Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

सडकको बिरुवा काट्ने भुषाल पक्राउ

लक्ष्मीप्रसाद भुषालले काटेको सडकको रुख विरुवा ।
खबरडबली संवाददाता

बाँके । कोहलपुर नगरपालिका –१० रामनगरमा नगरपालिकाले रोपेका बिरुवा काट्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका –१० रामनगरका लक्ष्मीप्रसाद भुसाल रहेका छन् ।

भुसाललाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । भुसालले गत भदौ २४ गते राति आराले धमाधम काटेर ५ वटा स्वामीका बिरुवा काटेका थिए । बिरुवा काटिएको खबर पाएपछि राति नै इलाका प्रहरी कार्यालय कोहलपुर, नगर प्रहरी र जनप्रतिनिधिसहितको टोली घटनास्थलमा पुगेर घटनाको अध्ययन गरेको थियो । 

घटनाको अध्ययन पश्चात भुसालले ती बिरुवा काटेको पत्ता लागेको थियो । भुसालले बिरुवा काट्दै गरेको सिसिटिभी फुटेज समेत प्रहरीले फेला परेको थियो । यस्तो अपराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कोहलपुर नगर प्रहरीले इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दिएको थियो । तर, भुसाललाई पक्राउ गर्न डिभिजन वन कार्यालय बाँकेले प्रहरीलाई ढिला गरी अनुमति दिएको हो । 

वनको अनुमति पाएसँगै भुसाललाई कार्तिक २० गते पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ । नगर प्रहरी प्रमुख वीरबहादुर थापा भुसाल कारबाहीमा परेसँगै कोहलपुर नगरपालिकाको हरित नगर अभियानमा अन्यले गर्न सक्ने क्षतिको जोखिम कम हुने बताए । 

बिचसडकमा रहेका बिरुवामा बाँधेको गाईको दाम्लो नगर प्रहरीले काटेर गाई छाडिदिएको झोँकमा भुसालले बिचसडकमा हुर्किसकेका ५ वटा बिरुवा आराले धमाधम काटेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषि बजेटः किसानका लागि सपना, व्यापारीका लागि अवसर

“कागलाई बेल पाक्दा हर्ष न विस्मत” को पुरानै नियति

बजेटमा महिला : ‘ब्लु बस’ देखि सुत्केरीको उद्धारसम्म, स्वास्थ्यकर्मीको भत्ता पनि दोब्बर

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत महिला उद्यमशीलता, सुरक्षित सार्वजनिक यातायात, स्वास्थ्य सेवा र मातृ सुरक्षालाई प्राथमिकताम...

विद्वान् अर्थमन्त्रीको बजेट भाषण सुन्दा ‘रोमाञ्चक अनुभूति’ भयो : बाबुराम भट्टराई

काठमाडाैं ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको प्रस्तुति शैली र भाषाशैलीलाई नयाँ तथा आकर्षक ...

बजेट भाषणमा विकास र समृद्धिका ठूला कुरा धेरै सुनिएः शंकर पोखरेल

काठमाडाैं । एमाले महासचिव शंकर पोखरेलले सरकारले बजेट भाषणमा विकास र समृद्धिका ठूला नारा घन्काए पनि बजेटको प्राथमिकताले त्यसलाई पूर्णतः अस्वीकार गरेको ...

तीन देशका नेपाली दूतावास र एक शाखासहित दुई महावाणिज्य दूतावास खारेज

काठमाडाैं । सरकारले विभिन्न तीन देशमा रहेका नेपाली दूतावास खारेज गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट वक्तव्यमा डेन...

कुन मन्त्रालयलाई कति बजेट ?

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा पूर्वाधार, शिक्षा, ऊर्जा र स...

एकताकाे सात महिनापछि पनि नेकपा ‘एक’ भएन, संगठन अझै दुई धारमै

काठमाडौं । ठूलो प्रचारसहित घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता सात महिना बितिसक्दा पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन। शीर्ष नेत...

प्रधानमन्त्रीमाथि कांग्रेसको प्रहार: ‘बहुमतको बलमा गैरजिम्मेवार ढंगले सरकार चलाइँदै’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन साह जनताप्रति जिम्मेवार नभएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीले संसद र सार्वजनिक उत्तरदायित्वप्रति...

आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय सदनमा आर्थिक वर्ष २०८३०८४ को बजेट प्रस्तुत गर्ने ...

आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुटौँ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending