Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

मोरङ प्रहरीमा हलचल : प्रहरी निरीक्षकसहित चारजनामाथि अनुसन्धान

खबरडबली संवाददाता

विराटनगर। मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी प्रधान कार्यालय( हेडक्वाटर) तानिएसँगै जिल्लामा कार्यरत एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित चारजना आफ्नो नियन्त्रणमा लिएर कोशी प्रदेश प्रहरी कार्यालयले छानबिन र अनुसन्धान अगाडि बढाएको छ ।

दसैँ तथा आसपासको समयमा मोरङमा तस्करी र जुवाजन्य गतिविधि बढेको र त्यसमा प्रहरीकै संरक्षण र समन्वय रहेको विषयमा गोरखापत्र अनलाइन र गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएपछि मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीलाई हेडक्वाटर झिकाइएसँगै मोरङमा कार्यरत थप चारजना प्रहरी अनुसन्धानको घेरामा तानिएका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टरसहित चारजनालाई प्रदेश प्रहरी  कार्यालयमा ल्याएर अनुसन्धान एवम् छानबिन प्रारम्भ गरिएको बताए । मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ र हवल्दार खगेन्द्र राउत तथा सहायक हवल्दार सरोज श्रेष्ठलाई कारबाहीको दायरामा ल्याइएको बताइएको छ ।

घुमुवा प्रहरीका रूपमा खटिँदै आएका चारै जनामाथि जुवाजन्य र तस्करीका गतिविधिको संरक्षण गरेको र जुवा खेल्ने र खेलाउनेसँग लाखौं रूपियाँ लिएको आरोप लागेको छ । उहाँहरूमाथि अनलाइन जुवाको सेटिङ गर्ने अनि गराइदिने र त्यस वापत मोटो रकम असुल गर्ने साथै तस्करीजन्य गतिविधिको पनि समन्वय र संरक्षण गर्ने गरेको आरोप लगेको छ ।

प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दाहालका अनुसार प्रदेश प्रहरी कार्यालयले उहाँकै संयोजकत्वमा गठन गरेको छानबिन समितिले इन्स्पेक्टर भट्टराईसहितका चारजना प्रहरीमाथि अनुसन्धान र छानबिन सुरू गरेको हो ।

‘‘ती चारजना प्रहरीलाई प्रदेश कार्यालय ल्याएर मेरो संयोजकत्वमा गठित छानबिन समितिले आवश्यक अनुसन्धान, सोधपुछ र बयान लिने काम गरिरहेको छ, अहिले अनुसन्धानको क्रम चलिरहेकोले योभन्दा थप केही बताउन मिलेन,’’ प्रवक्ता दाहालले भने।

यसैबिच, मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की हेडक्वाटर तानिएपछि मोरङ जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले सम्हालेको  छन् । हेडक्वाटरको निर्णय अनुसार नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका गणपति प्रहरी उपरीक्षक चिमरिया जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार हाजिर भई मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...

जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छ: आइजीपी कार्की

काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...

झापामा च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...

पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती: मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...

मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...

कम्युनिस्ट एकताको आवश्यकता बढेको छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...

तीन प्रदेशका एक हजार मटाँवा-बरघर तथा थारू अगुवा दाङमा भेला हुँदै

दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending