Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

प्रक्रिया रोकेर वार्ता हुँदैनः ओली

\"kpकाठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आन्दोलनरत दलका नेताहरुलाई संविधानसभाको प्रक्रिया रोकेर नभई प्रक्रियालाई जारी राख्दै वार्तामा आउन आग्रह गरेका छन् । ‘हामी तपाईहरुको माग पुरा गर्न हामी तयार छौ, प्रक्रिया रोकेर होइन प्रक्रिया यथावत राखेर सहमतिमा आउनुस ।’– ओलीले भने । ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको संशोधनसहितको दफावार छलफलमा’ अाइतबार भाग लिँदै उनले राष्ट्रलाई यथास्थितिमा रुमल्लिन नदिई अघि बढाउन अन्तिम बिन्दुमा आफूहरु पुगेकाले सबैको साथ र सहयोग जरुरी रहेको बताए । अप्ठ्यारो र चुनौती भए पनि सङ्घीय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान जारी गर्ने ऐतिहासिक अभिभारालाई पूरा गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सकारात्मक कुरालाई सामेल गर्दै प्राप्त उपलब्धिलाई जोगाएर लैजानुपर्ने कुरामा जोड दिए । अध्यक्ष ओलीले संविधानले मुलुक र जनतालाई बनाउने भएकाले संविधान जारी भएपछि पनि आवश्यक संशोधन गर्न सकिने भएकाले संविधान बन्न नदिएर, रोकेर, आन्दोलन गरेर, हत्या हिंसा गरेर मुलुकलाई अप्ठ्यारो पार्न नहुने विचार व्यक्त गरे । अध्यक्ष ओलीले भने– ‘आफूलाई चित्त नबुझेका कैयौँ विषय भए पनि राजनीतिक दलले यो संविधान ल्याउन पहल गर्नुभएको छ, धेरै विषय नपुगेका होलान्, देश र जनतालाई संविधान चाहिने नै हुँदा हिंसा र हत्याको सहारामा बलजफती गर्नुभन्दा केही त्रुटी र कमजोरी भए आगामी दिनमा सुधार गर्न सकिन्छ ।’ प्रक्रियालाई रोकेर होइन, जे भनाइ र मागहरु राखेर संविधानसभा बाहिर रहेका दलहरुका मागलाई यथोचित रुपमा सम्बोधन गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो । संविधानसभाको बहस छलफल गर्न छोडेर, आन्दोलन चर्काउन खोज्ने विषय उचित होइन भन्दै उनले त्यसले द्वन्द्व र भिडन्त बढाउँछ त्यसतर्फ कोही पनि लाग्न नहुनेमा जोड दिए । तराई र मधेसको नाममा भएका आन्दोलन राष्ट्रको अखण्डता र सार्वभौमसत्ताविरुद्धको प्रयास भएकाले नेपाली जनताले कदापी स्वीकार नगर्ने उनको कथन थियो । मधेसको नाममा उत्ताउला कुरा गरेर जनता भड्काउन खोजिएको विचार व्यक्त गर्दै अध्यक्ष ओली भने– ‘संविधान निर्माणको जुन बिन्दुमा हामी आइपुगेका छौँ, त्यो उपलब्धि हो । खुसी प्रकट गर्न चाहन्छौँ । यसलाई यथाशीघ्र संस्थागत गर्नुपर्छ ।’ उनले विभिन्न आन्दोलनमा उठेका जायज र तर्कसङ्गत मागलाई संविधानको विधेयकले संस्थागत गरेको र केही विषय बाँकी भए आगामी दिनमा क्रमशः सम्बोधन गर्दै जाने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy