डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने छलगाडमा पक्की पुलको निर्माण कार्य छठपछि सुरु गरिने भएको छ । भेरिकरिडोर सडकअन्तर्गत पर्ने उक्त पक्की पुलको निर्माण कार्य वाइपी एमआर जेभि भरतपुर चितवनले सुरु गर्ने भएको हो ।
२०८३ साउन भित्रमा सम्पन्न गरी सक्नुपर्ने पुलको छठपछि निर्माण कार्य सुरु गरिने गरी अहिले लेआउटको काम अन्तिम चरणमा पुगेको पुल निर्माणको जिम्मेवारी पाएको वाइपी एमआर जेभीका आधिकारिक प्रतिनिधि सागर भट्टराईले जानकारी दिए।
एउटा मात्र स्पाम रहने पक्की पुलको निर्माण अवधि ४२ महिनामध्ये ९ महिना पुलको डिजाइनको समय रहेकोमा डिजाइन लगायत लेआउटको काम सम्पन्न भएको छ ।
अबको ३३ महिना भित्रमा पुल निर्माण भइसक्ने वाइपी एमआर जेभिका प्रतिनिधि भट्टराईले बताउनुभयो । छलगाडमा निर्माण हुने पुल ४० मिटर लम्बाई ११ मिटर चौडाइको हुने छ ।
भेरिकरिडोर सडक खण्डअन्तर्गतको डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाडमा पुल नहुँदा सवारी आवागमनमा समस्या हुँदै आएको छ ।
वाइपी एमआर जेभि भरतपुर चितवनले डोल्पामा पर्ने छलगाड, खदाङलगायत जाजरकोटको तल्लु र रुकुम पश्चिमको अनाहज्युला जोड्ने भेरिनदी माथिको पक्की पुल निर्माणको जिम्मेवारी पाएको छ । तल्लु र खदाङमा हाल अस्थायी रूपमा बेलिब्रिज पुल निर्माण भई सवारी साधन सञ्चालनमा छन् ।
तर छलगाड खोलामाथि बेलिब्रिज पुल नभई एकैसाथ पक्की पुल निर्माण गरिने भएकाले पहिलो प्राथमिकतामा राखेर छिटोभन्दा छिटो निर्माण गर्ने गरी काम सुरु गरिने वाइपी एमआर जेभिका प्रतिनिधिको भनाइ छ ।
स्थानीय अवरोध लगायत कानुनी समस्या नआएमा आगामी वर्ष २०८२ को असार मसान्त भित्रमा पक्की पुल निर्माण गरी सक्ने निर्माण कम्पनीले जनाएको छ ।
पुल निर्माणका लागि पर्याप्त बजेट विनियोजन भएको र त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाया लगायतको पहल सकारात्मक रहेकाले पुल निर्माण छिटोभन्दा छिटो सम्पन्न गरिने निर्माण कम्पनीका प्रतिनिधि सागर भट्टराईले बताए ।
जाजरकोटको तल्लुबगरस्थित भेरिनदि माथिको पुल डोल्पाको खदाङस्थित हरियापानी र छलगाड खोलामाथि गरी तीन ओटा पक्की पुल निर्माणका लागि ३६ करोडमा वाईपी एमआर जेभि भरतपुर चितवनले जिम्मेवारी लगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: