Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

तनहुँमा पनि झडप, एक आन्दोलनकारीको मृत्यु

\"tanahu\"तनहुँ । पूर्णबहादुर आलेको मृत्युको अनुसन्धान गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच शुक्रबार साँझ यहाँ झडप हुँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा परी नौ प्रहरी र तीन आन्दोलनकारी गरी १२ जना घाइते भएका छन् । प्रहरीको गोली लागी व्यासनगरपालिका वडा नं १ भादगाउँ निवासी १८ वर्षीय रोशन दुराको मृत्यु भएको हो । गोली लागी सख्त घाइते भएका दुराको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।   दुईपक्षीय भिडन्तमा परी प्रहरी नायब निरीक्षक राजेन्द्रप्रसाद वाग्ले, प्रहरी सहायक निरीक्षक मानबहादुर थापा, रमेश खरेल र कृष्ण परियार, प्रहरी हवल्दार सुशील भण्डारी, हरिबहादुर कुमाल र प्रहरी जवानतर्फ चन्द्रबहादुर प्रजा, सुनिल गुरुङ र सन्तबहादुर कुँवर घाइते भएका छन् । त्यसैगरी आन्दोलनकारीतर्फ व्यासनगरपालिका– ११ निवासी किरण गुरुङ सख्त घाइते भएकाले उपचारका लागि पोखरा पठाएको छ भने एक शिशुको उपचारपछि घर फर्काएको छ ।   आन्दोलनकारीलाई शव बुझेर परीक्षण गर्न आग्रह गरेका छौँ प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने “भीडलाई उत्तेजित नगर्न र शान्त वातावरण सिर्जना गर्न सुरक्षा निकायबीच छलफल भइरहेको छ ।”   उनले भने ‘आज बिहानैदेखि सर्वपक्षीय छलफल भइरहेको छ पीडितको मागप्रति प्रहरी प्रशासन संवेदनशील रहेकाले आन्दोलनको नाउँमा उग्र रुप नलिनसमेत आग्रह गरिएको छ ।’   व्यासनगरपालिका वडा नं ७ मानुड घर भई हाल व्यास– १ मा दिदीसँग बसेर दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय आलेको गत आइतबार मृत अवस्थामा भेटिएपछि हत्या गरिएको भन्दै ६ दिनदेखि निरन्तर रुपमा आन्दोलन गर्दै आएका छन् ।   आलेको हत्याको आरोपमा प्रहरीले दुई युवती र एक युवकलाई अनुसन्धानका लागि पक्राउ गरिसकेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रेमशङ्कर चौधरीले बताए ।   शङ्कास्पद अवस्थामा मृत भेटिएका आलेको विषयलाई लिएर चर्किएको आन्दोलनका क्रममा शुक्रबार दमौलीस्थित सेतीमादी दैनिकको कार्यालयमा भएको ढुङ्गा प्रहारबाट कार्यालयका झ्यालका सिसाहरु फुटेको छ ।   आन्दोलनको बहानामा सञ्चार संस्थाप्रति भएको तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर आपत्ति रहेको महासङ्घ तनहुँ शाखाका सचिव उज्ज्वल पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending