालेलाई बहिष्कार जस्तै गरि रातारात वनेको नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, लोसपा, जसपा सहितका दलहरुको गठबन्धनको चर्चासगैँ यस्को औचित्यमाथी गम्भीर सवालहरु उठेका छन । जिल्लास्तरिय नेताहरुले भने  क्षेत्र नं.४ विकासका दृष्टिकोणले पछाडि परेको हुनाले उदेश्यहरुलाई साझा वनाउन दलहरुविच क्षेत्रीय गठबन्धन भएको वताएका छन ।

तर सत्ता सयात्री दलहरु प्रतिपक्ष दलहरुसगँ उभिएर मोर्चावन्दी गर्नुलाई अहिले अर्थपूर्ण ढंगले हेरिएको छ ।

संसदीय दलका नेता यादवको कारण एमाले वाहिरिएको दावी

 मनरासिस्वा नगरपालिका, सम्सी गाउँपालिका, रामगोपालपुर नगरपालिका र औरही नगरपालिका रहेको क्षेत्र नं।४ मा उदेश्यहरुलाई एकाकार गर्न गठबन्धन गरिएको दावी गरिएतापनि नेकपा एमाले मधेश प्रदेश संसदिय दलका नेता तथा भौतिक पुर्वाधार मन्त्री सरोज यादवको दादागिरी कै कारण एमाले बाहिर भएको एक नेताले वताए ।

यादव सोही क्षेत्र ञखझवाट प्रदेश संसदमा निर्वाचित भएका थिए । संघमा नेपाली काङ्ग्रेसवाट महेन्द्र यादव र सोही क्षेत्रको ञकझवाट भने सरोज कुशवाहा निर्वाचित भएका हुन । यो  गठबन्धनमा पनि सरोज यादव वाहेक सवै निर्वाचित जनप्रतिनिधिरुको सहभागीता रहेको छ ।

उनकै कारणले नेकपा एमालेलाई गठबन्धनमा सहभागी नगराईएको हो । विकासका नाममा बजेट विनियोजन गर्ने र मोटो रकम कमिसन बापत लिने मन्त्री यादवको चरित्र सवैलाई थाहा छ् । नाम नखुलाउने सर्तमा एमालेका नै एक नेताले भने । ञवहाँ जुन वाटोमा हुनुहुन्छ त्यो गलत वाटो हो जस्ले जनतालाई निरासा पैदा गरिरहेको छ ।

गठबन्धन औचित्यको पारम्भ भने रामगोपालपुर वडा नं.४ का वडा अध्यक्ष मुकेश यादवको मृत्यु प्रकरणसगैँ भएको वताईएको छ । दुई महिना अगाडि सडक दुर्घटनामा मृत भेटिएका यादवको मृत्यु दुर्घटना नभई हत्या भएको उनी निकट माओवादी केन्द्रले दावी गर्दै आएको छ ।

शंकाको आधारमा पक्राउ परेका संजिव झा उन्को मृत्युअघि र मृत्युपछि मन्त्री यादवसगँ भएको भेटघाट र सम्पर्कलाई पनि कतिपयले आशंकाकोरुपमा लिएका छन । बाहिर समेत  मन्त्री यादवको नाम घटनासगँ जोड्न थालेपछि एमालेको एक बैठकमा यादवलाई प्रश्न गरिएको थियो ।

एमालेका प्रदेशस्तरिय अर्का युवा नेता सरोज यादवले मृतक वडा अध्यक्षको घटनासगँ मन्त्रीको सग्लनताको विषयमा बाहिर आएका चर्चा र बजेट विनियोजन गरेवापत कमिसन लिएको विषयलाई वैठकमा उठाएपछी मन्त्री यादव केहीवेर आक्रोशित वनेका थिए ।

ञउन्ले त्यस्को उत्तर दिदा याँहा उल्लेख नै गर्न नसकिने गालीगलौज मात्र गरेनन मृतक वडा अध्यक्षको दुर्घटना नै भएको दावी गरे ।झ वैठकमा सहभागी एक नेताले भने । ञ मानौ त्यो दुर्घटना नै होला तर वहाँ त जनप्रतिनिधि हो, आरोप त लागीहाल्छ नी त्यस्लाई कसरी सावधान गर्ने भन्ने जिम्मेवारी पनि त्याहा कै जनप्रतिनिधि भएको हुनाले सावधान गर्न सक्नुपर्छ ।झ

मन्त्री यादवले युवा नेताले उठाएको विषयमा आपत्ती जनाएतापनी अर्का नेता भिम आलेले कमिसनको विषयमा आफुहरुसगँ प्रमाण समेत भएको जिकिर गरेपछी वैठकमा मन्त्री पक्षधरको हो-हल्ला शान्त भएको थियो ।

एमालेको एउटा समूह अहिलेपनी अनौपचारिकरुपमा गठबन्धनसगँ जोडिएको नेपाली कांग्रेसका नेता तथा संघिय संसद महेन्द्र यादवले वताए  । उन्ले मन्त्री यादवका क्रियाकलापहरु भने जनउत्तरदायी नरहेको आरोप लगाउदै जनगुनासोहरु वढीरहेको वताएका छन् ।

‘तर यो एमालेलाई वहिष्कार गर्ने उदेश्यले गठन गरिएको हैन । एमाले पनि यो गठबन्धनमा सहभागी हुन् सक्छन ।’ संसद यादवले भने । ‘महोत्तरी क्षेत्र नं। ४ विकासमा पछाडी परेको हुनाले जनस्तरका समस्यालाई पहिचान गरेर विकासका खाका तयार गर्नुपर्ने हुन्छ । यसको लागि सवै राजनीति दलहरु एक ठाँउमा उभिन आवस्यक महसुस गरेका हौ ।’

मन्त्री यादव भन्छन स् एमाले वलियो देखेपछि कमजोरहरुले गठबन्धन गरेका हुन्

मन्त्री यादवले भने नेकपा एमाले क्षेत्र नं. ४ वलियो शक्ति भएको र यसलाई कमजोर वनाउन  गठबन्धन गरिएको वताए ।

‘आसन्न उपनिर्वाचनलाई लक्षित गर्दै वडा नं २ को वडा अध्यक्ष निर्वाचनको लागि एमाले वलियो देखेपछी उनीहरुले गठबन्धन गरेका हुन् ।’ मन्त्री यादवले भने । ‘यसले हामीलाई कुनै असर गर्दैन ।’

विकासको लागि मन्त्रीको हैसियतले आफ्नो क्षेत्र स्वाभाविकरुपमा प्राथमिकतामा राखेको वताउदै उन्ले आफुले गरेको विकास देखेर विपक्षीहरु अतालिरहेको जिकिर गरे ।

वडा अध्यक्ष यादवको मृत्युलाई संकेत गर्दै दुर्घटनालाई हत्याको नाम नदिएर जनमानसमा सहानुभूति वटुल्ने र मृतककी श्रीमतीलाई उम्मेदवार वनाएर माओवादीले निर्वाचन जित्ने हतियार वनाईरहेको मन्त्री यादवको भनाई छ ।

‘जसले जेसुकै गरुन एमाले कमजोर हुँदैन र कसैले वनाउन सक्दैन ।’ उन्ले भने । ‘हामि हाम्रो मिसनमा अडिग छौ र लागीरहन्छौ ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending