Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने अड्कलबाजी !

खबरडबली संवाददाता

काठमाडौँ । डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिएर अमेरिकाको सत्ता हातमा लिनेछन् । त्यसपछि उनी कामका लागि ह्वाइट हाउसमा आउनेछन् । तर उनकी पत्नी मेलानिया ट्रम्प पहिलो महिलाको रूपमा ह्वाइट हाउसमा बस्ने सम्भावना कम रहेको मिडिया रिपोर्टमा दाबि गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार मेलानियाले आफ्नो अधिकांश समय न्यूयोर्कमा बिताउने उल्लेख छ । उनी न्यूयोर्क र फ्लोरिडामा छोरासँग नै बस्ने दाबि गरिएको छ । 

तर, प्रथम महिलाका रुपमा मेलानिया महत्वपूर्ण काममा भने संलग्न हुनेछिन् । उनी मुख्य कार्यक्रममा मात्र देखिने बताइएको छ । उनले आगामी ४ वर्षसम्म ह्वाइट हाउसबाट धेरैजसो दूरी कायम राख्न सक्ने दाबि गरिएको छ ।

राष्ट्रपति चुनावमा विजयी भएपछि डोनाल्ड ट्रम्प राष्ट्रपति बाइडेनलाई भेट्न बुधबार ह्वाइट हाउस पुगेका थिए । यस अवधिमा पत्नी मेलानिया ट्रम्प ह्वाइटहाउसमा देखिइनन् । जो बाइडेन र प्रथम महिला जिल बाइडेनले ट्रम्प र मेलानियालाई यो बैठकको लागि निमन्त्रणा पठाएका थिए । अमेरिकामा हालका राष्ट्रपतिले नवनिर्वाचित राष्ट्रपतिलाई भेट्न ह्वाइट हाउसमा निमन्त्रणा पठाउने चलन रहेको छ । यो भेटलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणको सुरुवातका रुपमा हेरिएको छ ।

मेलानिया बैठकमा उपस्थित नभएपछि ह्वाइट हाउसको वक्तव्य पनि बाहिर आएको छ । बयानमा प्रथम महिला जिल बिडेनले मेलानियाको लागि आफ्नै हातले पत्र लेखेर पठाएको उल्लेख छ । तर, मेलानियाले यसअघि नै बैठकमा सहभागी हुन अस्वीकार गरिसकेका छन् । उनले पुस्तक विमोचनका लागि निर्धारित समयतालिका यसो हुनुको कारण बताएकी छन् ।

सन् २०१७ मा डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा उनी र मेलानियाका छोरा ब्यारोन ट्रम्प १० वर्षका थिए । त्यतिबेला ब्यारोन स्कुलमा पढ्दै थिए । जसका कारण मेलानिया केही महिनासम्म ह्वाइट हाउस पुग्न सकिनन् । हाल ब्यारोन १८ वर्षका छन् र न्यूयोर्क विश्वविद्यालयमा अध्ययनरत छन् । जसका कारण मेलानिया न्यूयोर्कको ट्रम्प टावरमा उनीसँगै बस्ने सम्भावना छ ।

सेप्टेम्बरमा फक्स न्यूजसँगको अन्तर्वार्तामा, मेलानियाले ब्यारोनको बारेमा कुरा गर्दै उ न्यूयोर्कमै बस्न चाहेकाले आफुले सो निर्णय गर्नुपरेको बताएकी थिइन् । मेलानिया डोनाल्ड ट्रम्पकी तेस्रो पत्नी हुन्। ब्यारोन ट्रम्प दुवैका एक मात्र छोरा हुन् ।

मेलानिया सन् २०१६ मा भने ह्वाइट हाउसमा भएको बैठकमा सहभागी भएकी थिइन्

डोनाल्ड ट्रम्पले सन् २०१६ मा पहिलो पटक राष्ट्रपतिको चुनाव जितेका थिए । यसपछि तत्कालीन राष्ट्रपति बराक ओबामा र प्रथम महिला मिसेल ओबामाले ट्रम्प र मेलानियालाई भेटका लागि ह्वाइट हाउसमा स्वागत गरेका थिए ।

त्यतिबेला मिशेलले मेलानियालाई आफ्नो निजी निवासमा पनि लगेकी थिइन् । मिशेल ओबामाले ह्वाइट हाउसको पहेँलो ओभल कोठामा मेलानिया ट्रम्पलाई चियाको लागि होस्ट गरेकी थिइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

सम्बन्ध विच्छेदमा ‘एक वर्षे पर्खाइ’ हट्ने तयारी

पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने

प्रतिनिधि विवादले थलियो रास्वपा महाधिवेशन, बन्दसत्रै रोकियो

४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौं ।  २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...

काठमाडौँमा रेबिज संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending