Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

प्रतिकूल मौसमले हवाई उडान सामान्य प्रभावित

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । “मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ । सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ”, उनले भने । 

काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुनसकेको छैन । उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य सङ्ख्यामा पर्यटक अलपत्र परेका विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौँबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ ।

देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बङ्गाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।

बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका केही स्थानमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाडौँ उपत्यका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...

जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छ: आइजीपी कार्की

काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...

झापामा च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...

पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती: मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...

मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...

कम्युनिस्ट एकताको आवश्यकता बढेको छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...

तीन प्रदेशका एक हजार मटाँवा-बरघर तथा थारू अगुवा दाङमा भेला हुँदै

दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending