Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

सहमतिका लागि प्रचण्ड रातभर अनिदैं : प्राप्त उपलब्धि गुम्ने खतरा बढेको निष्कर्ष

\"Prachanda_shirsha\"काठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत पक्षले देशको गम्भिर अवस्थालाई नबुझे दुर्घटना हुने भन्दै केही विषय थाँति राखेर भएपनि सहमतिमा संविधान जारी गर्नेगरी जान प्रस्ताव गरेका छन् । गएरात रातभर जस्तो विभिन्न नेताहरुसँग टेलिफोन संवादमा रहेका प्रचण्ड रातभर अनिदोँ रहेको र विहानैदेखि विभिन्न भेटघाटमा सक्रिय रहेको उनको निजी सचिवालयले बताएको छ । शुक्रबार साँझदेखि नै गम्भिर छलफलमा जुटेका प्रचण्डले केही मधेसी नेताहरुसँग टेलिफोन सम्पर्क गरी संवादमा आउन आग्रह गरेका थिए । लाजिम्पाट स्रोतका अनुसार राति अवेरसम्म मधेसवादी दलसँग टेलिफोन संवाद गरेका प्रचण्डले मुलुकमा संविधान नचाहने शक्ति हावी हुँदै गएकोले गणतन्त्रात्मक शक्ति एकै ठाउँमा उभिन पर्ने बताएका थिए । साँझसम्म वार्ताका लागि सकारात्मक नदेखिएका संघिय लोकतान्त्रिक फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्त ठाकुर  प्रचण्डसँगको टेलिफोन संवादपछि सकारात्मक भएका थिए । फोरम लोकतान्त्रिकका विजय गच्छादारसँगसमेत उनले शुक्रबारै कुराकानी गरेको उनको निजी सचिवलयले बताएको छ । प्रचण्डका निजी सचिव चुडामणी खड्काका अनुसार देशमा संविधान बन्न नदिने शक्ति हावी हुन लागेको र सोही बहानामा गणतन्त्र, धर्म निरपेक्षता, संघियता लगायतका पछिल्ला परिवर्तन खोसिने खतराप्रति प्रचण्ड असाध्यै चिन्तित छन् । एउटा शक्ति अहिले संविधान जारी गर्न नदिएपछि यस्तो परिवर्तन खोस्ने खेलमा  लागेको र त्यो रोक्नका लागि मुख्य दलहरुविचमा जति समझदारी भएको छ त्यतिमात्रै भएपनि संविधान जारी गरेर जाने पक्षमा प्रचण्ड छन् । स्रोत भन्छ, –केहीदिनमात्रै ढिला गरेर जानु मात्रै पनि घातक हुने प्रचण्डको निष्कर्ष छ । नमिलेको सिमाकंनमा संविधान जारी गरेपछि पनि सघर्ष गर्ने ठाउँ बाँकी रहने भन्दै प्रचण्डले मधेसी नेताहरु तथा अन्य नेताहरुसँग रातभर संवाद गरेका छन् । सबैलाई प्रचण्डले अघिल्लो संविधानसभा विघठन हुनु अघिल्लो दिन भएको ११ प्रदेश, प्रदेशको नाम पहिचान, अर्को गरी दुवै हुने व्यावस्था, ५० प्रतिशत समानुपातिक, शाषकिय स्वरुपमा राष्ट्रपति र प्रधानमन्त्रीमा अधिकार बाँडफाँड लगायतका भइसकेको सहमति नमानेर धेरै लिन खोज्दा सबै गुमेको उद्धाहरण दिने गरेका छन् । स्रोतका अनुसार शुक्रबार भारतिय राजदुत रंजित रे को सक्रियताबाट प्रचण्ड झन् चिढिएका छन् । प्रचण्डले शनिबार बिहानै फोरम लोकतान्त्रीकका गच्छेदारलाई भेटेर माथि उल्लेखित अवस्थाका बारेमा बोध गराएका थिए । गच्छदार परिस्थिति आफुले बुझेको भएपनि मधेशी जनताको हितमा आफु उभिएकोले सहमतिको कुनै विकल्प खोजे आफु नकारात्मक नरहेको प्रचण्डलाई बताएका थिए । उनका  निजी सचिवालय उल्लेख गर्छ –मधेशी तथा थारु समुदायको माग जायज रहेको र तिनलाई सम्बोधन गर्न आइतबारसम्म हरदम कोशिस गर्ने तर मुलुकको अवस्थामा एकदमै खतरनाक मोडमा रहेकोले अहिले संविधानको प्रक्रिया आइतबारबाटै सुरु गरेर संविधान जारी गर्ने पक्षमा प्रचण्ड छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending