Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

सिन्धुलीमा डेंगु सङ्क्रमण बढ्दै, एक सय ८२ जना संक्रमित

खबरडबली संवाददाता

सिन्धुली  । सिन्धुली जिल्लामा डेंगु सङ्क्रमण बिरामीको सङ्ख्या १८२ पुगको छ । जिल्लामा पछिल्लो पटक सोमबार थप सात जनामा डेंगु सङ्क्रमण पुष्टि भएसँगै डेंगु सङ्क्रमण बिरामीको सङ्ख्या १८२ पुगेका हो । सोमबार डेंगु सङ्क्रमण पुष्टि हुनेमा दुधौली नगरपालिका छ जना र कमलामाई नगरपालिकाका एक जना रहेको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । 

कार्यालयका अनुसार साउन १ गतेदेखि सोमबार(कात्तिक १२ गते)सम्म डेंगु सङ्क्रमण पुष्टि भएका मध्ये १०१ जना पुरुष र ८१ जना महिला रहेका छन् । डेंगुका बिरामी सबैभन्दा बढी दुधौली नगरपालिकामा १२६ जना देखिएका छन् । त्यसपछि कमलामाई नगरपालिकामा ३६ जना, मरिण गाँउपालिकामा नौ जना, तीनपाटन गाँउपालिकामा छ जना, फिक्कल र गोलन्जोर गाँउपालिकामा दुई–दुई जना तथा सुनकोसी गाँउपालिकामा एक जना देखिएका छन् ।

हरिहरपुरगढी र घ्याङ्लेख गाँउपालिकामा डेंगुका बिरामी हालसम्म फेला नपरेको कार्यालयका ल्याब टेक्नीशियन अधिकृत गंगाराम कार्कीले जानकारी दिए । यसैगरी, सोही अबधिमा सिन्धुली जिल्लामा १६७ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । ती मध्ये सोमबार मात्रै दुधौली नगरपालिकामा एक जना महिला र पुरुष गरी दुई जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।

स्क्रब टाइफसको सङ्क्रमणका बिरामी मध्ये ९२ जना महिला र ७५ जना पुरुष रहेका छन् । स्क्रब टाइफसको सङ्क्रमण सबैभन्दा बढी दुधौली नगरपालिकामा ११५ जनामा देखा परेको ल्याब टेक्नीशियन अधिकृत कार्कीले बताए । 

उनका अनुसार तीनपाटन गाँउपालिकामा २४ जना, कमलामाई नगरपालिकामा २० जना, हरिहरपुरगढी गाँउपालिकामा तीन जना, मरिण गाँउपालिकामा दुई जना र गोलन्जोर, सुनकोसी तथा  घ्याङ्लेख गाँउपालिकामा एक–एक जनामा सङ्क्रमण देखिएको छ । फिक्कल गाँउपालिकामा उक्त रोगकाा बिरामी हालसम्म फेला परेका छैनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending