Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

सहमतिका लागि प्रचण्ड रातभर अनिदैं : प्राप्त उपलब्धि गुम्ने खतरा बढेको निष्कर्ष

\"Prachanda_shirsha\"काठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत पक्षले देशको गम्भिर अवस्थालाई नबुझे दुर्घटना हुने भन्दै केही विषय थाँति राखेर भएपनि सहमतिमा संविधान जारी गर्नेगरी जान प्रस्ताव गरेका छन् । गएरात रातभर जस्तो विभिन्न नेताहरुसँग टेलिफोन संवादमा रहेका प्रचण्ड रातभर अनिदोँ रहेको र विहानैदेखि विभिन्न भेटघाटमा सक्रिय रहेको उनको निजी सचिवालयले बताएको छ । शुक्रबार साँझदेखि नै गम्भिर छलफलमा जुटेका प्रचण्डले केही मधेसी नेताहरुसँग टेलिफोन सम्पर्क गरी संवादमा आउन आग्रह गरेका थिए । लाजिम्पाट स्रोतका अनुसार राति अवेरसम्म मधेसवादी दलसँग टेलिफोन संवाद गरेका प्रचण्डले मुलुकमा संविधान नचाहने शक्ति हावी हुँदै गएकोले गणतन्त्रात्मक शक्ति एकै ठाउँमा उभिन पर्ने बताएका थिए । साँझसम्म वार्ताका लागि सकारात्मक नदेखिएका संघिय लोकतान्त्रिक फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्त ठाकुर  प्रचण्डसँगको टेलिफोन संवादपछि सकारात्मक भएका थिए । फोरम लोकतान्त्रिकका विजय गच्छादारसँगसमेत उनले शुक्रबारै कुराकानी गरेको उनको निजी सचिवलयले बताएको छ । प्रचण्डका निजी सचिव चुडामणी खड्काका अनुसार देशमा संविधान बन्न नदिने शक्ति हावी हुन लागेको र सोही बहानामा गणतन्त्र, धर्म निरपेक्षता, संघियता लगायतका पछिल्ला परिवर्तन खोसिने खतराप्रति प्रचण्ड असाध्यै चिन्तित छन् । एउटा शक्ति अहिले संविधान जारी गर्न नदिएपछि यस्तो परिवर्तन खोस्ने खेलमा  लागेको र त्यो रोक्नका लागि मुख्य दलहरुविचमा जति समझदारी भएको छ त्यतिमात्रै भएपनि संविधान जारी गरेर जाने पक्षमा प्रचण्ड छन् । स्रोत भन्छ, –केहीदिनमात्रै ढिला गरेर जानु मात्रै पनि घातक हुने प्रचण्डको निष्कर्ष छ । नमिलेको सिमाकंनमा संविधान जारी गरेपछि पनि सघर्ष गर्ने ठाउँ बाँकी रहने भन्दै प्रचण्डले मधेसी नेताहरु तथा अन्य नेताहरुसँग रातभर संवाद गरेका छन् । सबैलाई प्रचण्डले अघिल्लो संविधानसभा विघठन हुनु अघिल्लो दिन भएको ११ प्रदेश, प्रदेशको नाम पहिचान, अर्को गरी दुवै हुने व्यावस्था, ५० प्रतिशत समानुपातिक, शाषकिय स्वरुपमा राष्ट्रपति र प्रधानमन्त्रीमा अधिकार बाँडफाँड लगायतका भइसकेको सहमति नमानेर धेरै लिन खोज्दा सबै गुमेको उद्धाहरण दिने गरेका छन् । स्रोतका अनुसार शुक्रबार भारतिय राजदुत रंजित रे को सक्रियताबाट प्रचण्ड झन् चिढिएका छन् । प्रचण्डले शनिबार बिहानै फोरम लोकतान्त्रीकका गच्छेदारलाई भेटेर माथि उल्लेखित अवस्थाका बारेमा बोध गराएका थिए । गच्छदार परिस्थिति आफुले बुझेको भएपनि मधेशी जनताको हितमा आफु उभिएकोले सहमतिको कुनै विकल्प खोजे आफु नकारात्मक नरहेको प्रचण्डलाई बताएका थिए । उनका  निजी सचिवालय उल्लेख गर्छ –मधेशी तथा थारु समुदायको माग जायज रहेको र तिनलाई सम्बोधन गर्न आइतबारसम्म हरदम कोशिस गर्ने तर मुलुकको अवस्थामा एकदमै खतरनाक मोडमा रहेकोले अहिले संविधानको प्रक्रिया आइतबारबाटै सुरु गरेर संविधान जारी गर्ने पक्षमा प्रचण्ड छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy