विराटनगर। मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी प्रधान कार्यालय( हेडक्वाटर) तानिएसँगै जिल्लामा कार्यरत एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित चारजना आफ्नो नियन्त्रणमा लिएर कोशी प्रदेश प्रहरी कार्यालयले छानबिन र अनुसन्धान अगाडि बढाएको छ ।
दसैँ तथा आसपासको समयमा मोरङमा तस्करी र जुवाजन्य गतिविधि बढेको र त्यसमा प्रहरीकै संरक्षण र समन्वय रहेको विषयमा गोरखापत्र अनलाइन र गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएपछि मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीलाई हेडक्वाटर झिकाइएसँगै मोरङमा कार्यरत थप चारजना प्रहरी अनुसन्धानको घेरामा तानिएका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टरसहित चारजनालाई प्रदेश प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान एवम् छानबिन प्रारम्भ गरिएको बताए । मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ र हवल्दार खगेन्द्र राउत तथा सहायक हवल्दार सरोज श्रेष्ठलाई कारबाहीको दायरामा ल्याइएको बताइएको छ ।
घुमुवा प्रहरीका रूपमा खटिँदै आएका चारै जनामाथि जुवाजन्य र तस्करीका गतिविधिको संरक्षण गरेको र जुवा खेल्ने र खेलाउनेसँग लाखौं रूपियाँ लिएको आरोप लागेको छ । उहाँहरूमाथि अनलाइन जुवाको सेटिङ गर्ने अनि गराइदिने र त्यस वापत मोटो रकम असुल गर्ने साथै तस्करीजन्य गतिविधिको पनि समन्वय र संरक्षण गर्ने गरेको आरोप लगेको छ ।
प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दाहालका अनुसार प्रदेश प्रहरी कार्यालयले उहाँकै संयोजकत्वमा गठन गरेको छानबिन समितिले इन्स्पेक्टर भट्टराईसहितका चारजना प्रहरीमाथि अनुसन्धान र छानबिन सुरू गरेको हो ।
‘‘ती चारजना प्रहरीलाई प्रदेश कार्यालय ल्याएर मेरो संयोजकत्वमा गठित छानबिन समितिले आवश्यक अनुसन्धान, सोधपुछ र बयान लिने काम गरिरहेको छ, अहिले अनुसन्धानको क्रम चलिरहेकोले योभन्दा थप केही बताउन मिलेन,’’ प्रवक्ता दाहालले भने।
यसैबिच, मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की हेडक्वाटर तानिएपछि मोरङ जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले सम्हालेको छन् । हेडक्वाटरको निर्णय अनुसार नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका गणपति प्रहरी उपरीक्षक चिमरिया जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार हाजिर भई मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: