Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठायो : अमेरिका

खबरडबली संवाददाता

वासिङ्टन। वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएको छ ।

सोलले मङ्गलबार चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको छ । सोलले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले मस्कोलाई किएभविरुद्ध लड्न हतियार पठाएको आरोप लगाउँदै आएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि प्योङयाङले ठूलो सङ्ख्यामा सैनिक तैनाथ गर्न थालेको सोलको आरोप छ ।

उत्तर कोरियाले सैनिक पठाएको अस्वीकार गरेको छ । यद्यपि गत हप्ता सरकारी मिडियामा पहिलो टिप्पणीमा उत्तर कोरियाली उपविदेशमन्त्रीले यस्तो तैनाथी भएमा यो अन्तर्राष्ट्रिय कानुन अनुरूप हुने बताएको थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले उत्तर कोरियाले ‘चाँडै’ रुसी भूमिमा १२ हजारसम्म सैनिक पठाउन सक्ने चेतावनी दिनुभएको छ । जबकि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस तैनाथीलाई ‘अत्यन्त खतरनाक’ भन्दै आलोचना गर्नुभएको छ ।

पेन्टागनकी उप प्रेस सचिव साब्रिना सिंहले पत्रकारहरूलाई बताएअनुसार उत्तर कोरियाले पूर्वी रुसमा तालिमका लागि कुल १० हजार सैनिक पठाएको छ र यसले सम्भवतः आगामी केही हप्तामा युक्रेन नजिक रुसी सेनालाई बढाउनेछन् ।

नाटो प्रमुख मार्क रुटले यो तैनाथी ‘रुसको युद्धको खतरनाक विस्तार’ हो, र यो ‘पुटिनको बढ्दो निराशाको सङ्केत’ हो भने ।
रुटका अनुसार द्वन्द्व सुरु भएयता छ लाखभन्दा बढी रुसी सैनिक मारिएका वा घाइते भएका छन् र क्रेमलिन विदेशी समर्थन बिना आक्रमण जारी राख्न असमर्थ छ ।

दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूसँगको ब्रिफिङपछि ब्रसेल्समा उहाँले उत्तर कोरियाली सैन्य एकाइहरू रुसको पश्चिमी कुर्स्क क्षेत्रमा तैनाथ गरिएको बताए।

उपग्रह प्रक्षेपण ?
दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले मङ्गलबार मस्को र प्योङयाङबिचको बढ्दो सैन्य सहयोग ‘अन्तर्राष्ट्रिय समुदायका लागि महत्त्वपूर्ण सुरक्षा खतरा’ भएको उल्लेख गर्दै सोलले ‘प्रतिकार्य’ बारे विचार गरिरहेको चेतावनी दिए ।

सोलका जासुसी निकायले सांसदहरूलाई दुई देशबीच तीव्र सैन्य सहयोग भइरहेको सङ्केत गर्दै उच्च पदस्थ उत्तर कोरियाली जनरलहरू पनि ‘अग्रपङ्क्तिका क्षेत्रहरूमा जान सक्ने’ बताएको छ ।

एएफपीले प्राप्त गरेको प्रतिलिपिअनुसार सांसदहरूलाई ब्रिफिङपछि उत्तरले मेमा असफल प्रयासपछि ‘उन्नत घटकहरू र रुसी प्राविधिक सहायता प्रयोग गरेर’ अर्को उपग्रह प्रक्षेपणको तयारी गरिरहेको चेतावनी दिएको सांसद ली सेओङ–क्वेउनले बताए ।

विशेषज्ञहरूका अनुसार सैनिक पठाएबापत उत्तर कोरियाले निगरानी उपग्रहदेखि पनडुब्बीसम्मका सैन्य प्रविधि र मस्कोबाट सम्भावित सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने लक्ष्य राखेको छ ।

उत्तरले रुस तैनाथीबारे सूचना प्रवाहलाई आन्तरिक रूपमा पनि नियन्त्रण गरिरहेको जासुसी निकायलाई उद्धृत गर्दै लीले ली सेओङ–क्वेउनले बताए । उनले भने, “तैनाथ गरिएका सैनिकका परिवारलाई उनीहरू तालिममा छन् भनेर झुटो जानकारी दिइएको छ ।”

उत्तर कोरियाको सरकारी कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाका विदेशमन्त्री यस साता मस्को जानुभएको छ । यद्यपि कुनै विवरण दिइएको छैन ।

बढ्दो खतराहरू
प्रमुख हतियार निर्यातक दक्षिण कोरियाले युक्रेनलाई सिधै हतियार आपूर्ति गर्ने बारेमा पुनर्विचार गर्ने यसअघि नै बताएको थियो । पुनर्विचार गर्न उसका पश्चिमी सहयोगीहरूले लामो समयदेखि माग गर्दै आएका थिए । सोलले अहिलेसम्म लामो समयदेखिको घरेलु नीतिका कारण यो कदम चाल्न अस्वीकार गर्दै आएको छ ।

सोलले पहिले नै किएभको एक प्रमुख सहयोगी पोल्यान्डलाई अर्बौँ डलर मूल्यका ट्याङ्क, तोप, आक्रमण विमान र रकेट लन्चर बेचिसकेको छ ।

युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भोन डेर लेयनले पनि उत्तर कोरियाले पहिलो पटक सैनिक पठाउनु ‘युक्रेनविरुद्धको युद्धको महत्त्वपूर्ण वृद्धि हो र यसले विश्व शान्तिलाई खतरामा पार्छ’ भन्दै चेतावनी दिएको छन् ।

उनले दक्षिण कोरियाली राष्ट्रपति युनसँगको टेलिफोन वार्तापछि यस घटनाक्रमप्रति इयुको प्रतिक्रिया दक्षिण कोरिया र अन्य समान विचारधारा भएका साझेदारहरूसँगको सहकार्यमा केन्द्रित हुने भन्दै राष्ट्रपतिलाई आश्वस्त पारे ।

त्यसैगरी संयुक्त राज्य अमेरिकाले मस्को र प्योङयाङ दुवैको सहयोगी चीनलाई ‘आफ्ना दुई छिमेकी रुस र उत्तर कोरियाको यस अस्थिरकारी कार्यप्रति चिन्तित हुनुपर्छ’ भनेको विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले पत्रकारहरूलाई बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा स्वास्थ्य उपचारपछि हङकङमा, चाँडै स्वदेश फर्किने

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...

सुधार नगरे एमाले सक्किने खतरा : सुरेन्द्र पाण्डे

बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...

नेपालगञ्जमा पनि मनाइयो इद उल फित्र

नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...

वर्षाले मुसुरो र केराउ बाली नोक्सान

टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्‍याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...

कपिलबस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा

कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।  जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...

आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले  आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...

निर्वाचनमा दुई सय ८६ जना बालबालिकाको प्रयोग

काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...

उपचारपछि ८३ जना दादुराका बिरामी डिस्चार्ज

बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...

दक्षिण कोरियाको कारखानामा आगलागी: १० को मृत्यु, ५९ घाइते, चार जना बेपत्ता

डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: