काठमाडौं । कालो रङको छाला भएको बच्चा जन्मिएपछि एक चिनियाँ महिलाको दाम्पत्य जीवनमा खलल पुगेको छ । ती महिलाको वैवाहिक सम्बन्ध विच्छेद हुने चरणमा छ ।
चाइना टाइम्स पत्रिकाका अनुसार चीनको सांघाइमा बस्ने एक ३० वर्षीया महिलाले शंकास्पद रुपमा कालो छाला भएको बच्चा जन्माएपछि उनका पतिले बच्चाको पितृत्व परीक्षण गर्न लगाएका थिए ।
सामाजिक सञ्जालमा आफ्नो पीडा पोख्न बाध्य भएकी ती महिलाले त्यस्तो विषम परिस्थितिलाई कसरी सम्हाल्ने भनेर सल्लाह मागेकी छिन् ।
ती महिलाका अनुसार छोरा जन्मिएसँगै जब उनको पति नबजात छोरालाई पहिलोपटक हेर्न आए तब उनी हेरेको हेर्यै भए । छोराको छालाको रंग आफूसँग नमिलेपछि उनका लोग्नेलाई छोरालाई उचाल्न अस्वीकार गरे । त्यतिमात्र होइन उनले बच्चाको पितृत्व परीक्षण गरेर उक्त बच्चाको पिता आफू नै भएको कुरा प्रमाणित गर्न पत्नीलाई आदेश दिए ।
उक्त बच्चा पतिकै हो भन्नेमा उनी ढुक्क भएर पितृत्व परीक्षण गराउन राजी भएता पनि पतिले आफूमाथि गरेको अविश्वासले उनी मर्माहत भएको र आफूहरुको दाम्पत्य सम्बन्ध एक हिसाबले टुंगिइसकेको उनको भनाइ छ ।
आफ्नो नवजात शिशुको छालाको रंग आफू र पतिकोभन्दा भिन्न अर्थात् कालो भएपछि सुरुमा आफूलाई पनि बच्चा समाउनै असजिलो लागेको तर आफू कहिल्यै पनि अफ्रिका नगएको र कुनै पनि कालो वर्णका मासिनलाई नचिनेको सोसल साइट विबोमा बताएकी छिन् ।
ती महिलाको सोसल मिडिया पोस्टमा विभिन्न खालका प्रतिक्रिया तथा सुझावहरु आएका छन् । बच्चाको छालाको रंग बाउआमाको भन्दा फरक हुनु सामान्य भएको कतिपयको भनाइ छ भने कतिपयले जन्मिंदा बच्चाको छाला कालो भएपनि हुर्किंदै जाँदा फिक्का बन्दै जाने तर्क गरेका छन् ।
पत्नीमाथि शंका गर्ने ती महिलाका पतिलाई धेरैले आलोचना गरेका छन् र पितृत्व परीक्षणको रिपोर्ट आएसँगै पतिसँगको सम्बन्धबारे गम्भीर रुपमा समीक्षा गर्न केहीले सुझाव दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...
माघ १६ गते, २०८२ - २२:१५
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...
माघ १६ गते, २०८२ - २१:५२
खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...
माघ १६ गते, २०८२ - २१:४२
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...
माघ १६ गते, २०८२ - २१:२९
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...
माघ १६ गते, २०८२ - २१:२७
ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...
माघ १६ गते, २०८२ - २१:१३
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...
माघ १६ गते, २०८२ - २१:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...
माघ १६ गते, २०८२ - २०:५९
ब्रसेल्स । डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...
माघ १६ गते, २०८२ - २०:५६
बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...




प्रतिकृया लेख्नुहोस्: