Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सरकारले दिएको जिम्मेवारी पूर्णइमान्दारीका साथ कार्यान्वयन गरेका छौँ– अध्यक्ष मानन्धर

\"Laxiसरकारबाट आयोडिन नुन, रासायनिक मल तथा विभिन्न खाद्य सामाग्री वितरणको महत्वपूर्ण जिम्मा पाएको साल्ट ट्रेडिङको आइतबार ५२ औँ वार्षिक उत्सव हो । त्यसै सन्दर्भमा साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरसँग संस्थाको गतिविधि तथा संस्थालाई सरकारले दिएको जिम्मेवारीका विषयमा केन्द्रीत रहेर खबरडबलीले गरेको कुराकानीको संपादित अंश ।– सम्पादक साल्ट ट्रेडिङमा तपाईको सहभागिता कहिलेदेखि भएको हो ? संस्थाका कार्यगत कमजोरीहरु कस्ता रहेछन् तथा त्यसको समाधानका लागि तपाईले कस्ता कदमहरु चाल्नु भयो ? वि.स. २०२० सालमा साल्ट ट्रेडिङको स्थापनाकालदेखि नै म यस संस्थामा आवद्ध रहँदै आएको छु । संस्थाको सञ्चालक समितिको बोर्डमा आएदेखि नै म अहिलेसम्म अटुट रुपमा संस्थाको हितमा काम गरी रहेको छु । हाम्रो प्रयासले नै नेपालमा अत्यन्त महत्वपूर्ण नुनको वितरण सुलभ तवरले सम्भव भएको छ । यसलाई उपभोक्ताहरुले तथा सरकारले समेत निकै सराहना गरेको छ । काम गर्ने सन्दर्भमा देखिएका कमी कमजोरीहरु हामीले सामूहिक रुपमा हल गर्ने हुनाले अहिलेसम्म त्यस्तो तितो अनुभूतिहरु छैनन् । खाद्य सामाग्री समेतको वितरणको जिम्मेवारी पाएको संस्थामा वितरणका क्रममा कहिले काँही असमानता भयो भने जस्ता स्वर पनि सुनिन्छन् त्यसलाई समाधान गर्न साल्ट ट्रेडिङले कस्ता कार्यक्रमहरु तय गरेको छ ? कुनै पनि खाद्य सामाग्री वितरणको सन्दर्भमा हामीले त्यस्तो असमानता गरेका छौ भन्ने हामीलाई लाग्दैन । सरकारले हामीलाई दिएको जिम्मेवारी पूर्णइमान्दारीका साथ निर्वाह गरी नै रहेका छौ । कहिले काँही खुद्रा व्यापारीहरु अथवा अन्य क्षेत्रबाट भएका असमान वितरणको कुरा भिन्दै हो । अहिले पनि हामीले नुन तथा रासायनिक मलमा कुनै अभाव हुन दिएका छैनौ । हामीसँग अझै पनि प्रयाप्त मात्रामा भण्डारण रहेको छ । साल्ट ट्रेडिङले मल पनि वितरण गर्छ त्यसको वितरणको अवस्था कस्तो छ ? रासायनिक मलको भण्डारण गर्ने कामलाई हामीले उच्च प्राथमिकतामा राखेका छौ र सरकारले हामीलाई दिएको पनि त्यही हो तर त्यसको वितरणको जिम्मा कृषी सामाग्री संस्थानको हो । हामीले पाएको कार्यादेश मलको आयात र भण्डारण गर्ने हो जुन हामीले निपूर्णताका साथ गरेका छौ । कृषि सामाग्री संस्थान र साल्ट ट्रेडिङका बीच ५० हजार मेट्रिक टन मलका विषयमा केही विवाद जस्तो देखिएको थियो त्यसको मूल कारण के थियो ? दुवै संस्थाको बीचमा कुनै प्रकारको विवाद छैन् । हामी एक आपसमा सहकार्य गर्दै अगाडी बढी रहेका हुन्छौ भने विवादको कारण नै छैन् । साल्ट ट्रेडिङलाई सरकारले दिएको मुख्य जिम्मेवारी के हो ? सरकारले हामीलाई दिएको मुख्य जिम्मेवारी आयोडिनयुक्त नुन र रासायनिक मल हो । आयोडिन नुन र रासायनिक मलको गुणस्तर तथा त्यसको उचित मुल्यमा हाम्रो विशेष ध्यान रहने गरेको छ । हामीले नुन भारतबाट आयात गर्ने भएपनि भारतभन्दा पनि सस्तो गरी वितरण गर्ने गरेका छौं । आयोडिनयुक्त नुनको वितरणले नै वितेको १० बर्षमा विभिन्न प्रकारका रोगवाट उपभोक्ताले निजात पाएका छन् । मल आयातको प्रक्रियामा गरिने ग्लोवल टेन्डर आह्वानमा पनि अधिकांश भारतबाट नै आयात हुने गरेको छ होइन ? होइन ग्लोवल टेन्डर प्रक्रियामा जसले कम मुल्यमा हामीलाई माल उपलब्ध गराउँछ हामी त्यहीँबाट आयात गर्ने गर्छौ । जसले हामीलाई न्युन कोटेशनमा उपलब्ध गराउँछ हामी त्यहीबाट ल्याउने गर्छौ । मल कयौं पटक चीनबाट पनि आयात गरेका छौ हामीले । दशैं तथा चाडपर्वका अवसरमा मात्र नभएर साल्ट ट्रेडिङले १२ महिना खाद्य सामाग्री वितरण गर्ने बारेमा बोर्डमा छलफल अथवा कुनै प्रक्रिया अघी बढाईएको छ कि ? त्यो निर्णय गर्ने निकाय हामी नभएर सरकार हो । सरकारले निर्णय गरेर हामीलाई आदेश दिएमा हामीले १२ महिना खाद्य सामाग्री वितरण गर्न तयार छौ । अहिलेसम्म सरकारले हामीलाई जुन जुन समयमा वितरण गर्न भनेको छ हामीले त्यसै कार्यादेशलाई लागू गरेका छौ । बजारमा महंगी बढी रहँदा साल्ट ट्रेडिङले उपभोक्तालाई सस्तोमा खाद्य सामाग्री वितरण गर्नु पर्छ भनेर बोर्डमा छलफल भएन ? साल्ट ट्रेडिङलाई जसरी काम गर भनेर सरकारले आदेश दिएको छ हामी अनुरुप काम गर्दैछौ र त्यसैबाट उपभोक्ताहरुको अधिकतम हितलाई केन्द्रमा राखेका छौ । हाम्रो कामबाट उपभोक्ता पनि लाभान्वित भएका छन् । तारईमा यतिका दिनदेखि आन्दोलन चलीरहेको छ तर हामीले हाम्रो जिम्माको कुनै पनि चिजमा अभाव हुन दिएका छैनौ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies