Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

रविलाई प्रहरीले रातिनै पोखरा पुर्‍यायो, रातभर कार्यकर्ताको नाराबाजी

खबरडबली संवाददाता

काठमाडौं । प्रहरीले शुक्रबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पुर्‍याएको छ ।

प्रहरीले लामिछानेका समर्थकहरूको नाराबाजी र विरोध प्रदर्शनका बीच लामिछानेकै चाहनाबमोजिम सडकमार्ग भएर रातारात पोखरा पुर्‍याएको हो ।

लामिछानेलाई प्रहरीले लैजाँदै गर्दा ठाउँ(ठाउँमा उनका समर्थक र रास्वपाका नेता कार्यकर्ताहरूले नाराबाजी र विरोध प्रदर्शन गरेका थिए । राति करिब ३ बजे लामिछानेलाई पोखरा पुर्‍याएको प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

लामिछानेलाई प्रहरीले हिरासतमा लिएपछि समेत रास्वपाका कार्यकर्ताहरूले नाराबाजी गरेका छन् । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा लगेको हो ।

लामिछानेलाई प्रहरीले गाडीमा राखेर लैजाँदै गर्दा ठाउँ-ठाउँमा रास्वपाका नेता कार्यकर्ताहरूले बाटो छेकेर नाराबाजी र विरोध प्रदर्शन गरेका थिए भने कतिपय ठाउँमा बाक्लो प्रहरी परिचालन गर्नुपर्ने स्थिति बनेको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बेनी-मालढुङ्गा सडक : ठेक्का अवधि सकियो, दुई तिहाइ मात्र प्रगति

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि करिब दुई तिह...

अनुसन्धान प्रभावित पार्ने काम उचित होइन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अदालतले अनुमति दिएको विषयमा भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने काम उचित नभएको जिकिर गरेका छन्।  शु...

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा पर्यटकको भीड

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दशैंको टीकापछ...

सुक्खा बन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन...

रवि पक्राउ परेपछि सीके राउतको टिप्पणी- यो प्रतिशोध हो, सफलतापूर्वक निस्किनुहुन्छ

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि जनमत पार्टीले प्रतिक्रिया दिएको छ । सो पार्टीका अध्यक्ष सीके राउतले यो पक्राउ...

देशभर पश्चिमी वायुको प्रभाव- पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार कोशी प्रदे...

रविलाई प्रहरीले रातिनै पोखरा पुर्‍यायो, रातभर कार्यकर्ताको नाराबाजी

काठमाडौं । प्रहरीले शुक्रबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पुर्‍या...

सहकारीमा प्रत्यक्ष नजोडिएका रवि समातिए, जोडिएका कांग्रेस उपसभापति गुरुङ र लेखा समिति सभापति पोखरेलपत्नी अनुसन्धानबाहिरै

काठमाडौं । सहकारीमा प्रत्यक्ष नजोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले समातेको छ । तर, प्रत्यक्ष मुछि...

माथिल्लो तामाकोसी आंशिकरुपमा सञ्चालन गर्ने तयारी

दोलखा । दोलखामा रहेको चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। गत असोज ११ र १२ ...

ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री

दाङ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन्। उनको फूलखेतीम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy