काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान सुनसरीको धरान जाँदैछन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री ओली धरान जान लागेका हुन्।
प्रतिष्ठानले ८ वर्षपछि आज दिक्षान्त समारोह गर्दैछ। सन् २०१६ मा १२औं दीक्षान्त समारोह गरेको प्रतिष्ठानले आज १३औं दीक्षान्त गर्न लागेको हो। सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली बिहान १० बजे बुद्ध एयरको जहाजमार्फत विराटनगर आउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति एंवम प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संकायका ६५७ जना विद्यार्थीहरु दीक्षित गर्ने प्रतिष्ठानले जनाएको छ।
दिक्षान्तमा सन् २०१० देखि २०१७ ब्याचका एमबीबीएस, बीडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्म एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएचडी उपाधी विद्यार्थीहरुलाई दीक्षित गरिने भएको हो।
प्रतिष्ठानले प्रदान गदैँ आएको मेडलहरु पनि वितरण गरिने भएको छ। प्रतिष्ठानले हालसम्म एमबीबीएसमा २४ ब्याच र बीडिएसमा १८ व्याचका विद्यार्थीले शिक्षा हासिल गरेर निस्किएका छन्।
प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थी देश विदेशका विभिन्न अस्पतालमा कार्यरत रहेको प्रतिष्ठानले जनाएको छ। कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - ०८:१९
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...
चैत्र २० गते, २०८२ - ०८:१५
फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने
चैत्र २० गते, २०८२ - ०८:१०
दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि ...
चैत्र २० गते, २०८२ - ०८:०८
काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...
चैत्र २० गते, २०८२ - ०८:०२
पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने
चैत्र २० गते, २०८२ - ०७:५०
सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...
चैत्र २० गते, २०८२ - ०७:४१
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...
चैत्र २० गते, २०८२ - ०७:३८
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...
चैत्र २० गते, २०८२ - ०७:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...
चैत्र २० गते, २०८२ - ०७:२३
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...


प्रतिकृया लेख्नुहोस्: