भैरहवा । २५औं संस्करणको रुपन्देही सुपरलिग शनिबारदेखि हुने भएको छ । मुलुकमै जिल्लास्तरमा ५० ओभरको लिग रुपन्देहीमा मात्रै आयोजना हुँदै आएको छ । २४ वटा संस्करण सफलतापूर्वक सम्पन्न गरेको रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबारदेखि २५औं संस्करण हुन लागेको आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका हुन् ।
संघका सचिव संजय गुरुङले २०५३ सालदेखि सुपरलिग आयोजना हुँदै आएको बताए । बीचमा ३ वर्ष लिग संचालन हुन नसके पनि अन्य वर्षहरुमा नियमित हुँदै आएको छ । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा रुपन्देही सुपरलिग हुनेछ । पहिलो चरणमा कार्तिक २४ देखि मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।
सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका सचिव गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन् ।
संघका अध्यक्ष हरिबहादुर थापाले सुपरलिगले नयाँ–नयाँ खेलाडी उत्पादनमा टेवा पुर्याउँदै आएको बताए । ‘जिल्लास्तरमा हुने यो प्रतियोगिता मुलुकका अन्य जिल्लामा हुँदैन’, उनले भने, ‘यो प्रतियोगिताका उत्पादन खेलाडीहरु आज राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छन् । यसैले पनि सुपरलिगको महत्व अझै फराकिलो हुँदै गएको छ ।’ उनले सहयोगी दाता र संघको टिमको निरन्तरको प्रयासले सुपरलिगलाई मुलुकमै स्थापित गराउन सफल भएको बताए ।
संघका कोषाध्यक्ष एवं सुपरलिग संयोजक निरजप्रताप खाँणले सिद्धार्थनगर नगरपालिकाले प्रतियोगितामा सहकार्य गरेको जनाए । उनका अनुसार भैरहवाको सगरमाथा कत्था मिलले विजेताको पुरस्कार प्रायोजन गरेको छ । यस्तै, भैरहवाकै वि.के. ज्वेलर्सले उपविजेता पुरस्कार र प्रत्येक खेलको म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग बाािणज्य संघका बरिष्ठ उपाध्यक्ष एवं न्यू पवित्रा स्टोर्सका संचालक नेत्रप्रसाद आचार्यले प्रायोजन गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: