Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

चिनमा एक महिलाले जब कालो वर्णको बच्चालाई जन्मि दिइन्....

खबरडबली संवाददाता

काठमाडौं । कालो रङको छाला भएको बच्चा जन्मिएपछि एक चिनियाँ महिलाको दाम्पत्य जीवनमा खलल पुगेको छ । ती महिलाको वैवाहिक सम्बन्ध विच्छेद हुने चरणमा छ ।

चाइना टाइम्स पत्रिकाका अनुसार चीनको सांघाइमा बस्ने एक ३० वर्षीया महिलाले शंकास्पद रुपमा कालो छाला भएको बच्चा जन्माएपछि उनका पतिले बच्चाको पितृत्व परीक्षण गर्न लगाएका थिए ।

सामाजिक सञ्जालमा आफ्नो पीडा पोख्न बाध्य भएकी ती महिलाले त्यस्तो विषम परिस्थितिलाई कसरी सम्हाल्ने भनेर सल्लाह मागेकी छिन् ।

ती महिलाका अनुसार छोरा जन्मिएसँगै जब उनको पति नबजात छोरालाई पहिलोपटक हेर्न आए तब उनी हेरेको हेर्‍यै भए । छोराको छालाको रंग आफूसँग नमिलेपछि उनका लोग्नेलाई छोरालाई उचाल्न अस्वीकार गरे । त्यतिमात्र होइन उनले बच्चाको पितृत्व परीक्षण गरेर उक्त बच्चाको पिता आफू नै भएको कुरा प्रमाणित गर्न पत्नीलाई आदेश दिए ।

उक्त बच्चा पतिकै हो भन्नेमा उनी ढुक्क भएर पितृत्व परीक्षण गराउन राजी भएता पनि पतिले आफूमाथि गरेको अविश्वासले उनी मर्माहत भएको र आफूहरुको दाम्पत्य सम्बन्ध एक हिसाबले टुंगिइसकेको उनको भनाइ छ ।

आफ्नो नवजात शिशुको छालाको रंग आफू र पतिकोभन्दा भिन्न अर्थात् कालो भएपछि सुरुमा आफूलाई पनि बच्चा समाउनै असजिलो लागेको तर आफू कहिल्यै पनि अफ्रिका नगएको र कुनै पनि कालो वर्णका मासिनलाई नचिनेको सोसल साइट विबोमा बताएकी छिन् ।

ती महिलाको सोसल मिडिया पोस्टमा विभिन्न खालका प्रतिक्रिया तथा सुझावहरु आएका छन् । बच्चाको छालाको रंग बाउआमाको भन्दा फरक हुनु सामान्य भएको कतिपयको भनाइ छ भने कतिपयले जन्मिंदा बच्चाको छाला कालो भएपनि हुर्किंदै जाँदा फिक्का बन्दै जाने तर्क गरेका छन् ।

पत्नीमाथि शंका गर्ने ती महिलाका पतिलाई धेरैले आलोचना गरेका छन् र पितृत्व परीक्षणको रिपोर्ट आएसँगै पतिसँगको सम्बन्धबारे गम्भीर रुपमा समीक्षा गर्न केहीले सुझाव दिएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending